सुनसरीका ढाटहरुले उठाउँछन् मनोमानी शुल्क, इटहरीबाट दुई पक्राउ

  • शुक्रबार, ४ जेष्ठ, २०७५
  • 8 months ago
  • नेपाल

सुनसरी । जिल्ला समन्वय समितिमार्फत लगाइएको ठेक्कामा तोकिएको भन्दा बढि शुल्क उठाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 

ईलाका प्रहरी कार्यालय इटहरीले सुनसरी र मोरङ सीमामा पर्ने बुढी खोला नजिकको ढाटबाट बिहिबार साँझ राममणी पोखरेल र सन्तोष हलुवाईलाई पक्राउ गरेको हो ।उनीहरुले सुनसरी र मोरङमा संञ्चालित चौपाय र कृषि ठेक्कामार्फत बढि शुल्क उठाएका थिए । 

 

प्रहरीले उनीहरुलाई रसिदको ठेली सहित पक्राउ गरेको हो । 

 

यसरी उठाइन्छ दोब्बर शुल्क

 

जिप र ट्रकमा लोडगरि ल्याएका कृषि सामाग्रीहरु चामल, दाल, गहु लगायतका सामाग्रीबाट ढाटमा बस्नेहरुले मनपरी शुल्क उठाउने गर्छन् । कृषिका कुनै बस्तुमा प्रतिकेजी ५ देखि १० पैसा लिने नियम छ । तर, ढाटमा बस्ने कर्मचारीहरुले जबरजस्ती प्रति केजि ३ रुपैयाँसम्म लिने गरेको पाइएको छ ।

 

यस्तै चौपायको ठेक्कामा पनि मनपरी शुल्क लिने गरिएको छ । इटहरीको बुढीनजिक रहेको ढाटले मोरङको समेत चौपायको शुल्क उठाउने गरेको छ । 

 

गोटागन्ती हिसाले बिलरसिद सहित शुल्क काट्नु पर्ने नियम भएपनि उनीहरुले एक ट्रकको १५ सयदेखि २५ सयसम्म शुल्क लिने गरेका छन् । चौपायाको हकमा साना सबारीमा रहेका प्रति चौपाय (सुगुर, बाख्रा आदी) को ६० रुपैयाँदेखि ठुला सबारीमा रहेका (राँगा, गाई, गोरु) आदीको दुईसय रुपैयाँसम्म शुल्क लिने गर्छन् । 

 

सोही ढाटमार्फत प्रतिदिन १२ देखि १५ वटा साना र ठुला सबारीको मनपरी शुल्क उठ्दै आएको छ ।  यतिमात्रै होइन, शुल्क काट्दा जिल्ला समन्वय समितिले उपलब्ध गराउने बिल नै प्रयोग गरिदैन । 

 

बढि शुल्क उठाउने गरेको बिषयमा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले त्यस्ता व्यक्तिहरुलाई कडा कारबाही गर्ने बताए । कानुन र नियम अनुसार सम्झौता भएको दररेट भन्दा बढी शुल्क उठाउने सबै ढाँटलाई कारबाहीको दायरामा ल्याउने र अनुगमन गर्ने दावी समेत गरे ।


थप समाचार

भारत भर्सेस पाकिस्तानः कुन देशसँग कति शक्तिशाली

  • 1 hour ago
भारत भर्सेस पाकिस्तानः कुन देशसँग कति शक्तिशाली

एजेन्सी । अमेरिकाका पुर्व राष्ट्रपति बिल क्लिनटनले एक पटक भनेका थिए,‘भारतीय मध्य–महादेश र जम्मु काश्मिरको लाइन अफ कन्ट्रोल विश्वकै सबैभन्दा खतरनाक ठाउँ हो ।’ भारत–पाकिस्तानको डरलाग्दो दुश्मनीका कारण आ

अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

  • 1 hour ago
अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

एजेन्सी । मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । अम्बानी सबैभन्दा धनि व्यक्तिको सूचिमा तेस्रो नम्बरमा पर्छन् । जसको जीवनशैलीको विषयमा निकै चर्चा परिचर्चा हुने गर्छ ।

विवाह गरेपछि बलिउडलाई बाइबाइ गरेका अभिनेत्रीहरु

  • 1 hour ago
विवाह गरेपछि बलिउडलाई बाइबाइ गरेका अभिनेत्रीहरु

बलिउडका थुप्रै चर्चित अभिनेत्रीहरुले विवाहपछि फिल्मी करिअर छोडेका छन् । विभिन्न कारणले उनीहरु अभिनयबाट बाहिरिएका हुन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

एजेन्सी । मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । अम्बानी सबैभन्दा धनि व्यक्तिको सूचिमा तेस्रो नम्बरमा पर्छन् । जसको जीवनशैलीको विषयमा निकै चर्चा परिचर्चा हुने गर्छ ।

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।