IIMS College

ISMT

HUB Education

बिदा सकिए पनि दिनभर सुनसान सरकारी कार्यालय

  • बिहीबार, २३ असोज, २०७६
  • 4 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । सरकारले दिएको दशैको विदा आजदेखि सकिए पनि आज दिनभर जिल्लाका सरकारी कार्यालय भने सुनसान भएका छन् । जिल्ला प्रशासन कार्यालयदेखि अन्य सरकारी कार्यालयमा समेत कर्मचारी र सेवाग्राही नहुँदा कार्यालय सुनसान भएका थिए । दशैं बिदा सकिए पनि दशैँ नसकिएकाले कार्यालयहरुमा ४० प्रतिशत कर्मचारी मात्रै हाजिर भएको पाइएको छ भने सेवाग्राही फाट्टफुट्ट मात्रै आएका छन् ।

 

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कर्मचारी अत्यन्त न्यून उपस्थिति भए र सेवाग्राही पनि कम आउँदा कार्यालय दिनभरी नै सुनसान देखिएको थियो । यातायात कार्यालय जगातीमा भने केही सेवाग्राही आए पनि आएका सेवाग्राहीको समयमै काम सकिएको र अन्य सेवाग्राही नआएको भन्दै कार्यालय समय भन्दा दुई घण्टा अगावै कार्यालय बन्द भएको थियो ।

 

आन्तरिक राजश्व, पशु, स्वास्थ्य, डिभिजन सडक, खानेपानी, घरेलु, शिक्षा लगायतका अधिकांश कार्यालयमा सेवाग्राही नआएको र कर्मचारी पनि न्यून उपस्थिति भएपछि कार्यालय दिनभरी नै सुनसान देखिन्थे । सेवाग्राही नआएपछि र कर्मचारीको उपस्थिति पनि कम भएपछि अधिकांश सरकारी कार्यालय आज ३ बजे नै बन्द भएका थिए ।

 

आफूले पाउने अन्य बिदा कटाएर कर्मचारीले दशंँैमा बिदा थप गरेर जाने भएकाले पनि कर्मचारीको उपस्थिति न्यून भएको जिल्लाका अधिकांश सरकारी कार्यालय भने ३ बजे नै बन्द भएका थिए । खुलेका केही कार्यालयमा पनि कार्यालय सहायक मात्रै थिए । धेरैजसो कार्यालयमा कार्यालय प्रमुख समेत नआएपछि कतिपय आएका कर्मचारी पनि हाजिर गर्दै निस्किएका थिए । कार्यालयमा कर्मचारी नआउँदा यसको अनुगमन भने जिल्लाका कुनै पनि कार्यालयमा भएन । जिल्लाका नगरपालिकामा समेत कर्मचारी र सेवाग्राही कम रहेको पाइएको थियो ।  


थप समाचार

ग्लोबल आइएमई बैंकद्वारा निक्षेप बिमा वापतको चेक हस्तान्तरण

  • 2 minutes ago
ग्लोबल आइएमई बैंकद्वारा निक्षेप बिमा वापतको चेक हस्तान्तरण

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडेको पानीपोखरी शाखामा नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका राजु गिरीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा बिमितले पाउने रकम ५ लाख निजको परिवारलाई हस्ता

लाम्पार्डको रोजाइमा नपरेको महँगा गोलकिपर केपा अरिजाबालागा

  • 7 minutes ago
लाम्पार्डको रोजाइमा नपरेको महँगा गोलकिपर केपा अरिजाबालागा

एजेन्सी । इंग्लिस क्लब चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्ड महँगा गोलकिपर केपा अरिजाबालागासँग खुसी छैनन् । उनको प्रदर्शनले निराश बनाउँदै गएपछि लाम्पार्डले उनको विकल्पमा विली काबालेरोलाई खेलाउन थालेका छ

विवाहबारे आजकल यसो भन्छिन् कटरिना

  • 9 minutes ago
विवाहबारे आजकल यसो भन्छिन् कटरिना

एजेन्सी । पछिल्लो समय खासै चर्चामा नरहेकी अभिनेत्री हुन् कटरिना कैफ । कुनै समय सलमान खानलाई धोका दिदै रनवीरसँग अफेयरमा रहेकी अभिनेत्री यतिखेर सिंगल रहेको बताउँदै आइरहेकी छिन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।