चुम्बकीय क्षेत्र गहन हुँदा सूर्यमा दाग

फाइल फाेटाे
Education Park

काठमाडौँ । केही दिनयता सूर्यको माथिल्लो भागमा चुम्बकीय क्षेत्र गहन हुन गई दाग देखिएको ‘नेपाल एस्ट्रोनोमिकल सोसाइटी’ले जनाएको छ । 

 

सूर्यमा यस्तो हुँदा सामान्य अवस्थाभन्दा चुम्बकीय गतिविधि हजार गुणा बढी हुन गई उक्त स्थान अरु भागभन्दा अँध्यारो हुने गरेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । 

 

अँध्यारोपछि सूर्यमा दाग देखिने गरेको छ । यस्तो क्षेत्रबाट एक्स–रे तथा परावैजनी तरङ्ग अत्याधिक मात्रामा निस्कन्छ । तरङ्गमा हेर्दा यो क्षेत्र उज्यालो देखिन्छ । यस्ता क्षेत्रबाट अन्तरिक्षमा तीव्र गतिका विद्युतीय कण प्रसारण हुने गर्छन् । यसलाई ‘कोरोनल मास इजेक्सन’ भनिन्छ । 

 

प्रसारण हुने पदार्थ र कणको घनत्व, गतिको आधारमा यसलाई सामान्यदेखि घातक भनी वर्गीकरण गरिन्छ । प्रसारण पृथ्वीतिर भए यसको वरिपरि घुमिरहेका अन्तरिक्षयान तथा पृथ्वीको ध्रुवीय क्षेत्रमा रहेका देशको विद्युतीय प्रसारण संरचनामा असर गर्ने सोसाइटीले जनाएको छ । 

 

सूर्यको गतिविधिलाई वैज्ञानिकहरु सूक्ष्म रुपले अध्ययन गर्छन् । भूउपग्रहमा असर गर्ने भएकाले सूचना तथा सञ्चार प्रविधि, मौसम पूर्वानुमान तथा दिशानिर्देश जस्ता अन्तरिक्षसँग सम्बन्धित सेवा प्रभावित हुन्छन् ।


थप समाचार

चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

  • 6 hours ago
चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

चितवन एड ट्रस्ट (क्याट) यूके चुनावी प्रक्रियामा होमिएको छ । आउँदो जुलाई ७ मा साउथ ईष्ट लण्डनस्थित मेरिडियन क्लब, चार्ल्टनमा हुने संस्थाको आठौं अधिवेसनबाट नयाँ नेतृत्व चुन्नको लागि चुनावी कार्यक्रमहरु

अम्बानीको घरको रहस्य

  • 8 hours ago
अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेम

बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

  • 8 hours ago
बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

एजेन्सी । मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

विचित्र विश्व

अम्बानीको घरको रहस्य

अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।