अष्ट्रेलियामा अर्का नेपाली युवाको मृत्यु, घर फर्किने क्रममा दुर्घटना

Education Park

अष्ट्रेलिया । सडक दुर्घटनामा परी चितवन घर भई अष्ट्रेलिया न्यूसाउथवेल्स राज्यको ओलंगनमा बसोबास गर्दै आएका सुजन दाहालको मृत्यु भएको छ । विगत ५ वर्षभन्दा बढीदेखि उनी अष्ट्रेलियामा बस्दै आइरहेका छन् । 

 

अष्ट्रेलियामा उनी स्थानीय डोमिनोज पिज्जा सेन्टरमा बिगत चार वर्षदेखि काम गर्दै आइरहेका थिए । 

 

उनले पछिल्लो एक वर्षदेखि एज्ड केयरको काम थालेका थिए । 

 

उनी श्रीमती र छाेरी बस्दै अएकाे डब्बोको टारीमा रहेको घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् । 

 

प्रिन्सेस हाईवेमा रोकिराखेको लामो मालवाहक ट्रकमा उनको कार ठोक्किन पुगेको थियो । 

 

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

प्रहरीका अनुसार ट्रकका चालक भने घाइते भएका छन् । 

 

न्यूसाउथवेल्स प्रहरीले एक विज्ञप्ति जारी गर्दै भनेको छ,‘ घटना बिहीबार अपरान्ह ५ः३० बजे भएको थियो ।’

 

दुर्घटनाका कारण सडक केही समय अवरुद्ध पनि भएको थियो ।

अन्तिम संस्कार अष्ट्रेलियामा नै गरिने

स्वर्गिय दाहालको अन्तिम संस्कार अस्टेलियामा नै गरिने भएको छ ।  स्वर्गिय दाहालका पिता हरिलाल शर्मा दाहालले नेपालीपत्रसँग कुरा गर्दै नेपाल र यहाँका आफन्तहरुको सुझाव अनुसार स्वर्गिय दाहालको अन्त्यस्ठि अस्टेलियामा नै गरिने भएको छ । 

 

दाहालको शव अहिले ओलङगन हस्पिटलमा राखिएको छ । फरेन्सिक जाँच र पोस्टमर्टम पछि आउने सोमवार सम्म शव परिवारलाई बुझ्न दिन अस्पतालले जानकारी दिएको स्थानिय मेङ्गो ट्री रेस्टुरेन्टका संचालक नारायण चापागाइले नेपालीपत्रलाई बताए 

 

एनआरएन ओसेनिया क्षेत्रीय संयोजक एवं ओलंगोगका बासिन्दा धर्मराज अधिकारीले सुजन मिलनसार, सबैलाई सहयोग गर्ने व्यक्ति भएको बताएका छन् । 

 

अधिकारीका अनुसार उनीले स्टोरमा करिब चार वर्ष काम गरेको थिए, एक मिलनसार नेपाली युवालाई गुमाउनु पर्दा निकै दुःख लागेको छ । 

 

 तस्विरः ओलङगन अस्पतालमा जम्मा भएका स्वर्गिय दाहालका आफन्तहरु । 

 

 


थप समाचार

बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

  • 3 hours ago
बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

स्थानीय रिभरमेड लिजर सेन्टरमा हुने उक्त कार्यक्रममा प्रसिद्ध गायिका आनी छोइङले विशेष सांगीतिक प्रस्तुति दिने भएकी छन् । आयोजक बुद्धिस्ट गुम्बा रेडिङले आइतबार अल्डरसटमा एक पत्रकार सम्मेलन गर्दै कार्यक्

पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

  • 4 hours ago
पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

निवर्तमान कार्यसमितिका उपाध्यक्ष नरेन्द्र कंडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको हो । जसमा उपाध्यक्ष दासुराम पाण्डे, सचिव कल्पना त्रिपाठी, सहसचिव जिवन वाग्ले र कोषाध्यक्ष गोपाल अर्याल छन्

चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

  • 6 hours ago
चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

उर्लाबारी । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ गरिएको हो । एक व्यापारीसँग चन्दा माग्न जाँदै



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुध हाम्रो स्वास्थको लागि धेरै नै फाइदाजनक हुन्छ । तर दुध सँग केही खानेकुराहरु खाँदाहामिलाई हानिकारक पनि हुन सक्छ । आयुर्वेद विज्ञानले त्यसलाई ‘विरुद्ध आहार’नियम मानेको छ

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।