आसफोर्डमा सम्पन्न भयो सांस्कृतिक कार्यक्रम 'सुम्निमा सांझ'

  • बुधबार, ३० जेष्ठ, २०७५
  • 1 week ago
  • युके

लण्डन ।   बेलायतस्थित किरांत राई सांस्कृतिक कलाकार संघको आयोजनामा सांस्कृतिक कार्यक्रम 'सुम्निमा सांझ' सम्पन्न भएको छ ।

 

गत शनिबार  केन्टको आसफोर्डस्थित सेन्ट साईमोन स्टोक क्याथोलिक चर्चमा  सम्पन्न   कार्यक्रमको पहिलो चरण स्वर्गीय वरिस्ठ संगीतकार दिव्या खालिंगको स्मरणमा समर्पण गरिएको थियो भने दोस्रो चरणमा विभिन्न स्थानीय कलाकारहरुद्वारा गीत र नृत्यहरु प्रस्तुत गरिएको थियो । 

 

किरांत राई सांस्कृतिक कलाकार संघले आफ्नो संस्कार र  संस्कृति जगेर्ना गर्ने उद्धेश्यले यो वर्षबाट सुम्निमा सांझ सांस्कृतिक कार्यक्रम आयोजना गर्न थालेको हो । यो कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिइने योजना रहेको अध्यक्ष हेम कुमार राईले बताए । 

 

 

संघका महासचिव डाक्टर महा राईले संचालन गरेको पहिलो चरणको कार्यक्रममा स्थानीय कलाकारहरु गंगाराज राई, बिसी राई, सुष्मा राई र एभरेस्ट आईडल बिजेता सोनाहांग राईले 'तिमी जुन रहरले म मा फुल्न आयौ', 'म त लाली गुरांस भएछु', 'विपना नभई बांचिदिने', 'प्रियसीका यादहरु' लगायतका दिव्या खालिंगद्वारा संगीतबद्ध चर्चित गीतहरु गाउंदै स्वर्गीय दिव्य खालिंगलाई श्रदाञ्जली अर्पण गरेका थिए ।   बाद्यवादनमा कलाकारहरुलाई स्थानीय “नाम्लो ब्याण्ड“ ले साथ दिएको थियो ।   

 

दोस्रो चरणको कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न किसिमका गीत र नृत्यहरुद्वारा दर्शकहरुलाई मनोरंजन गराएका थिए ।  रोजिना राईद्वारा संचालित कार्यक्रममा कलाकारहरु अनिला राई, अनिता राई, कल्पना राई, कृष्ण राई, लिला गोमदेन राई, सुष्मा राई, सलोनी राई, पुर्णिमा राई, विकास राई र कमल राईले सुमधुर स्वरद्वारा दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए भने करिश्मा राई र यात्रिमा राईको नृत्य प्रस्तुतिले सुम्निमा सांझलाई अझै मनोरन्जात्मक बनाएको थियो ।  कार्यक्रमको अन्तमा चर्चित गायिका सत्यकला राईले आफ्नो प्रस्तुतिद्वारा उपस्थित सम्पूर्ण दर्शकलाई नचाएर सुम्निमा सांंझमा थप रौनकता थपेकी थिइन् । 

 

किरांत राई यायोक्खा बेलायतका अध्यक्ष पदम बहादुर राई प्रमुख अतिथी रहेको र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, बुद्धिजिवीहरु लगायत संयौको संख्यामा उपस्थिति रहेको  “सुम्निमा सांझ“ का संयोजक सुमन चन्द्र राई थिए ।    

 

 

- प्रमिला लाबुंग राई

 


थप समाचार

ह्यारी केनको ह्याट्रिकसंगै पनामालाई ६-१ ले हरायो इंग्ल्याण्डले

  • 2 hours ago
ह्यारी केनको ह्याट्रिकसंगै  पनामालाई ६-१ ले हरायो  इंग्ल्याण्डले

इंग्ल्याण्डले पनामालाई ६ -१  ले हरायो । इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले महत्वपुर्ण ह्याट्रिकको योगदान गरे ।

प्रधानमन्त्री अाेलीकाे चीन भ्रमणमा 'ब्रेकथ्रु' हुन सकेन : डा. रामशरण महत

  • 4 hours ago
प्रधानमन्त्री अाेलीकाे चीन भ्रमणमा 'ब्रेकथ्रु' हुन सकेन : डा. रामशरण महत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा कुनै ब्रेकथ्रु हुन नसकेको बताएका छन् । रिपोर्टर्स क्लबमा आइतबार भएको साक्षा

भारतीय पक्षले दशगजामा सडक निर्माण गरेपछि प्रदेशसभामा अालाेचना

  • 4 hours ago
भारतीय पक्षले दशगजामा सडक निर्माण गरेपछि प्रदेशसभामा अालाेचना

बुटवल । प्रदेश नं. ५ को बाँके र बर्दिया जिल्लाका सिमानामा भारतीय पक्षले निर्माण गरिरहेको सडकको प्रदेशसभामा आलोचना भएको छ ।


Loading...

भिडियो

जीवनशैली/स्वास्थ्य

यी १० समस्या छन् भने भुलेर पनि नखानुहोस् लसुन

यी १० समस्या छन् भने भुलेर पनि नखानुहोस् लसुन

एजेन्सी । तरकारीको स्वाद बढाउनको लागि मात्रै होइन औषधिको रुपमा पनि लसुनलाई वर्षौ देखी प्रयोग गरिन्छ । आयुर्वेदिक चिकित्सकका अनुसार लसुनको प्रकृति गर्मी र सुख्खा हुन्छ ।

विचित्र विश्व

यी ३ कुरा भएका पुरुष अत्यन्तै अभागी हुन्छन् !

यी ३ कुरा भएका पुरुष अत्यन्तै अभागी हुन्छन् !

एजेन्सी । भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख–समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन ।