IIMS College

ISMT

HUB Education

सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

याङ्गुन । म्यानमारको प्रहरीले बुधबार तीन जना पत्रकारलाई पक्राउ गरेको छ । म्यानमारकी शीर्ष नेत्री आङ साङ सुकीको संरक्षकत्वमा रहेको सरकारको आर्थिक व्यवस्थापनका बारेमा पत्रिकामार्फत आलोचना गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो । 

 

म्यानमारमा भएको यस घटनालाई प्रेस स्वतन्त्रता विपरित भएको भन्दै देशभित्र र बाहिर व्यापक विरोध भएको समाचारमा जनाइएको छ । 

 

अधिकारवादीहरूले पक्राउ गरिएकालाई तत्काल विना शर्त रिहा गर्नुपर्ने माग गर्दै सरकार र सरोकारवालाहरूलाई दबाब दिएका छन् । 

 

पक्राउ पर्नेमा इलेभन मिडिया ग्रुपका पत्रकारहरू रहेका छन् । उनीहरूले शृङ्खलाबद्ध रूपमा सरकारका कमीकमजोरी र पत्रकारिता क्षेत्रमाथि भएका हस्तक्षेपको विपक्षमा लेख्दै आएका थिए । 

 

इलेभन मिडियाका कार्यकारी सम्पादकद्वय क्याब जाब लिन र नायी मिन र प्रमुख समाचारदाता फ्यो वाई बिनलाई प्रहरीले पक्राउ गरेको हो । 

 

यही सोमबार प्रकाशित एउटा लेखका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको पक्राउ परेका पत्रकारहरूको पक्षका वकिल क्यी मयीन्टले एएफपीलाई जानकारी दिए । 

 

यसअघि म्यानमारको एक अदालतले दुई पत्रकारलाई सात वर्षको जेल सजाय तोकेको थियो । राज्यको कानून उलङ्घन गरेको भन्दै उनीहरूलाई सजायको आदेश दिएको थियो । 

 

अदालतले सजाय दिएका ती पत्रकारहरूले रोहिङ्ग्या शर्णार्थीबारे रिपोर्टिङ गर्दै आएका थिए । उनीहरूले रोहिङ्ग्याहरूको सामूहिक हत्याबारे अनुसन्धानमूलक समाचार प्रकाशन गरेका थिए । 

 

नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी नेत्री सुकीको समर्थनमा भएका पछिल्ला गतिविधिले विश्वभरी नै उनका आलोचक बढ्दै गएका छन् । 

 


थप समाचार

अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पक्षपात गरेको भन्दै आलोचना

  • 29 minutes ago
अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पक्षपात गरेको भन्दै आलोचना

सिड्नी । अष्ट्रेलियाको माइग्रेन्ट वर्कर्स सेन्टरका प्रमुख म्याट कुन्केलले विद्यार्थीसहित अस्थायी भिसामा रहेकाहरुलाई सरकारले गरेको व्यवहारप्रति आपत्ति जनाएका छन् । कोरोना भाइरस (कोभिड– १९)को संक्रमणको

भारतीय प्रधानमन्त्रीले गरे यस्तो आह्वान

  • 49 minutes ago
भारतीय प्रधानमन्त्रीले गरे यस्तो आह्वान

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई कोरोना फ्रि घोषणा गर्ने वातावरण बनाउन भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।

विश्वभर कोरोना कहरः यस्तो छ पछिल्लो अपडेट

  • 58 minutes ago
विश्वभर कोरोना कहरः यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ६९ हजार ५०२ पुगेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।