ISMT

HUB Education

‘वर्षौंदेखि नेपाली जनताले किन दुःख पाइरहे, आखिर नेपाली जनता कहाँ चुके’

Education Park

 

Kathmandu Trade Show

 

विगत एक दशकदेखि भ्रष्टाचारविरुद्ध अभियान चलाइराखेका व्यक्ति हुन्– स्वागत नेपाल । पछिल्लो समय उनी भ्रष्टाचारविरुद्ध देश दौडाहमा छन् । उनले स्वतन्त्र राष्ट्रिय अभियान नेपालमार्फत अभियान नै चलाएर देशभर भ्रष्टाचारविरुद्ध उत्रिन जनताहरूलाई आग्रह गर्दै आइरहेका छन् । खरो बोल्ने उनको स्वभावका कारण बेलाबेलामा उनी विवादमा पनि तानिने गरेका छन् । पत्रकार, वकिल, विश्लेषण, अभियानकर्ता लगायत विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आइरहेका स्वागत नेपालसँग नेपालीपत्रका लागि रवि अधिकारीले गरेको कुराकानीः

 

नेपालमा व्याप्त भ्रष्टाचारको ट्रेण्डलाई कसरी विश्लेषण गर्नुहुन्छ ? 

भ्रष्टाचार सम्बन्धि जुन विषय छ त्यसलाई हामीले आर्थिक पक्षलाईमात्र जोडेर हेर्ने गरेका छौँ । हामी अर्थ जोडियो भने भ्रष्टाचार, नगदै जोडियो भने भ्रष्टाचार, राज्यकोषबाट रकम खायो भने भ्रष्टाचार त्यो बाहेकको आचार भ्रष्टाचार, आचारमा भ्रष्टीकरणलाई हामीले भ्रष्टाचारका रुपमा लिदैँ लिएनौँ । कानुनले अलिकति यसलाई सम्बोधन गर्न खोजेको छ । तर, हो के भने, एउटा विद्यार्थी परीक्षामा आफै चिट चोर्छ, अनि नेतालाई चोर, भ्रष्टाचारी भन्छ, एउटा व्यापारी दाल, चामलमा आफै ढुंगा मिसाउँछ अनि नेतालाई नै भ्रष्टाचारी भन्छ, एउटा किसान पनि जो वास्तवमा श्रमजीवी पनि हो, जसले भैसीको दुध दुहेर खाँट्टी दुध बेच्दैन, यी सबै कुरा भ्रष्टाचार हुन् । हामीले आचारमा हुने भ्रष्टाचारलाई नगन्य रुपमा हेरौँ वा यसलाई माफी दिएका छौँ । यो हामीले विश्वासै नगरेका व्यक्तिहरूबाट भएको आचार भ्रष्टाचार हुन् । 

 

त्यस्तै त्यो बाहेक राज्यकोषको रकम खाने, नमिल्ने काम बनाइदिन्छु भन्दै रकम असुल्ने । यी कुराहरू पनि सामान्य हो । देशमा भइरहेको सबैभन्दा ठूलो भ्रष्टाचार भनेको ‘स्वेत ग्रिभी भ्रष्टाचार’ भन्छ । ‘ह्वाइट कलर करप्सन’ भ्रष्टाचारमा सबै कुरा हेर्दा मिलेकै देखिन्छ । कागजपत्र मिलेको देखिन्छ । प्रक्रिया मिलेको देखिन्छ । नीतिगत हिसाबले मिलेको देखिन्छ । तर, शक्तिमा रहेका ठालुहरूले मिलेर गरेको कामहरू ‘ह्वाइट कलर करप्सन’का रुपमा अहिले देखिएको छ । हामी यो चरणमा हुँदा हुँदै नेपालमा व्यवस्था स्वयम् नै भ्रष्टाचारी व्यवस्था हो यो । नेपालको जुन व्यवस्था छ, बहुदलीय गणतन्त्रात्मक संघीय शासन व्यवस्था भन्छौँ हामी कानुनी रुपमा तर त्यो होइन । यो व्यवस्थाको नाम राजनीतिशास्त्र अनुसार ‘क्लिप्टोक्रेसी’ हो । अर्थात्, चोरतन्त्र ।

 

अहिले भइरहेको जुन चरित्र रहेको छ त्यसलाई ‘प्लुटोक्रेसी’ भनिन्छ । धनवाद । धन हुनेहरूले मात्र गर्ने । अहिले हामीले जुन व्यवस्था भोगिरहेका छौँ, नेपालमा त्यसलाई लोकतन्त्र भन्दैन । प्रजातन्त्र भन्दैन । राजनीतिशास्त्रका अनुसार यसलाई ‘नेपोटिजम’ भन्छ । यो नातावाद हो । साथीवाद हो । क्रोनिजम हो । जोसँग सम्पत्ति छ उसले मात्रै चुनाव लड्न पाउँछ । यो साथीवाद हो भन्ने एकदमै पुष्टि हुन्छ । जो साथी हो जुनसुकै पार्टीको होस् । उसलाई निर्देशन दिएर जुनसुकै पार्टीकै होस्, कम्युनिष्टकै भए पनि नेचर नै नमिल्ने राजावादी पार्टीको महामन्त्रीलाई भोट हाल्नु है भनेर निर्देशन दिन्छ पार्टी र जिताउँछ । काँग्रेसको सभापति भएर शेरबहादुर देउवाले हसिया हथौडामा भोट हाल्छन् । प्रचण्डले रुखमा भोट हालेकै हुन् ।

 

अनि राजेन्द्र महतो अर्को विचार नमिल्ने पार्टीलाई एमाले माओवादीले भोट हालेको । अनि साझा विवेकशील भन्नेले काँगेसलाई भोट हालेको हो । व्यक्तिहरूबारे मैले केही बोलेको छैन । यो वाद जुन छ नि बहुदलीय व्यवस्था यस्तो भन्दैन । बहुदलीय व्यवस्थाभन्दा फरक नेचर हो यो । त्यसकारण यो बहुदलीय लोकतन्त्र व्यवस्था होइन । यो अघि भनेजस्तो नेपोटिजम हो । यो क्रोनिजम हो । यो प्लुटोक्रेसी हो । यो क्लेप्टोक्रेसी हो । 

 

के नेपालमा क्लिप्टोक्रेसी वर्षौदेखि हाबी भइराखेकै हो त ? देशमा कसरी तपाईंले भनेजस्तो ‘फ्लड डेमोक्रेसी’ देख्नुहुन्छ ?

यो व्यवस्था नै गलत छ । यो व्यवस्था नै परिवर्तन गर्नुपर्छ । यो यस्तो व्यवस्था हो जुन व्यवस्थामा भ्रष्टाचार नगरीकन भ्रष्टाचार अन्त्य गर्ने अख्तियार दुरुपयोग आयोगको आयुक्त हुन पाइदैन । यो व्यवस्था यस्तो हो जहाँ भ्रष्टाचार नगरीकन सांसद पद जित्न पाइदैन, उठ्न पनि पाइदैन । यो व्यवस्था यस्तो हो जहाँ भ्रष्टाचारी मात्रै सांसद मन्त्रीहरू हुने हो । भ्रष्टाचार गर्छु भनेर सपथ ग्रहण गर्ने जस्तै व्यवस्था हो यो । यो व्यवस्थामा सपथ ग्रहण गर्दै खेरी उत्तरदायित्व र पारदर्शिताको हुँदैन ।

 

सपथ ग्रहणको नाम भनकै पद तथा गोपनियताको सपथ ग्रहण । उत्तरदायित्व र पारदर्शिताको हुँदैन । संस्कृतमा भन्छ– मन्त्री गुप्ते परिभाषणे । अर्थात् मन्त्रीले गोप्य कुराको परिभाषा गर्नुपर्छ । हाम्रो देशमा मन्त्रीले गर्ने गोपनियताको सपथ हो । देखाउँदा के बिग्रिन्छ । यो व्यवस्था भनेकै चुनावमा जे जति खर्च गर्ने उठ्ने जित्ने अनि चुनावमा जितिसकेपछि सांसद मन्त्री भएर चुनावमा खर्च भएको रकम असुलउपर गर्ने । र, अर्को चुनावका लागि रकम जम्मा गर्ने । यो व्यवस्थाको विशेषता नै यही हो । सबै कुरा हेर्दा यो व्यवस्था भ्रष्टवाद हो । समाजवाद उन्मुख देशमा कम्प्युनिष्ट पार्टीको नेताले हस्पिटल खोल्न पैसा लगानी गर्दैन ।

 

समाजवाद उन्मुख पार्टीको नेताले प्राइभेट क्षेत्रमा लागनी गर्दैन । समाजवादी व्यवस्थामा नेताहरूको लगानी प्राइभेट कलेजमा हुँदैन । पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर मिड बानेश्वरको मुटुमा कलेज खोलिन्छन् । बहुविश्वविद्यालयको अवधारणा भनेको गण्डकी क्षेत्रका त्यहाँ मान्छेहरूले गुणात्मक शिक्षा पाउनु भन्नु हो । पोखरा विश्वविद्यालयको शिक्षा लिन काठमाडौँ आएर पढ्नु पर्ने, पूर्वाञ्चल विश्वविद्यालयको मुख्य कलेज पुतलीसडकमा हुनुपर्ने । समाजवाद यस्तो हुँदैन । देखिदेखि यस्तो हर्कत हुने हुँदा यो व्यवस्थित व्यवस्था होइन । यो गलत नाम दिइएको हो । व्यवस्थाको चरित्रै योसँग मिल्दैन ।  

 

सत्तामा रहेका र विपक्षी दलका नेताहरूविरुद्ध यतिधेरै आक्रोश किन ? के यी नेताहरूलाई गाली  गरेर भ्रष्टाचारमा कमी आउने हो ? व्यवस्था व्यस्थित हुने हो ? 

हामीले नेताहरूलाई कहाँ गाली गरेका छौँ ? उहाँहरूले यो के चरित्र बोकिरहनु भएको हो ? के उहाँले भनिरहेको व्यवस्थामा यो चरित्र सुहाउँछ त ? के कम्युनिष्ट पार्टीहरूले राजावादी पार्टीलाई भोट हाल भनेर निर्देशन दिन्छन् त ? के काँग्रेसजस्तो पार्टीले कम्युनिष्टहरूलाई भोट हाल भनेर निर्देशन दिन्छन् त ? के कम्युनिष्टहरूले देशको श्रमजीवी, जो बलात्कार सहेर नेपाली सीमा बचाउने बसिरहेका मधेसी महिलाहरूको नेतृत्व, सबै युवाहरू दुबई, कतार मलेसिया गएका छन् ।

 

भारतीयहरूले दिनदाहाडै आएर गाई भैसीँदेखि अन्य कुरा डकैती गरेका छन् । भारतीयहरूले सिमाना सारिरहेका छन् । भारतीय सशस्त्र बल नेपाल पसेर नेपाली चेलीहरूलाई बलात्कार गरिरहेका छन् । बलात्कार सहेर नेपाली सिमा बचाउने बसिरहेका मधेसी महिलाहरूको प्रतिनिधित्व राज्यलक्ष्मी गोल्छाबाट गराउँछन् यी दलहरूले । यस्तो गर्नु हुन्न भन्दा विरोध गरेको हुन्छ ? मधेशी जनताको प्रतिनिधित्व विनोद चौधरीबाट गर्नुहुन्न है ? यो तपाईंले भ्रम छरेको हो लोकतन्त्रमा, समानुपातिकमा यस्तो हुन सक्दैन, यो धनवाद हो ।

 

उनीहरूले धन दिन्छन्, तिमी बनाउँछौँ । यसैगरीकन काठमाडौँमा नेवार महिलाहरूको प्रतिनिधित्व शंकर पोखरेलको श्रीमतीबाट नगराउनुहोस्, ईश्वर पोखरेलको श्रीमतीबाट नगराउनुहोस्, त्यस्तै राई लिम्बु महिलाहरूको प्रतिनिधित्व वामदेवको श्रीमतीबाट नगराउनुहोस् ? यो तपाईंले देखादेखि पट्टी बाँधेको हो आँखामा ? यसबारे उनकै कार्यकर्ताहरू खुलेर बोल्न सकिरहेका छैनन्, भनेर हामीले गरिरहेको कुरा विरोध हो र ? 

 

यो सही अर्थमा हामीले प्रयोग ग¥यौं त समानुपातिकको ? हामीले सही अर्थमा समानुपातिकसँगसँगै एउटा समावेशिताको सही प्रयोग हो त ? यो त थिएन नी । त्यही भएका कारण यो व्यवस्था आफैँमा चोरवाद, साथीवाद हो । यो नातवाद, कृपावाद हो । यो क्लिप्टोक्रेसी हो । साथी साथी मिलेर आफ्नाहरू माथि आउने । यो भएन है तपाईंले भनेजस्तो व्यवस्था । जनताले यो एकदमै प्रष्ट बुझ्नुपर्छ । नेपालमा भएको व्यवस्था लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था होइन । व्यवस्थालाई व्यवहारले प्रतिविम्बित गर्छ । हो यो सबै कुरा हामीले भन्दा खेरी यो कसरी विरोध हुन्छ ? यो त सुधार गर्नु पर्ने कुरा हो नि । 

 

अर्को कुरा प्रष्ट बुझौँ, सर्वोच्च अदालतले भनेको कुरा सबैले मान्नु पर्ने होला नि । हामीले सर्वोच्च अदालतमा समेत गएर यो देशमा गुण्डा, फटाहा, बलात्कारीहरूलाई पार्टीहरूले उम्मेदवार बनाए । उनीहरूलाई अदालतले जेल जानु है भनी फैसला गरिसकेको थियो । हामी यस्ता गुण्डा, फटाहा, बलात्कारीहरूलाई उम्मेदवार बनाउनु हुन्न, पार्टीहरूले उनीहरूलाई उम्मेदवार बनाए भने (निर्वाचन बहिस्कार गर्ने पक्षमा हाम्रो नीति होइन), हामी निर्वाचनको लाइनमा बसेर उम्मेदवार बहिस्कार गछौँ । अहिले यो ‘राइट टु रिजेक्ट’ व्यवस्था हाल चौध देशमा रहेको छ । हामी पन्ध्रौँ देश हौँ । संविधानमा राख्नु भनेर सर्वोच्च अदालतले आदेश दिएको, म स्वयम, भाइराजाज्यू, विकास खड्काज्यू, लगायतका हामीले अभियानकै अन्तर्गत नै सर्वोच्च अदालतमा रिट दयार गरेपछि सर्वोच्च अदालते गर्नु भन्यो । तर, सबै दलहरू मिलेर गरेनन् । त्यतिबेला यो बहसमा हामीले पैरवी गरिरहँदा मान्छेहरूले हामीलाई पागल भने, यस्तो पनि हुनसक्छ भनेर । सर्वोच्चले हुनुपर्छ, हुन्छ, यो नभई लोकतन्त्र हुँदैन, व्यवस्था दिनु भन्यो । तर, सबै दल मिलेर गरेनन् त । यसको कानुन बनाएनन् त । सर्वोच्च अदालतले भनेको समेत नमान्ने दलहरूलाई कसरी अभिभावक मान्न सकिन्छ । यो भन्दा अराजकता अरु के हुनसक्छ । एउटा सामान्य मानिसले सर्वोच्च अदालतले भनेको मान्न नसक्ने दलहरूलाई विश्वास गर्न सक्छन् ? यो भन्दा ठुलो भ्रष्टता अर्को के हुन सक्छ । रकम खाने मात्र भ्रष्टाचार होइन । यति विनम्रताका साथ जे जति भनिराखेका छौँ यो आक्रोश त हुँदै होइन । यो स्थितिको विश्लेषण गरेर बताइदिएको मात्र हो ।

 

अहिले नेपालमा जति पनि डिभोर्स भइराखेका छन् नि यो एकदमै बढेको छ । श्रीमान र श्रीमतीबीच धोका भइराखेका छन् । प्रेमी प्रेमिकाको प्रेम टुट्नुको कारण यो देशका नेता हुन् । दोषी नेपालका दलहरू हुन् । यस्तो वातावरण बनाइदिएको छ नि अहिलेको समाजशास्त्रीय दृष्टिकोणले गहनतम यसको अध्ययन गर्ने हो भने हाम्रा प्रेमी प्रेमिकाको पवित्र प्रेम सम्बन्ध, पवित्र श्रीमान श्रीमतीको दाम्पत्य सम्बन्धलाई टुटाइदिने, भत्काइदिने, श्रीमान श्रीमतीलाई सँगै बस्न नदिने यी नै दलहरू हुन् । आज विवाह गरेर भोलि विदेश हिडँछन् । अहिले विवाह गर्नमात्रै युवाहरू देश फर्कने गरेका छन् । आफ्नो संस्कृति बोकेको मानिससँग विवाह गर्न देशमा आउँछन् । आज विवाह गर्ने बित्तिकै भोलि विदेश दौडिनु पर्ने अवस्था कसले ल्यायो ? यिनै नेताहरुले पु¥याए । यही व्यवस्थाले पु¥यायो ।

 

किनकी यो व्यवस्थामा जसरी पनि चुनावमा सांसद हुने मन्त्री हुने, अर्को चुनावका लागि भ्रष्टाचार गरेर पैसा असुल्ने । सांसदको काम नीति बनाएर फर्किने हो, कानुन लेखेर फर्किने हो, उसले सांसद विकास कोष लिएर पुल बनाउने ठेक्का लिने काम उसको होइन् । जब हामी सांसद मन्त्री प्रधानमन्त्री हुने व्यवस्था हामी नेपालमा ल्याउँछौँ, जब तपाई र हाम्रो भोटले यो देशको कार्यकारी प्रधानमन्त्री रोज्ने व्यवस्था ल्याउँदैन तबसम्म हामीले सोचेजस्तो परिवर्तन आउँदैन । मलाई लाग्दैन कि तपाईंको पिताको, आमा, हजुरबुबाको भोटले रोजेको व्यक्तिले हालसम्म शासन गर्न पाएका छन् । सांसदहरूको बहुमतको व्यवस्था हो यो । 

 

दक्षिण कोरिया, ब्राजिल, अमेरिका, भारत, पाकिस्तान, चीन लगायत विश्वका धेरै देशमा भ्रष्टाचारका आरोपमा राष्ट्र प्रमुख र प्रधानमन्त्रीहरू जेल गएका छन् । नेपालमा भने ठूला नेता तथा ठूलो अहोदाका व्यक्तिलाई भ्रष्टाचार गरेको आरोप लागेपनि छानबिन हुनै मुश्किल छ ? व्यवस्था कहाँ र कसरी चुक्यो ? 

 

छानबिन गर्नु पर्ने ठाउँमा ती देशहरूको जुन नाम लिनु भए नि अमेरिकनहरू, फ्रेन्चहरूको भनौँ, ब्रिटिसहरूको भनौँ, त्यो संवैधानिक अंगमा मानिसहरू कसरी पुग्छन् ? अनुसन्धान गर्ने व्यक्तिहरू कसरी त्यसको जिम्मेवार एउटा उच्च पदस्थ स्थानमा पुग्छन् र हाम्रो कसरी पुग्छन् । हेर्नु पर्ने त्यहाँ हो । हाम्रो नेपालको व्यवस्थामा भ्रष्टाचार अन्त्य गर्नका लागि नियन्त्रण गर्नका लागि स्थापना गरिएको सवैधानिक अंग मानौँ कि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भ्रष्टाचार नियन्त्रण गर्ने ठाउँमा पुग्न पनि भ्रष्टाचार गरेर मात्रै सकिन्छ ।

 

भ्रष्टाचार गरेर कमाएको रकम नेताहरूलाई खुवाएर मात्रै सकिन्छ, अख्तियारको प्रमुख हुनका लागि वा अख्तियारको आयुक्त हुनका लागि पहिला विभिन्न निकायमा प्रशस्त भ्रष्टाचार गरिसकेर वा पैतृक सम्पत्ति नेतालाई दिएर वा खुवाएर न्यायाधीश हुनलाई भ्रष्टाचार गरेर मात्रै बन्न सकिन्छ । जसले कारबाही गर्नु पर्ने हो भ्रष्टाचारीहरूलाई न्यायाधीश हुन पनि पहिला घुस खुवाउनुपर्छ । लोकसेवा आयोगको आयुक्त हुन पनि पहिला पार्टीहरूलाई चन्दा वा घुस दिनुपर्छ । भ्रष्टाचार नगरी भ्रष्टाचार नियन्त्रण गर्ने ठाउँमा पुग्न सकिदैन । यो व्यवस्था नै यस्तै हो । जहाँ क्रमशः एउटा राजदूत हुनका लागि सचिवहरू जसरी आयोग पास गरेर अनि क्रमशः पदोन्नती हुँदैहुँदै सचिवसम्म पुग्दा खेरी त्यो सचिवलाई मन्त्री मान्ने हो भने के हुन्छ ? मन्त्रीले केही पनि काम गर्दैन । मन्त्रीको काम नि विचरा यत्रो धेरै पढेर, अध्ययन गरेर, चुनावमा पैसा खुवाएर सारा थोक गरेर जाबो एउटा पियनको जागिर खुस्काइदिने त्यसको शक्ति के । मैले पियनलाई जाबो भनेको होइन । मैले मन्त्रीको कामलाई जाबो भन्दैछु । 

 

यो देशको मन्त्री र प्रधानमन्त्रीको एउटै लक्ष्य हुन्छ, मन्त्री प्रधानमन्त्री बनेर मानिसहरूको सरुवा गर्ने, बढुवा गर्ने, आफ्ना मान्छेहरू ल्याउने । एउटा सामान्य पियनको काम गरिरहेको व्यक्तिलाई आफ्नो सरकार आएपछि हटाउने । यत्रो सार्वभौम शक्ति पियनको जागिर खुस्काउन प्रयोग हुन्छ । पियनले पनि घुस दिन नसकेपछि जागिर खुस्केका धेरै घटनाहरू छन् । हामी कहाँ किन छानबिन हुँदैन । अब यसमा आउँ । जुन सचिव मन्त्रालयमा नियुक्त हुन्छ उसले मन्त्रालय चलाउँछ । उसैलाई मन्त्री मानिदिए के फरक पर्छ । यी मन्त्रीहरू किन चाहियो । अमेरिकातिर हामी विदेशमन्त्री भन्छौँ नि तिनीहरू मन्त्री होइनन् । तिनीहरुलाई मन्त्री भनिदैन । त्यो भनेको ‘फरेन सेक्रेटरी फर दि प्रेसिडेण्ट अफ दि युएस’ हो । हामीले यहाँ समाचार अनुवाद गर्दा सोझै उल्लेख गर्ने हुदाँ त्यस्तो भनिएको हो । हाम्रो देशमा विज्ञताभन्दा पनि मन्त्रीले नियन्त्रण गर्न खोज्ने वा सचिवसँग मिलेर खान खोज्ने अवस्था रहेको छ । अस्तिको घटनाले पनि देखायो कि कुन नेताको भ्रष्टाचार लुकाउन कुन आयुक्त लागि परेका थिए । आयुक्तहरूको काम नै त्यही हो । विश्वका अन्य ठाउँमा अम्बुड्सम्यान भन्छ । यो ‘अम्बुड्सम्यान’ भनेको लोकतन्त्रको पिलर हो । लोकतन्त्रमा यस्ता गडबडी भयो भने उक्त संयन्त्रले नियन्त्रण गर्ने काम गर्छ । त्यो नियन्त्रण गर्ने ठाउँमा कस्ता मानिसहरू पुग्नु पर्ने । अध्ययन गरेर अनुसन्धान गरेर तलैदेखि अनुभव लिदैँलिदैँ, उनीहरूले पनि गल्ती गरे भने सांसदले हटाउनु प¥यो उनीहरुको बहुमतबाट । 

 

पूर्व अख्तियार आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की, उहाँ त लोकसेवा आयोगको एकअक्षर नपढी आयुक्त बन्दा ती लोकसेवा आयोग पढेर आउने मानिसहरूको परिश्रमलाई कसरी मुल्यांकन गर्ने । उनलाई ज्ञानेन्द्रले नियुक्त गर्दा हामीले मान्नु नपर्ने रे, यिनै दलका प्रमुख नेताहरूले उनलाई बनाए त ?

 

आफ्नो कुनै पेशा छैन । कुनै व्यवसाय छैन । कुनै क्षेत्रको उ विज्ञ होइन । उसले जीवनमा कविता नै लेखेर पनि कहीँकतै एक रुपैयाँ पाएन । उसले आफ्नो अनुभव बाँडेर एक रुपैयाँ कमाउने हैसियत राखेन । नेताहरूले खाने एक गाँस खाना पनि आफ्नो कमाइले खाएको छैन । आफ्नो कमाइ छैन यिनीहरूको । यिनको जिजुबाजेको पनि धेरै सम्पत्ति देखिदैँन । यी नेताहरूले केही काम नगरेपछि यिनीहरूको सम्पत्ति घट्दै जानु पर्नेमा कुनै पनि विजनेश गर्नेहरूको भन्दा धेरै नै बढेको देखिएको छ । यो भयो कसरी ? अनि यिनीहरूलाई हामीले राजनीति गरेको छ भनेर मन्त्रालयको जिम्मा दिने ठेक्का लिनुपर्ने ।

 

अब हामीलाई विज्ञहरू नै चाहिन्छ । यस्ता मन्त्रीहरू हामीलाई चाहिँदैन । कुनै विभागमा बसेर दशकौँसम्म काम गर्छ भने त्यो विज्ञ हो । नेपालको सन्दर्भका किसान एउटा कृषि इन्जिनियर हो । पढेका मान्छेहरू नै ल्याउने । तर, देशमा नपढेका मानिसहरूले भ्रष्टाचार गरेका छैनन् । पढेलेखेकाले मात्रै गरेका छन् भ्रष्टाचार । 

 

एउटा विज्ञापन आउँछ– भ्रष्टाचारविरुद्ध चेतना जगाउँ भन्ने । खनखन्ती गनेर पैसा लिएको छ सचेत अवस्थामा त्यसलाई के चेत आउने ? त्यसलाई त कारबाही गर्ने हो नी । हामीले सर्वोच्च अदालतमा नीतिगत भ्रष्टाचारहरूविरुद्ध मुद्दाहरू दायर गर्दै आइरहेका छौँ । 

 

राजनीतिक शक्ति आर्जन गर्न तपाईंले मिडिया स्टण्ट गरिरहेको र एक खाले प्रोपागाण्डा गरिरहेको आरोप पनि लागेको छ ? के भन्नु हुन्छ ? 

मिडिया स्टण्ट नि मैले ‘पहिला राइट टु रिजेक्ट’को रिट दायर गरेपछि मात्र मिडियाले लेखेको हो कि पहिला मिडिया बोलाएर त्यो गरेको हो । देशैभरी हामी गएर, सडक–सडकमा सुतेर, गाडीमा आफैँ ग्याँस चुल्हो, चामल टेन्ट, स्लिपिङ ब्याग बोकेर बिना पैसा हामी देशैभरी जनतालाई यो कुरा भन्दैभन्दै चोकचोकमा कोणसभा गर्दै जहाँ साँझ पथ्र्यो त्यही हामी बास बस्थ्यौँ । त्यसरी हामीले अभियान चलाएर फर्कियौँ । यो त हामी भन्दै हिँडेको हो । बोलाएको हो र ।

 

अहिले हामीले पूजा बाहोराको मुद्दा भनौँ, बुबा र हजुरबुबाले बलात्कार गरेको घटना, गोदामचौरको मुद्दा भनौँ, बलात्कार भएर डेढ वर्षसम्म लाश पनि नउठेको अमृता नेपालीको मुद्दा भनौँ, लगायतका धेरै मुद्दामा हामीले नै रिट दायर गरेर काम गर्दै आइरहेका छौँ । यो कसरी मिडिया स्टण्ट हुनसक्छ ? हामीले उठाएका केही मुद्दा सुनिसकेपछि मिडियाले हामीलाई नै पाखा लगाउने काम गरेको छ । यो अभियानले प्रष्ट भनेको छ– यो देशमा वैदेशिक हस्तक्षेप भिœयाउने पहिलो माध्यम मिडिया हो । विदेशीका पहिलो एजेन्टहरू सञ्चारकर्मीहरू हुन् । तत्कालिन मेहन्द्र राजाको पालामा नेपालको अहित हुने गरी समाचार लेख्ने विदेशी सञ्चारकर्मीहरूलाई देश निकाला गरिएको थियो ।   

 

नेपालमा देखिदेखि देश टुक्राउँछु भन्नेलाई, कहिले टुक्राउनु हुन्छ त जस्ता प्रश्नहरू गर्ने ? नेपाल मात्रै यस्तो देश हो जहाँ छिमेकी देशको स्वतन्त्रता दिवसको विज्ञापन छापिन्छ । हाम्रो देशको पत्रिकाले खुशी मनाउँछ । अर्थात् हामीलाई उसको प्रान्त हो भन्ठान्छ । जनतामा यही सन्देश दिइन्छ । दौत्य सम्बन्धको विषयमा खुसयाली छाप्न पाइन्छ । यो अभ्यास वासिङटन पोस्टले पनि गरेको थियो । विदेशी स्वाधीनता स्वतन्त्रता विषयमा विज्ञापन छापेपछि परराष्ट्र मन्त्रालयसँग के कति अनुमति लिएर विज्ञापन छाप्यो ? अर्को, देशको राजदूत कहिले मुस्ताङमा पुगेर विद्यालय उद्घाटन गरिराखेको हुन्छ, कहिले सप्तरीमा गएर एम्बुलेन्स बाँडिरहेको हुन्छ । नेपालको यो कार्यक्रम हेर्ने व्यक्तिहरूले जो राजदूत हुनुहुन्छ ? एकपटक सम्झिदिनुहोस् ।

 

विदेशमा राजदूत भएर काममा जाँदा आफु बसेको सहरबाट बाहिर जाँदा खेरी त्यो देशमा पहिला अनुमति लिएपछि कन्र्फमेशन रिपोर्ट आएपछि मात्र उनीहरूलाई अन्य ठाउँमा जाने अनुमति हुन्छ । नेपालमा आएका विदेशी राजदूत विभिन्न स्थल गएको परराष्ट्र मन्त्रालयलाई थाहै हुँदैन । त्यही कुरा हाम्रा सञ्चारकर्मीहरूले विशेष महत्वका साथ प्रस्तुत गर्ने गर्छन् । सञ्चारकर्मीले राजदूतलाई तपाईं परराष्ट्र मन्त्रालयको अनुमति लिएर आउनु भएको हो कि होइन भनेर प्रश्न किन गर्न नसक्ने ? यो प्रश्न गर्ने हामी हिम्मत राख्छौँ ? अनुमति नलिईकन जाने राजदूतलाई ब्ल्याक आउट गर्नुपर्छ । यो हस्तक्षेप हो । 

 

नेपाली राजनीतिक व्यवस्थाको चरमा बसेका पुराना नेताहरू हरेक क्षेत्रमा हावी रहेका छन् । के स्वागत नेपालको गर्जनले हच्काउन सक्ला त ?  

अहिलेको व्यवस्थालाई अर्को भाषामा ‘जिरिन्टोक्रेसी’ पनि भन्छ । अर्थात् बुढाबुढीतन्त्र । यो तन्त्रमा के देखिन्छ भने म त १७ वर्ष जेल बसेको, म यति वर्षका भए, संगठित सदस्यता लिएको यति वर्ष भयो ? यस्ता कुरा हाबी देखिन्छ । 

 

पञ्चायत कालमा नेपालमा प्रधानमन्त्री बनेका नेताहरू ३१ वर्षदेखि ३९ वर्षभित्रका थिए । एकजना कृतिनीधि विष्ट मात्र ४३ वर्षका थिए । सन् १९९० यता नेपालमा बुढाबुढीतन्त्र सुरु भयो । यति वर्ष जेल बसेको यसकारण मेरो यति योग्यता छ । यतिवटा मुद्दा लागेको, त्यसकारण मेरो यति योग्यता छ । यति हत्या गरेको त्यसकारण मेरो यति योग्यता छ । यतिवटा भ्रष्टाचारको मुद्दा परे पनि घुस खुवाएर आफ्नो पक्षमा फैसला पार्न सकेको, त्यसकारण मेरो योग्यता छ । 

 

टिकट पाउन पनि घुस खुवाउनु पर्ने व्यवस्था हो यो । पार्टीहरूले गरेको कुरा पनि वर्गिय संस्थाहरूमा पनि देखिएको छ । गुण्डागर्दी, पैसाको भरमा चुनाव जित्ने व्यवस्था हो यो । जुन समृद्धिको कुरा गरेर ६ प्रतिशतको आर्थिक वृद्धिदरको नारा लगाइएको छ त्यसको रहस्य अर्कै छ । यो आर्थिक वृद्धिदर युएनडिपीले बनाइदिएको हो । 

 

पञ्चायत कालमा राजपरिवार खर्चका लागि दैनिक १५ लाख खर्चै छुट्टाइएको थियो । दैनिक १५ लाख बुझ्ने राजाको र सडकमा बटुवा थाप्ने व्यक्ति एउटै औसतमा पर्ने हो । यो तथ्याङ्क भ्रमपूर्ण छ । यो कसरी निकालिन्छ त्योबारे जनताले बुझ्नु आवश्यक छ । नेपालका धनी विनोद चौधरी र आज खाना नपाएका नेपालीलाई समतुल्यका आधारमा त्यो अंकलाई विभाजन गर्ने हो भने कति हुँदो रहेछ भन्ने हिसाब हो यो । कमाउन चाहिँ केही मुठ्ठी भरकाले कमाएका हुन्छन् । तर, सबै नेपालीको जनसंख्यालाई लिएर निकालिएको तथ्यांक हो यो । यो हाम्रो भागमा आएको तथ्यांक होइन । आर्थिक वृद्धिदर बढ्यो भनिरहँदा तपाईंको दैनिक जीवनमा परिवर्तन आएको छ कि छैन त्यो बुझ्न आवश्यक रहेको छ ।

 

 

चुनावबाट चुनिएका नेताले गरेको कार्यशैलीले नेपाली जनताहरूले दुःख पाइराखेका छन् ? हामी कहाँ चुक्यौँ ? 

अलि बढी इमान्दार चोर र अलि कम इमान्दार चोरमध्ये अली बढी इमान्दार चोरलाई हामीले छान्ने काम ग¥यौँ । राणाशासन अन्त्य भइसकेपछि प्रधानमन्त्री मोहन शमशेर थिए । पञ्चायतमा बनेका मन्त्री तथा प्रधानमन्त्री नै प्रजातन्त्रमा पनि शक्तिमा नै रहे । गणतन्त्रमा समेत रहे । व्यवस्था परिवर्तन भयो । पञ्चायतमा रहेका तिनै नेताले हामीमाथि शासन गरे । सांसदको खरिद बिक्री गरेर जनताको बहुमत नभई सांसदको बहुमतबाट  सरकार बनाउने र मिलीजुली सबैले खाने ।

 

जम्मा यो अल्पमतको शासन हो । हामी स्वल्पतन्त्रमा छौँ । यति धेरै व्यवस्था परिवर्तन भएर पनि हामी कहाँ चुक्यौँ भन्ने प्रश्न अहिले गरिहाल्ने अवस्था रहेको छैन । नेपालमा व्यवस्था परिवर्तन नै भएको छैन । नेपालमा राजनीति नै भएकै छैन । यो राजनीति होइन । राजनीति यस्तो हुँदैन । राजनीतिमा दर्शन हुन्छ । राजनीतिमा अध्यात्म हुन्छ । राजनीति समाज सेवाको माध्यम हो । तर, राजनीति आज व्यापार भएको छ । र, राजनीति गर्ने मान्छेहरू यिनीहरू राजनीतिज्ञ होइनन् । यिनीहरू नेता होइनन् । यिनीहरू व्यापारी हुन् । नेपाललाई एउटा हाट बजार बनाउने काम भएको छ । यहाँ सबै आयोजनाका पदाधिकारीहरू बिक्री हुन्छन् । समानुपातिक पद बेचिन्छ । राजदूत पद बेचिन्छ । बिक्री गर्न बसेका नेताहरू पदको मोलमोलाइ गर्छन् । अहिलेसम्मको शृङ्खला त्यही नै हो । २०४६ साल अघिको व्यवस्था अन्त्य गर्न धेरै जनाको ज्यान गयो । नयाँ ल्याइएको व्यवस्था विश्वमै उत्कृष्ट मानिएको थियो । त्यो पनि अन्त्य गर्न प्रचण्ड, केपी ओली लागिपरे । यो व्यवस्था परिवर्तन गर्दा मेरा तीनजना दाजुहरूले पढ्न पाउनु भएन ।

 

वि.सं. २०२८ सालको क्रान्ति पछि जेल परेर वा विभिन्न कारणले उहाँहरूले पढ्न पाउनु भएन । मेरो अवस्थामा पनि त्यस्तै माहौल रह्यो । विभिन्न व्यवस्थाका नाममा हामीलाई शासन गर्ने र परिक्षण गर्ने यीभन्दा अन्य ठूलो ठग कोही हुन सक्दैन । कहिले त्यही व्यवस्था ठिक र कहिले त्यही व्यवस्था बेठिक भन्दै हामीलाई भुलाउने व्यक्तिहरूलाई म सोझै ठग भन्छु । कानुनको सही र उन्नत व्याख्या गर्ने हो भने यी सबै मन्त्री तथा नेताहरूलाई ठगीको मुद्दा लाग्छ । आन्दोलन धेरै भएपनि नेपालमा सही मानेमा व्यवस्था परिवर्तन भएको छैन । संसारमा जति पनि व्यवस्थाका स्वरुप छन्, तीमध्ये नेपालमा आउन बाँकी र प्रयोग हुन बाँकी छ त्यो नै साँचो व्यवस्था परिवर्तन हुनेछ । ५१ प्रतिशत जसले ल्याउँछ उसले मात्र सरकार बनाउनेछ । सांसदहरू मन्त्री प्रधानमन्त्री हुन नपाउने व्यवस्था । ‘राइट टु रिजेक्ट’को व्यवस्था । चुनावमा गर्छु भनेको काम नगरेमा फिर्ता बोलाउने अधिकार । सबैभन्दा महत्वपूर्ण नेपालमा दुई दलिय व्यवस्था । यहाँ धेरै दलहरू भए । अब स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्ने । यसो गर्न सकेमा देशका लागि १० वर्षको बजेट निस्किन्छ । अहिले नेपालमा दुई दलिय व्यवस्था जस्तो देखिएको छ । तर, त्यसो होइन । दुई दलिय व्यवस्थामा के हुन्छ भने ५१ प्रतिशत भोट जुन दलले ल्याउँछ त्यो सरकारमा रहन्छ । बाँकी ४९ प्रतिशत ल्याउने पार्टी प्रतिपक्षमा रहन्छ । यो व्यवस्था संविधानमा नै लेखेर ल्याउन सक्नुपर्छ । 

 

स्वतन्त्र राष्ट्रिय अभियान नेपालको तर्फबाट अन्तिममा केही भन्न चाहनुहुन्छ ?

स्वतन्त्र राष्ट्रिय अभियान नेपालको तर्फबाट सबैभन्दा मुख्य कुरा तपाईं कुनै पनि अन्यायमा पर्नुभएको छ, बलात्कारविरुद्धको, मानवअधिकार विरुद्धको, अभिव्यक्ति स्वतन्त्रताको सवालमा अंकुश लगाइएको कुनै घटना छन् भने हामी तपाईंलाई सहयोग गर्न सक्छौँ । निःशुल्क रुपमा । तपाई जुनसुकै पार्टीमा रहनुहोस्, कुनै पनि नेताको नजिकको मान्छे भएको अवस्था होस्, एकपटक आर्दश होइन गम्भिर भएर सोचिदिनुहोस्, के हामीले भोगिरहेको व्यवस्था लोकतन्त्र हो, गणतन्त्र हो । यदी होइन भने हामी त्यस्ता व्यक्तिहरूलाई आवहन गर्न चाहन्छौँ जो अहिलेसम्म कुनै पनि दलको सिफारिसबाट लाभको पद धारण गरेका छैनन् । पार्टीमा लागेका कारण लाभको पद धारण नगरेका गोलबद्ध हुन्, एक हुन, हामीसँग सम्पर्कमा रहन आह्वान गर्छौँ ।

 

 

 

 


थप समाचार

सुनको मूल्य घट्यो

  • 1 minute ago
सुनको मूल्य घट्यो

काठमाडौं । लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ । शनिबार प्रतितोला रु ७१ हजार ५०० मा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार कायम भएको ने

अध्ययन कोठामा कुन भगवानको तस्बिर राख्ने ?

  • 8 minutes ago
अध्ययन कोठामा कुन भगवानको तस्बिर राख्ने ?

एजेन्सी । यदि बच्चाको पढाइमा मन नजाने, पढेको कुरा याद नहुने भएमा सबै दोष बच्चाको मात्र हुँदैन । त्यसमा वास्तु दोष पनि हुन सक्छ । वास्तु दोषको कारणले घरको वातावरण नकरात्मक हुन्छ । यसका लागि अध्ययन कोठा

विवाहमा डरलाग्दो आत्मघाती बम बिस्फोट, ६३ जना मारिए, १८२ जना घाइते

  • 13 minutes ago
विवाहमा डरलाग्दो आत्मघाती बम बिस्फोट, ६३ जना मारिए, १८२ जना घाइते

काबुल । युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार राति भएको बम बिस्फोटनमा ६० जनाभन्दा बढी मारिएका छन् ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

अध्ययन कोठामा कुन भगवानको तस्बिर राख्ने ?

अध्ययन कोठामा कुन भगवानको तस्बिर राख्ने ?

एजेन्सी । यदि बच्चाको पढाइमा मन नजाने, पढेको कुरा याद नहुने भएमा सबै दोष बच्चाको मात्र हुँदैन । त्यसमा वास्तु दोष पनि हुन सक्छ । वास्तु दोषको कारणले घरको वातावरण नकरात्मक हुन्छ । यसका लागि अध्ययन कोठामा यी उपायहरु अपनाई उक्त दोष हटाउन सकिन्छ ।

विचित्र विश्व

यी हुन् विश्वकै सर्वाधिक महँगा लिपिस्टिक

यी हुन् विश्वकै सर्वाधिक महँगा लिपिस्टिक

एजेन्सी । महिलाले प्रयोग गर्ने सामाग्रीहरुको बजारमा मुल्य फरक फरक छन् । त्यो पनि ब्राण्ड अनुसार मुल्य निर्धारित हुन्छ । युवतीहरुले सबैभन्दा बढी प्रयोग गर्ने सौन्दर्यको सामाग्री हो लिपिस्टिक ।