IIMS College

ISMT

HUB Education

बुलबुलेमा ‘सूर्यमुखी’ आर्कषण

  • सोमबार, ६ जेष्ठ, २०७६
  • 3 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सुर्खेत । बुलबुले ताल नजिक ढकमक्क बारीमा फुलेको पहेँलो फूल वरिपरि हरियाली छ । छेउमै तालमा डुङ्गा सयर गरिरहेको । त्यहाँ पुग्ने जो कोहीको तस्वीर नलिइकन फर्कन मान्दैनन् । बुलबुले ताल हेर्न जानेको तस्वीर खिचाउनको लागि भीडभाड देखिन्छ आजभोलि । तस्वीर खिच्नेको लाइनमा कोही आफ्नो सेल्फी खिच्दै, कोही अरु साथीहरुको तस्वीर खिचिदिँदै । कोही पहेँलै फुलेका फूलको दृश्य अवलोकन गर्दै ।  

 

यो दृश्य हो सुर्खेतको बुलबुले उद्यान नजिक रहेको सूर्यमुखी खेती गरिएको एक बारीको । चारजना युवा मिलेर व्यावसायिक रुपमा सूर्यमुखीको खेती गरेको यो बारी अहिले आन्तरिक र बाह्य पर्यटकको लागि आकर्षण बन्ने गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालसँगै मनोरञ्जनात्मक भिडियो बनाइने ‘टिकटक’मा यो बारीको दृश्य धेरै नै प्रयोग हुँदै आएको छ । “दिनमा १५० भन्दा धेरै यहाँ आउँछन्, शनिबार त ३०० जति पुग्छ ।” 

 

उक्त सूर्यमुखी खेती गरेकामध्ये कपिल अधिकारीले भन्छन्, “हाम्रो बुलबुले नजिकै भएकाले त्यहाँ आउने यहाँ अनिवार्य आउँछन् ।” स्थानीय कपिल अधिकारी, लक्ष्मी अधिकारी, धनिराम अधिकारी र सज्ज ढकाल मिलेर छ कट्ठा जमीनमा व्यावसायिक रुपमा सूर्यमुखीको खेती गरेका छन् । 

 

वार्षिक रु एक लाख ४० हजार भाडामा जग्गा लिएर गरिएको फूल खेतीमा रु दुई लाखभन्दा धेरै लगानी लागेको सज्जन ढकालले बताए । सूर्यमुखीको बारीमा फोटो खिचाउन आउने मानिसले प्रतिव्यक्ति रु १० तिर्नुपर्छ । यसरी दैनिक १५० मात्र आए पनि न्यूनतम रु एक हजार ५०० आम्दानी हुन्छ । “मानिस टिकटको भिडियो बनाउनेदेखि फोटो खिच्नेसम्म यो बारीभित्र पस्ने गर्नुहुन्छ”, उनले भने, “त्यसबेला धेरै बोट भाँचिन्छन् । हामीले घाटा व्यहोर्नुपर्छ । यसकारण प्रतिव्यक्ति रु १० लिने गरेका हौँ ।”

 

यो पहिलो अनुभव भएकाले अहिलेको खेती सिकाइका रुपमा मात्र आफूहरुले लिएको उनको भनाइ छ । अहिलेको अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा सूर्यमुखीको खेतीमा वृद्धि गर्ने योजना रहेको ढकालको भनाई छ । 


थप समाचार

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

  • 11 minutes ago
अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

एजेन्सी । अधिक मात्रामा नुन खानु हुदैन भन्ने कुरा त मानिसहरुलाई थाहा नै छ । तर यस बारेमा अनुसन्धानकर्ताहरुले अचम्मित पार्नसक्ने खुलासा गरेका छन् । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेव

७ मुख्य एजेण्डासहित आइसीसी महासचिवमा डा शर्माको उम्मेद्वारी घोषणा ( प्रतिबद्धतापत्र)

  • 17 minutes ago
७ मुख्य एजेण्डासहित आइसीसी महासचिवमा डा शर्माको उम्मेद्वारी घोषणा ( प्रतिबद्धतापत्र)

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको महासचिव पदमा डा हेमराज शर्माले उम्मेदवारी घोषणा गरेका छन् । बेलायतबाट शर्माले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्दै त्यसलाई कार्यान्वयन गर्न योजना र

१० तस्बिरमा हेर्नुहोस प्रियंकाको लुक्स

  • 22 minutes ago
१० तस्बिरमा हेर्नुहोस प्रियंकाको लुक्स

एजेन्सी । बलिउडमा स्थापित भएर हलिउडमा समेत आफ्नो कलाले प्रशंसा बटुलेकी अभिनेत्री हुन् प्रियंका चोपडा । उनको सन् १९८२ जुलाई १८ मा बिहारमा जन्म भएको हो । उनी सन् २००० मा मिस वल्र्ड बनिन् । उनले सन् २००३



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

एजेन्सी । अधिक मात्रामा नुन खानु हुदैन भन्ने कुरा त मानिसहरुलाई थाहा नै छ । तर यस बारेमा अनुसन्धानकर्ताहरुले अचम्मित पार्नसक्ने खुलासा गरेका छन् । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेवन आत्मघाती हुनसक्छ ।

विचित्र विश्व

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

एजेन्सी । भारतमा सवारी साधन सम्बन्धी नयाँ कानून लागु भएको छ । यसका साथै हेलमेट नलगाउने मानिस देखि लिएर सीट बेल्ट नलगाउने मानिससम्म तोकिएको जरिवाना लाग्ने डरले मानिस सुरक्षाको लागि भन्दा पनि जरिवानाको डरले हेलमेट लगाउन थालेका छन् ।