सुपरमार्इ हाइड्राेले थाल्याे परीक्षण उत्पादन

  • बिहीबार, २५ असोज, २०७५
  • 2 months ago
  • नेपाल
फाइल फाेटाे

फिक्कल । इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालिले परीक्षण उत्पादन सुरु गरेको छ । 

 

इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन थालिएको हो । 

 

उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको जिल्ला भन्न थालिएको छ । 

 

इलामबाट हालसम्ममा ११ विद्युत आयोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी चार आयोजना निर्माणाधीन अवस्थामा छन् । 

 

उक्त आयोजनाको परीक्षण उत्पादनसँगै अब सात दशमलव ८ मेघावाट विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । 

 

आयोजनाका प्रबन्ध निर्देशक माधवप्रसाद मैनालीका अनुसार वि.सं. २०७३ चैत महीनादेखि निर्माण सुरु भएको यस आयोजनाले निर्धारित समयभन्दा २२ महिनाअगावै विद्युत् उत्पादन गर्न शुरु गरेको र अब १५ दिनदेखि नियमित उत्पादन थाल्ने भएको छ । 

 

उक्त आयोजना निर्माणका लागि सिद्धार्थ बैंक, सानिमा बैंक, सेञ्च्युरी कमर्सियल बैंक र ज्योति विकास बैंकले रू. एक अर्ब ५० लाख संयुक्त लगानी गरेकामा काम छिटै सम्पन्न भएकाले करीब रू. सात लाख रकम बचत हुनसक्ने उक्त उक्त प्रालीका अध्यक्ष मोहन कार्कीले जानकारी दिनुभयो ।


थप समाचार

पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

  • 2 hours ago
पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

काठमाडौं ।  नेपालको चर्चित गायन रियालिटी शो ‘द भोइस अफ नेपाल’ को पहिलो संस्करणमा   सिडी विजय अधिकारी विजेता    बनेका छन् ।

नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो, मृतकको संख्या बढ्न सक्ने

  • 7 hours ago
नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो,  मृतकको संख्या बढ्न सक्ने

र्घटनामा मृत्यु भएका १६ जनाको शव फेला परिसकेकोे प्रहरीले जनाएको छ । ५ जना घाइतेहरुलाई थप उपचारको लागि पठाइएको छ ।उद्धार कार्य जारी रहेकाले घाइते र मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।

ब्रेक्जिट सम्झौतामा थप वार्ता गर्ने बेलायती प्रधानमन्त्रीको प्रस्ताव युरोपबाट अस्वीकृत

  • 8 hours ago
ब्रेक्जिट सम्झौतामा थप वार्ता गर्ने बेलायती प्रधानमन्त्रीको प्रस्ताव युरोपबाट अस्वीकृत

गत महिना प्रधानमन्त्री मेले युरोपेली संघसंग गरेको ब्रेक्जिट सम्झौता बेलायतमा लगभग अस्वीकृत जस्तै बनेपछि सम्झौताका केहि बुंदामा परिमार्जन गराउने उनको कोशिस थियो । तर युरोपेली संघले सम्झौता थप वार्ताको



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

विचित्र विश्व

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

एजेन्सी– विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ ।