IIMS College

ISMT

HUB Education

‘भारतले फेरि पनि नेपालमा नाकाबन्दी लगाउन सक्छ’

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधी (पिएचडी) गरेका प्रोफेसर डाक्टर सुशील पाण्डे अन्तर्राष्ट्रिय राजनीतिमा पनि उत्तिकै चासो राख्छन् । त्रिभुवन विश्वविद्यालयमा १६ वर्षभन्दा बढी प्रोफेसर भएर काम गरेका प्रोफेसर पाण्डेले अमेरिकाको एउवर्न विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका हुन् । अन्तर्राष्ट्रिय विषयमा ३८ वर्ष लामो अनुभव संगालेका पाण्डेले हाल इन्सिटच्युट अफ एडभान्स कम्युनिकेसन एजुकेशन एण्ड रिसर्चमा अध्यापन गराउँदै आइरहेका छन् । अन्तर्राष्ट्रिय मामिलामा गहिरो अध्ययन भएका उनले अमेरिकाका केही नाम चलेका विश्वविद्यालयमा समेत भिजिटिङ प्रोफेसरका रुपमा काम गरेका छन् । नेपाल, भारत तथा चीन सम्बन्धमा राम्रो जानकार मानिने पाण्डेसँग नेपालीपत्रका लागि रवि अधिकारीले गरेको कुराकानीः

 

पछिल्लो समय चीन र नेपालको सम्बन्धलाई लिएर ठुलै टिकाटिप्पणी हुने गरेको छ ? चीनसँग नेपालले बढाएको झुकावलाई कसरी हेर्नु भएको छ ? 

 

यो नेपालले लिएको सकारात्मक कदम हो । भारतले नेपालप्रति गर्ने व्यवहारलाई यो कदमले केही हदसम्म दबाब दिने कुरामा दुईमत हुनसक्दैन । भारतले नेपाल ल्याउन सक्ने विकास योजनालाई समेत चीनसँगको नेपालसम्बन्धले थप चुनौती थपिदिएको छ ।

 

पछिल्लो समय नेपालमा चीनको रेल पहिला आउने कि भारतको रेल पहिला आउने व्यापक चर्चा चलिरहँदा नेपालको विकासले द्रुत गति पाउने हो कि भन्ने विश्वास र आशा पनि बढेको मैले देखेको छु । चीनको रेल आउन केही समय लाग्ला । तर, चीनप्रतिको सम्बन्ध सन्तुलित राख्न नेपालको राजनीतिक वातावरण भने सुध्रिनु आवश्यक रहेको छ ।

 

नेपालको राजनीति पुर्णरुपमा व्यवस्थित हुन सकेमा चिनियाँ लगानीकर्ताहरु आँटेरै लगानी गर्न आउँनेछन् । प्रचण्ड पनि यस विषयमा गम्भिर रहेको र चीन र भारतसँगको सम्बन्ध सुधार गरेर लगानी भित्राउन उद्त रहेको देखिन्छ । उनको पछिल्लो भ्रमणहरुले पनि यही कुराको इंगित गर्छ । 

 

नेपाल चीनप्रति बढी नै आशावादी भएको देखिन्छ ? कुटनीतिक हिसाबले यो कति ठीक हो ? 

 

नेपालले आफ्नो कुटनीतिक सम्बन्धको दायरा फराकिलो पार्दै लैजानुपर्छ । विगतका अनुभवले पनि नेपाली राजनीतिज्ञहरुले पाठ सिकिसकेका छन् । आर्थिक विकासले चीनलाई विश्वभर नयाँ परिचय दिइरहेका बेला नेपालले चीनसँगको सम्बन्ध विस्तार गर्नु एकदमै जायज हो । उनीहरुले छोटो समयमा गरेको विकासबाट पनि नेपालले अहिले नसिके कहिले सिक्ने ? चीनप्रति नेपालको झुकाव बढ्नु एउटा प्रमुख कारण नाकाबन्दी नै हो । अर्को चाँहि चीनको इनिसियटिभ छ ‘वन बेल्ट वन रोड’ (ओविओर) योजनामा नेपाल पनि रहनु हो । स्वतन्त्र विचारले आएका विकासका एजेण्डाहरुलाई नेपालले रोक्नु हुँदैन ।

 

युरोपियन, एसियन, अफ्रिकन लगायत ८० देशभन्दा बढीलाई लक्षित गरी चीन सरकारले ल्याएको यो योजनाबाट नेपालले पनि लाभ लिनसक्नुपर्छ । चीनले आफुसँग रहेको अथाह धनराशी प्रयोग गर्न खोजिरहेको छ जसका कारण उसको ठुलो ट्रेड प्रोमोशन हुनेछ । यसको एउटा उदाहरण नेपालमा पनि उसको लगानी बढ्नुलाई देखिन्छ ।

 

चीन ठुलो पुँजी लगानी गर्न आतुर रहेको छ । नेपालमा व्यापार बढाउँदै उसले भारतमा पनि विस्तार गर्ने बृहत योजना बनाएको छ ।

 

भारतलाई यस कुराको हेक्का रहेको छ । त्यसलाई रोक्न पनि भारतले विभिन्न तहमा मिलेर योजनाहरु बुन्दै आएको देखिन्छ । बिमेस्टकलाई पनि नेपालले उचित तरिकाले प्रयोग सक्यो भने नेपालले धेरै फाइदा लिनसक्नेछ । हाम्रा कुटनीतिज्ञहरुले यसबारे कस्तो अवधारण ल्याउनछन् र काम गर्छन् त्यसले नेपालले के कति फाइदा लिन सक्छ त्यसमा भरपर्छ । 

 

भारतले गरेको नाकाबन्दी पछि के नेपालले चेतेरै चीनसँग सम्बन्ध विस्तार गरेकै हो त ? 

 

नेपालले पहिलादेखि नै वैकल्पिक पारवहान सुविधा  खोजेकै हो । भारतसँग नेपालको पारवहान सम्झौता रहेको छ । तर, चीनसँगको सम्बन्ध विस्तारपछि नेपालले पारवहान सम्झौता गर्नुले नेपाललाई थप सहज वातावरण निर्माण भएको छ । चीनसँग लामो समय वैकल्पिक बाटोका लागि छलफल भएतापनि त्यसको निष्कर्ष भने निस्कन सकेको थिएन । 

 

अब भने त्यो सुविधा नेपालले कसरी उपयोग गर्छ त्यो हेर्नु आवश्यक रहेको छ । टेक्नोलोजीमा पनि चीनसँगको सम्बन्ध विस्तार गर्नुले भारतप्रतिको निर्भरतामा पनि धेरै कमी आएको छ । चीनले लासामा सम्म अध्ययन गरिसकेका छन् । उनीहरुले अपत्यारिलो ठाउँमा समेत गरेको आश्यर्चजनक निर्माण कार्यले विश्व नै चकित रहेको छ । 

 

नेपालका ठाउँहरुबारे उनीहरुले पनि विस्तृृत अध्ययन गरेका छन् । उनीहरुलाई सिगात्सेदेखि केरुङसम्म रेल ल्याउन कुनै गाह्रो काम होइन । उनीहरुका लागि चार सय किलोमिटर सामान्य प्रोजेक्ट जस्तै हो । रेलबाट सिमानासम्म सामान ल्याउँदा सस्तो पर्छ । नेपाललाई सातवटा परावहान क्षेत्र प्रयोग गर्न दिनु नेपालप्रति गरेको एउटा ठुलो विश्वास पनि हो । उनीहरुले नेपालप्रति अपनाएको नीति प्रष्ट रहेका कारण पनि पछिल्लो समय नेपाल र चीन सम्बन्ध प्रगाण बनाएको छ ।

 

त्यस्तै भारतले फेरि पनि नाकाबन्दी नगर्ला भन्न सकिदैन । नेपाललाई चीनले बुझ्दै जानु प्रमुख कारण हो । नेपाल त्यति कमजोर नरहेको र आन्तरिक रुपमा आफु सबल रहेको र अन्तराष्ट्रिय जगतमा एउटा बलियो शक्तिका रुपमा उदयमान हुनुले चीनले आफ्नो नीतिमा क्रमश लचकता ल्याएको हो । नेपालले बुझ्नु पर्ने प्रमुख कुरा भनेको भारत विरोधी कार्य गरेर चीन नजिक हुनुहुँदैन भने चीन विरोधी भएर भारतको भर पनि पर्नु हुँदैन । नेपालल सन्तुलित सम्बन्ध राख्न सक्ने नीतिको विकास गर्न सक्ने हैसियत नेपालले बनाउने बेला आएको छ । 

 

चीनप्रति नेपालको यति धेरै झुकावले नेपाललाई कति फाइदा कति बेफाइदा तपाईले देख्नुहुन्छ ? 

 

नेपालले फाइदा लिने कुराहरु धेरै नै छन् । तर, नेपालले आफ्नो दायरा कति त्यो भने बझ्न आवश्यक छ । नेपालले सर्वपक्षिय फाइदाको हिसावले आफुलाई अगाडि बढाउनु आवश्यक छ । हामी अब ‘ग्लोबल वल्र्ड’ मा प्रवेश गरिसकेका छौ । विश्वपमा भएका परिवर्तनहरुलाई नेपालले बुझ्नु आवश्यक छ । चीन र भारतलाई मात्र हेर्नु नेपालको अर्को गल्ती हुनसक्छ ।

 

नेपालले चीन र भारतबाट कसरी फाइदा लिने भन्दा पनि सन्तुलित सम्बन्धका आधारमा कसरी विकास गर्ने त्योबारे ध्यान दिनु आवश्यक रहेको छ । नेपालले आफुलाई कसरी सुरक्षित राख्न सक्छ त्यसबारे पनि सजक रहनु आवश्यक रहन्छ । पछिल्लो समय कुटनीतिज्ञहरु, विश्लेषकहरुले चीन र नेपालको सम्बन्धलाई गरेको टिप्पणीले नेपालको चीनप्रति झुकाव बढेको गुञ्जय भने फैलिएको छ । चीनले हामीलाई सहयोग गर्छ कि भन्ने आश चाहिँ नेपालको धेरै नै छ । नेपालले चीनलाई बुझेरै सम्बन्ध अगाडि बढाएको भने देखिदैन । अप्ठेरो अवस्थामा चीनले गर्ने सहयोगको अपेक्षा भने नेपालले धेरै नै गरेको छ । तर, चीनलाई भन्दा पनि हामीले भारतलाई धेरै बुझेका छौँ । यो भने यथार्थ हो । 

 

नेपालमा चीनको लगानी बढेको बढ्यै छ ? भारतलाई पनि पछि पार्दै नेपालमा चिनियाँ लगानी बढ्नु र भारतसँग अलिक दुरीको सम्बन्ध बनाउनुले कुटनीतिक सम्बन्धमा यसले कस्तो असर पार्ला ? 

 

को सँग छ पैसा । उसैले लगानी गर्ने हो । चीनसँग लगानी गर्ने पैसा छ ।  चीनले देशमा मात्र नभइ विदेशमा पनि लगानी गर्ने क्षेत्रहरुको अध्ययन गरिराखेको छ । उसका ‘कोर आइडियाइजहरु’ एकपछि अर्को गर्दै आइराखेको छ । भारतसँग त्यो क्षमता रहेनछ । चीनको तुलनामा भारत कमजोर नै छ । त्यही रुपले चीनसँग भारतले प्रतिस्पर्धा गर्न सक्दैन ।

 

चीनको लगानी नेपालमा बढ्दैमा भारतसँग सम्बन्ध बिग्रिदैन । नेपालले आफ्नो विदेश नीतिमा प्रष्ट हुनसक्नुपर्छ । नेपालमा रहेका भारतीय मुलका व्यापारीहरुले चीनबाट सामान ल्याएर नेपालमा ठुलो व्यापार गरिराखेका छन् । कुटनीतिक सम्बन्ध एउटा ठाउँमा छ भने आन्तरिक व्यापार र अन्तरदेशिय व्यापारबाट को कति लाभान्वित भएका छन् त्यो पनि बुझ्न आवश्यक छ ।  

 

चीनसँगको सम्बन्ध विस्तारले भारत खुसी नभएको टिकाटिप्पणी भइराखेको छ ? भविष्यमा यही स्थिति रहे भारतले नेपालमाथि अर्को नाकाबन्दी लगाउने सम्भावना कति रहेको छ ? 

 

नाकाबन्दी गर्ने भनेको जो शक्तिशाली छ उसैले गर्ने हो । कमजोर राष्ट्रले त्यसको असर व्यहोर्ने हो । भारतको पुरानो स्वभाव अलि हस्तक्षेपकारी रहेका कारण फेरि पनि नाकाबन्दी गर्दैन भन्नु गलत हुनेछ । भारतले नाकाबन्दी लगाउन सक्छ वा सक्दैन भन्नुभन्दा पनि उसँगको विगतको सम्बन्धले भारतले कुनै पनि समय नाकाबन्दी लगाउन सक्छ भन्ने बुझ्नु आवश्यक छ । भोलि नै लगाउन पनि सक्छ । १० वर्षसम्म नाकाबन्दी नलगाइ पनि बस्न सक्छ । भारतलाई कुन कुरामा चित्त बुझ्दैन, उसले आफ्नो व्यवहारमा परिवर्तन ल्याउन कत्ति पनि बेर लगाउँदैन । विं स. २०७२ मा भुकम्पपछि संकटमा रहेको नेपालमाथि नाकाबन्दी लगाएको भारत नेपाललाई बुझ्ने पक्षमा छदैछैन । शक्तिको एउटा बहुलठीपना भारतसँग रहेको छ ।

 

अहिले नेपाललाई नाकाबन्दी गर्ने सम्भावना बढेर गएको छ । भारत सुरक्षाका हिसाबले अमेरिकासँग धेरै नै नजिकिएको अवस्था रहेको छ । नेशन नेशनको सम्बन्ध पनि ‘क्लास इन्ट्रेस्ट’ अनुसार हुने गर्छ । नेपालका धनी वर्ग र भारतका धनी वर्गको एक खाले निर्णय गर्न सक्छन् । अन्तरदेशिय कोणले हेर्दा धनी वर्गहरुको सम्बन्ध कोसँग त्यसले पनि ठुलो भुमिका खेल्छ । धनी वर्गका व्यापारीहरुले मिलेर एक खाले संकट पैदा गर्न सक्ने सम्भावना पनि बढेर गएको छ । उनीहरुले आयातमा बन्देज लगाइदिए भने दुवै पक्षका सरकारको पनि केही लाग्दैन । त्यस्तै भारतको अर्थतन्त्र र अमेरिकी अर्थतन्त्रको ठुलो सम्बन्ध रहेको छ । उनीहरु यसै कारण पनि नेपालको अर्थतन्त्रलाई खासै महत्व दिन चाहँदैनन् । भारतले नेपाललाई नाकाबन्दी लगाए पनि अमेरिकाले टुलुटुलु हेर्ने नै हो । उनीहरुको अर्थतन्त्रसँग हामीले प्रतिस्पर्धा गर्ने अवस्था नरहेका कारण, फाइदा बेफाइदामा उनीहरुको बढी ध्यान जान्छ ।  

 

के नेपालले त्रिपक्षिय सम्बन्ध सन्तुलित राख्न सक्ला ?

 

नेपालले त्रिपक्षीय सम्बन्ध सन्तुलित राख्नेभन्दा पनि तीनवटै देशले राख्नुपर्छ । अनि मात्र यस कुरालाई सम्बोधन गर्न सकिन्छ ।

 

चीनको नेपाल हेराईलाई तपाईले कसरी हेर्नुभएको छ ? नेपालमा चिनियाँ चलखेलका कारण भारत कति असुरक्षित महसुस गरिरहेको छ ? 

 

 भारतले नेपालबाट असुरक्षित नै महसुस गरिराखेको छ । सैनिक क्षमता, सुरक्षा क्षमता के कति छ राष्ट्रियस्तरमा त्यसमा भर पर्ने कुरा हो । भारत र नेपालबीच सुरक्षाका विषयमा धेरै कुरा आदान–प्रदान गर्दै आइरहेको छ । गृहमन्त्रालयमा पनि ६ ६ महिनामा सहकार्य हुँदै आइरहेको छ । सिमाना हुने अपराधका घटना लगायत अन्य संवेदनशिल विषयमा दुवै देश सजक रहेका छन् । भारतविरोधी चिनियाँ चलखेल नेपालमा रहेको छैन । चीन व्यापारिक दृष्टिकोणले नेपालमा संलग्न रहेको छ । चीन आफ्नो इमेज बिर्गान नेपालमा लगानी गरिहेको छैन । चीनले पनि भारतसँगको सम्बन्धलाई महत्वकासाथ लिन नेपाललाई आग्रह गर्दै आइरहेका कारण पनि चीनले नेपालमा भारतलाई असर पर्ने काम पक्कै पनि गर्दैन । त्यो उसलाई जरुरी नै छैन । 

 

नेपाल र चीनको सम्बन्धलाई भारतले कसरी लिनुपर्छ ? अब नेपाल हेराइप्रति भारतको कस्तो कदम हुनसक्ला ?  

 

चीनप्रतिको झुकावले भारत केही हदसम्म शसंकित नै छ । बेलाबेलामा भारतीय मिडियाबाट प्रकाशित हुने समाचारहरुले पनि यस कुराको पुष्टि गरेको छ । नेपालमा चिनियाँ रेल आउने कुराले भारतमा ठुलै खैलाबैला भएको थियो । भारतको छिमेकी देशहरुसँग राम्रो सम्बन्ध रहेको छैन । उसले यसलाई सुधार्दै लैजानु पर्छ । यदी नेपाल अवस्था खराब हुँदै जाने हो भने भारतलाई पनि यो चिन्ताको विषय हुन्छ । नेपालको विकास हुन सक्ने भारतको पनि फाइदा नै रहेको छ । चीनले नेपाललाई अन्तराष्ट्रिय जगतमा जसरी सहयोग गरिराखेको छ भारतले पनि त्यो लचकता देखाउनु आवश्यक छ । त्रिपक्षिय सम्बन्धलाई तीनै देशले महत्व दिनु आवश्यक छ । 

 


थप समाचार

विहिबार बेलायतमा मध्यावधि निर्वाचन : के होला ब्रेक्जिट ?

  • 15 minutes ago
विहिबार बेलायतमा मध्यावधि निर्वाचन : के होला ब्रेक्जिट ?

ब्रेक्जिटमा कायम ठूलो अन्योल र अलमललाई हटाएर यो निर्वाचनले ठोस दिशा प्रदान गर्ने अपेक्षा छ । हुन त राजनीतिक दलहरुले स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका विभिन्न क्षेत्रमा पनि प्रतिस्पर्धात्मक रुपमा आकर्

मिस वर्ल्डको शीर्ष ४० मा मिस नेपाल अनुष्का पनि

  • 25 minutes ago
मिस वर्ल्डको  शीर्ष ४० मा मिस नेपाल अनुष्का पनि

लण्डन । मिस नेपाल अनुष्का श्रेष्ठ लण्डनमाजारी मिस वर्ल्ड २०१९ को शीर्ष ४० मा छनौट भएकी छन् । हेड टू हेड च्यालेन्जको उत्कृष्ट १० मा छनौट हुँदै मिस वर्ल्ड प्रतिस्पर्धाको उत्कृष्ट ४० मा छनौट भएकी हुन् ।

आईएनईए अवार्डको तयारीमा ह्याब अ मोमेन्ट, के हो यो अवार्ड ?

  • 2 hours ago
आईएनईए अवार्डको तयारीमा ह्याब अ मोमेन्ट, के हो यो अवार्ड ?

नेपाली समुदायमा विशिष्ट योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सम्मान र हौसलाका लागि इन्टरनेसनल नेप्लिज एक्सिलेन्स (आईएनईए) अवार्ड कार्यक्रम गर्न लागिएको हो । आउँदो जनवरी ११ तारिख आइतबारका दिन



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

काउकुती लगाउँदा किन खुम्चिन्छ शरीर ?

काउकुती लगाउँदा किन खुम्चिन्छ शरीर ?

एजेन्सी । वैज्ञानिकहरूका अनुसार काउकुती लगाउँदा शरीर खुम्चिन्छ । अनि हाड कम भएका अंगमा बढी काउकुती लाग्छ, जस्तो पेट र पाइताला । खासमा हाम्रो शरीरका केही हर्मोन्स र संवेदनशीलताका कारण काउकुती लाग्छ । हाम्रो छालाको सबभन्दा बाहिरी पत्रलाई एपिडर्मिस भनिन्छ र त्यो कैयौं नसाहरूसँग जोडिएको हुन्छ ।