सुष्मा राई आइसिसीमा सचिव उम्मेद्वार

  • मंगलबार, १४ असोज, २०७६
  • 8 months ago
  • युके

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा सामाजिक अभियन्ता सुष्मा राईले उम्मेदवारी दिने भएकी छिन् ।

 

एनआरएनए आईसिसी सदस्य रहिसकेकी सुष्मा राई चुनावी मैदानमा उत्रिँदै खुला सचिवमा पदमा उम्मेदवारी दिन लागेकी हुन् । तीन कार्यकाल (सन् २०१३ देखि हालसम्म) आईसिसी सदस्यमा रहेर कार्यसम्पादन गरिसकेकी राई एनआरएनए वृत्त विश्वभर परिचित छिन् ।

 

एनआरएनएका अन्तर्राष्ट्रिय नेताहरुसंगै अध्यक्षका प्रत्यासी कुमार पन्त, कुल आचार्य, उपाध्यक्षका प्रत्यासी डा। बद्री केसी, धर्मराज अधिकारीलगायत उनका समकालिन हुन् । उनले यसअघि एनआरएनए युकेकी सचिव (सन् २०११–१३) भएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरिसकेकी छिन् । आँटिली र हक्की स्वभावकी राईले यसैसाता घोषणा पत्र सार्वजनिक गर्न लागेकी छिन् ।

 

राजनीति पृष्ठभूमिमा हुर्केकी राई सात सालको क्रान्तिका योद्धा स्वर्गीय रामप्रसाद राईकी नातिनी हुन् । अध्यक्षका प्रत्यासीहरुसित राम्रो सम्बन्ध भएपनि अहिले उनी कुनै प्यानलमा लागेकी छैनन् ।

एनआरएनए मार्फत समाजसेवामा उत्रिएकी राईले सिंगो प्रवासी नेपालीलाई मातृभूमिको विकासमा लगाउने योजना रहेको बताइन् ।


थप समाचार

क्वारेन्टाइनमा राम्रो व्यवस्थापन नभएको भन्दै प्रशासकीय अधिकृतमाथि हातपात

  • 12 minutes ago
क्वारेन्टाइनमा राम्रो व्यवस्थापन नभएको भन्दै प्रशासकीय अधिकृतमाथि हातपात

दैलेख । भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टिनमा बसेकाहरुले बुधबार हातपात गरेका छन् । गाउँपालिका ४ मा बसेकाहरुले क्वारेन्टिनमा उचित व्यवस्थापन नभएको आरोप लगाउँदै प्रशासकीय अधिकृतमा

लकडाउनका कारण गाउँमा फस्टायो यो व्यवसाय: मासिक ५० हजार आम्दानी

  • 49 minutes ago
लकडाउनका कारण गाउँमा फस्टायो यो व्यवसाय: मासिक ५० हजार आम्दानी

म्याग्दी । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण उद्योग, व्यापार, व्यावसाय र अन्य रोजगार पनि बन्द छ ।

कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

  • 1 hour ago
कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्ला मृतक दोलखाका ७



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।