गाउँपालिका अध्यक्षको ज्यादतीले उपाध्यक्षसँगै स्थानीय आक्रोशित

Education Park

सिन्धुपाल्चोक । ‘गाउँमा सिंह मात्रै आए, सिंहदरबार आएन’ भन्ने भनाई पछिल्लो समय चर्चामा छ । यो भनाईलाई चरितार्थ गरेका छन् सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवण जिसीले ।

 

गैरराजनीतिक पृष्ठभूमिका जिसी स्थानीय तह निर्वाचन जितेर जनप्रतिनिधिका रुपमा आएदेखि नै सुनकोशीका नागरिकले सास्ती खेप्नुपरेको गुनासो गरिरहेका थिए । तर, पछिल्लो समय उनको व्यवहारले स्थानीय आजित भएका छन् । 

 

स्थानीय मात्रै होइन, उपाध्यक्ष, वडाअध्यक्षलगायत जनप्रतिनिधिसँगै उपभोक्ता समितिमा पदाधिकारीसमेत अध्यक्षको ज्यादतीले हैरान भएको भन्दै आक्रोशित भएका छन् । जुन सत्यलाई गाउँपालिकाको मंगलबार सम्पन्न गाउँसभाले प्रष्ट पार्छ । अनेक विवादका कारण गाउँपालिकाले निर्धारित मिति भन्दा धेरैपछि अर्थात् मंगलबार गाउँसभामार्फत् आगामी आर्थिक नीति तथा कार्यक्रम प्रस्तुत भयो ।

 

गाउँसभामा उपाध्यक्ष लक्ष्मी पौडेलले अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि मात्रै जनाइनन्, आक्रोश पोखिन् । आफूलाई झुक्याएर गाउँपालिकाको नीति तथा कार्यक्रम बनाएको भन्दै चिन्तित मुद्रामा प्रस्तुत भएकी उपाध्यक्ष पौडेलले अध्यक्षद्वारा आफू प्रताडित भएकोमा आक्रोश पोखिन् । 

 

गाउँसभामा बोल्दाबोल्दै उपाध्यक्ष पौडेललाई अध्यक्ष जिसीले मनलाग्दी झपारे । त्यसपछि सुनकोशी गाउँपालिकाभित्रको असन्तुष्टि, आक्रोश र अध्यक्षयको मनलाग्दी छताछुल्ल भयो ।

 

यतिसम्म कि, यसअघि अध्यक्षले आफूलाई कुट्न खोजेको बताइरहँदा उपाध्यक्ष पौडेल भावुक भएकी थिइन् । गाउँसभामा सहभागीमा आक्रोश बढेको थियो । स्मरणीय छ कि, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।

 

गाउँसभामा देखिएको असन्तुष्टि त प्रतिनिधि घटना मात्रै हो । अध्यक्ष जिसीको कार्यशैलीले अरु जनप्रतिनिधि, पदाधिकारी, कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी र स्थानीय रुष्ट छन् । र, अध्यक्ष जिसीका एकपछि अर्को कर्तुत सार्वजनिक भइरहेको छ ।

 

विवादै विवादमा अध्यक्ष जिसी

 

जिसीले आफ्नै गाडी चढेर वार्षिक १९ लाख रुपैयाँ गाउँपालिकाबाट लिइरहेका छन् । त्यस्तै गाउँपालिकाले डोजर खरिद् गर्न भनेर मनलाग्दी एक करोड २० लाख रुपैयाँ छुट्याए । तर, डोजर खरिद् गरेनन् । 

 

त्यस्तै, उनलाई आफूनिकट नातेदार एवम् कार्यकर्तालाई तोकको भरमा मनलाग्दी लाखौं रकम बाँडेको आरोप छ । त्यति मात्रै होइन, वडा सदस्यको तलबसमेत अध्यक्ष आफैंले राखेको बताइएको छ । यसअघि तलब नपाएपछि वडा सदस्यले ज्ञापनपत्र बुझाएका थिए ।

 

त्यस्तै विभिन्न ग्रमीण सडक निर्माणमा जिसीले अनियमितता गरेको आरोप छ । ३० हजारमा हुने सडकको डिपिआरका लागि उनले एक लाख रुपैयाँ खर्च गरेको प्रमाण भेटिएको छ । एक वडा अध्यक्ष एवम् उपाध्यक्षका अनुसार उनले कमिसनका आधारमा विकासे योजना पार्ने गरेका छन् ।

 

जिसीलाई गाउँपालिकाको कार्यालयलाई नेपाली कांग्रेसको कार्यालय बनाएको पनि आरोप छ । विभिन्न सम्मान एवम् पुरस्कार जस्ता अनुत्पादक क्षेत्रमा मनलाग्दी खर्च गरिरहेका जिसीलाई स्थानीयले ‘काठमाडौंप्रेमी’ भन्ने गरेका छन् । किनकि, उनले गाउँपालिकाका कतिपय कार्यक्रम काठमाडौंका महंगो क्याफेमा गर्ने गरेका छन् ।

 

‘गाउँका जनता सिटामोल नपाएर छट्पटाइरहेका छन्’ एक स्थानीयले भने, ‘गाउँपालिकाका अध्यक्ष भने काठमाडौंमा गएर महंगो होटलमा कार्यक्रम गर्छन् ।’ गाउँपालिकाले काठमाडौंमा विभिन्न सम्मान तथा पुरस्कारका नाममा १० लाख रुपैयाँ भन्दा बढी खर्च गरिसकेको छ । 

 

अध्यक्ष जिसीले विभिन्न योजनामा उपभोक्ता समितिसँग २०–२५ लाख रुपैयाँसम्म कमिसन मागेको आवाज उठेको छ । एक उपभोक्ता समितिका अध्यक्षले भने, ‘योजनाको ४० प्रतिशत रकम नपाएसम्म अध्यक्षले बजेट निकासा गर्नै दिँदैनन् ।’ 

 

जिसीले मनलाग्दी ढुंगा तथा बालुवा खानी सञ्चालन गर्न दिँदा पर्यावरणीय असर परेको भन्दै स्थानीयले चिन्ता गरेका छन् । उनले गोप्य ढंगमा भित्रभित्रै कागज मिलाएर आफू निकटकालाई कमिसनका आधारमा ढुंगा, बालुवाको ठेक्का दिएको आरोप छ ।

 

स्थानीय गोल्मादेवी मन्दिरका लागि दुई लाख रुपैयाँ बजेट बिनियोजन भए पनि प्राविधिकसँग मिलेर अध्यक्ष जिसीले ८ लाख रुपैmयाँ भुक्तानी गरी आर्थिक हिनामिना गरेको प्ष्टि भइसकेको छ । स्थानीयले रकम हिनामिना भएको थाहा पाएपछि बढी रकम बैंक खातामै रोकिएको छ । मन्दिर निर्माण समितिका एक पदाकिारीका अनुसार अध्यक्षलाई ४ लाख रुपैयाँ फिर्ता गर्ने सहमति भएको थियो ।

 

जिसीको कार्यशैलीबाट गाउँपालिकाका कर्मचारीमा असन्तुष्टि बढेको छ । पालिकाको जिन्सी र योजना शाखामा विज्ञापनबिना नै आफ्ना भतिजालाई नियुक्ति दिएको भन्दै कर्मचारी आक्रोशित भएका छन् । यसँगै उनले २५ जना आफूनिकटका मान्छेलाई एक पत्रका भरमा विभिन्न ठाउँमा जागिर दिएको बताइएको छ । 

 

ठोकर्पाका एक स्थानीय अगुवाले अध्यक्षको मनलाग्दी र ज्यादतीविरुद्ध अदालत जाने बताएका छन् । उपाध्यक्ष पौडेलले यसअघि नै अदालतको साहरा लिन आफू बाध्य हुने बाध्य हुने बताइसकेकी छिन् ।

 

नेपाली कांग्रेसबाटै चुनाव जितेका एक वडाअध्यक्षले गाउँपालिकामा ताला लगाएर अख्तियार जानुपर्ने स्थिति आएको बताए । अध्यक्ष जिसीलाई नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको साथ छ । बस्नेतको साथले जिसी हौसिएका छन् ।


थप समाचार

अष्ट्रेलिया विशेषः विद्यार्थीले कस्ता खालका प्रोपर्टी किन्ने ?

  • 1 minute ago
अष्ट्रेलिया विशेषः विद्यार्थीले कस्ता खालका प्रोपर्टी किन्ने ?

आफ्नो आम्दानी बढाउने, करिअरको विकास गर्ने र आफ्नो फिल्डमा काम गरेर आत्मसन्तुष्टी पाउनुभन्दा ठूलो कुरो अरु हुनै सक्दैन् । त्यसैले ठूलो मोर्टगेजको भार बोकेर अहिले नै त्यस्ता सुन्दर भविष्यका बाटाहरु बन्द

वर्षा र बाढीका कारण सिरहामा चारको मृत्यु, एक बेपत्ता

  • 18 minutes ago
वर्षा र बाढीका कारण सिरहामा चारको मृत्यु, एक बेपत्ता

लहान । केही दिनयताको अविरल वर्षा र बाढीका कारण सिरहामा हालसम्म दुई बालिकासहित चारको मृत्यु भएको छ भने एक जना डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय सिरहाले दिएको जानकारीअनुसार अविरल

'याे सरकार आफुले भन्दा पनि भारतीयहरुबाट नेपाल चिनाउन चाहन्छ'

  • 19 minutes ago
'याे सरकार आफुले भन्दा पनि भारतीयहरुबाट नेपाल चिनाउन चाहन्छ'

विगत एक दशकदेखि भ्रष्टाचारविरुद्ध अभियान चलाइराखेका व्यक्ति हुन् स्वागत नेपाल । पछिल्लो समय उनी भ्रष्टाचारविरुद्ध देश दौडाहमा रहेका छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

लुपस एक किसिमको बाथरोग हो । यो निकै कम मानिसमा देखिन्छ । यो एउटा इम्युन रोग हो । यसले छाला, जोर्नी, मृगौला, मष्तिस्क लगाएतका विभिन्न अंगलाई प्रभावित गर्छ । लुपस हुने सम्भावना पुरुषको तुलनामा महिलामा नौ गुणा बढी हुन्छ । यसबाट युवाअवस्थाका महिला बढी प्रभावित हुन्छन् ।

विचित्र विश्व

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका लागि उभिएका युवाहरुबाट युवतीले एकजना चुन्ने काम गर्छिन् ।