ISMT

HUB Education

'याे सरकार आफुले भन्दा पनि भारतीयहरुबाट नेपाल चिनाउन चाहन्छ'

Education Park

 

Kathmandu Trade Show

 

विगत एक दशकदेखि भ्रष्टाचारविरुद्ध अभियान चलाइराखेका व्यक्ति हुन् स्वागत नेपाल । पछिल्लो समय उनी भ्रष्टाचारविरुद्ध देश दौडाहमा रहेका छन् । खरो बोल्ने उनको स्वभावका कारण बेलाबेलामा उनी विवादमा पनि तानिने गरेका छन् । पछिल्लो समय सरकारले गरेका निर्णय एकपछि अर्को विवादमा परिरहेका छन् । यसै विषयमा आधारित रहेर अधिवक्ता तथा अभियानकर्ता स्वागत नेपालसँग नेपालीपत्रका लागि रवि अधिकारीले गरेको कुराकानीः 

 

पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी विश्लेषण गर्नुहुन्छ ? 

पहिलो कुरा त, यो राजनीतिक नै होइन् । यो अराजनीतिक हो । नीति नभएको कुरालाई कसरी राजनीति भन्ने ? मानिसहरुले यहाँ असुल उपर गर्न खोजिरहेका छन् । यो बार्गेनिङभित्रको मात्र होइन, अन्तराष्ट्रिय बार्गेनिङ पनि हो । हामी अहिले देखिरहेका छौँ, जसले नाकाबन्दीको सबैभन्दा धेरै विरोध गरेको थियो आज उसले नाका खोलेर नेपालमा विषादी खाना खुवाउन आफुले नै नेतृत्व लिइरहेको छ । 

 

विषादीयुक्त फलफुल तथा तरकारीहरु योभन्दा अगाडि सरकार आफैँले राजपत्रमा सुचना प्रकाशित गरेरै  अबदेखि तरकारी र फलफुलमा विषादी छ कि छैन परीक्षणपछि मात्रै नेपाल ल्याउनु भनेर जारी गरेको सुचनालाई अब उप्रान्त त्यो सुचना लागु नहुने भन्दै घोषणा गर्यो । नाकाबन्दीको विरोधको अर्थ के थियो ? मुलुक टुक्राउने भन्दै राजेन्द्र महतोलाई गाली गर्नुको अर्थ के थियो ? सिके राउतको गतिबिधिहरु, फेरि पनि उनीहरुको आधिकारीक साइटमा देश टुक्राउने चाहने विश्वव्यापी संघसंस्थाहरुको सदस्य बनिरहेका छन् । त्यसकारण राजनीति यस्तो हुँदैन । राजनीतिले राष्ट्र, राष्ट्रियता, जनतालाई केन्द्रमा राख्छ । राजनीतिले तिनको सेवा गर्छ । योप्रतिको मुल्यांकन दुःखद छ । 

 

सरकारले गरेको अधिकांश निर्णय विवादित हुनुलाई के भन्नुहुन्छ ? 

सरकारले आफ्नो दृष्टिकोण प्रष्ट बनाउन सकेको छैन । नेपाललाई विश्वमा चिनाउनका लागि सरकारले सगरमाथाबाट सक्दैन । सरकार नेपाललाई बुद्धको देश भनेर विश्वमा चिनाउन सक्दैन । विश्वकै सबैभन्दा धेरै डिमाण्डमा रहेको आँखाको इन्ट्राअकुलर लेन्स उत्पादन गर्ने देश नेपाल हो । नेपाल अहिले संसारको सबैभन्दा महँगो लोक सल्ला पातको झोलबाट क्यानसरविरुद्धको औषधि २३ हजार प्रति अमेरिकी डलर पर्छ त्यो उत्पादन गर्ने देश हो । नेपाल अहिले विश्वकै उच्च हिमाली भेगमा पाइने महँगो भोटे कुकुर उत्पादन गर्ने देश हो । नेपाल अहिले विश्वकै जुनसुकै देशमा तरकारीको विउ उत्पादन गर्ने देश हो । नेपाल अहिले विश्वकै अग्लो सगरमाथामा पाइनले ढुंगा राखेर घडी बनाउने देश हो । नेपाल अहिले विश्वमै सबैभन्दा धेरै डिमाण्ड हुने अर्नामेन्टका लागि आवश्यक स्टोन उत्पादन गर्ने देश हो । नेपाल एक दानो रूद्राक्ष चालिसौँ लाखमा बिक्रि गर्ने देश हो । नेपाल धानको नरुवाबाट अष्ट्रेलियाको राइस पेपरमा प्रयोग भइराखेको छ । 

 

यति धेरै कुरामा नेपालले फड्को मारेको छ यो नयाँ पुस्ताले गरेको हो । तर, नेपाली राजनीतिमा बुढाबुढी तन्त्र रहिरह्यो । अहिलेको सरकार आफ्नो भन्दा पनि भारतीयहरुबाट नेपाल चिनाउन चाहन्छ । फेरि त्यस्तो पर्यटक जो हामीले चढ्ने २ लाखको बाइक उनीहरु जम्माजम्मी ४० हजारमा चढ्छन् । तिनले चार लाखमा चढ्ने गाडी हामी ३२ लाखमा चढ्छौँ । तिनीहरुहो मगन्तेको जनसंख्या हाम्रो जनसंख्याभन्दा कहियौँ गुणा बढी छ । नागरिक त मगन्ते त छदैछन् सरकार पनि मगन्ते छ । कहिले हामीसँग खोला नाला माग्छ त कहिले एयरपोर्ट माग्छ । कहिले हामीसँग हाम्रा स्रोतसाधहरु माग्छ । सरकारदेखि नागरिकसँग मगन्ते भएको देशसँग हामीले पर्यटकहरु खोजिरहेका छौँ । जो नेपाल आउँदा किट्ली, सातो बोकर आउँछन्, बाटोमा बास बसेर आफैँ त्यही किट्लीमा चिया पकाएर सडकमा चिया र पाउरोटी खान्छन् उनीहरु नेपालका पर्यटक हुनसक्छन् रे । अचम्म लाग्दो कल्पना छ । 

 

हाम्रो दृष्टिकोण के हुनुपथ्र्यो ? भुटान मोडलबाट पनि केही सिक्न सक्छौँ । भुटानले अढाइ डलर खर्च गर्न सक्नेलाई मात्र देशमा प्रवेशाज्ञा दिने नियम बनाएको छ । अझ भारतीयहरु नेपालको पशुपतिनाथको दर्शन नगरीकन मरे भने तिनीहरु जन्मिएको कुनै अर्थ नहुने टिप्पणी पनि रहेको छ । त्यसकारण नेपाल आएनन् भने हामीलाई घाटा छैन । हामीले नेपाल आउनेलाई यति डलर खर्च गर्नैपर्छ भन्ने नीति बनाउनपर्छ । यस्ता दृष्टिकोण ल्याउन पथ्र्यो । हाम्रो आफ्नो दृष्टिकोण छैन । सरकार भने सम्पुर्ण रकम खर्च गरेर आइफा अवार्ड गर्न प्रयास गरिरहेको छ । त्यसमाथि सरकार हावादारी कुरा गर्दै आइफा अवार्ड आयोजक देशले सम्पुर्ण खर्च व्यहोरेर गर्दै आइरहेको बयान दिने गर्छन् । यो सरकारको प्राथमिकताको विषय हुँदै होइन् । 

 

मिडिया विधेयक, आइफा अवार्ड विवाद, विषादी परीक्षणबाट पछि हट्नु जस्ता घटना क्रमले यो सरकारप्रति थप अविश्वासको वातावरण बनेको भन्छन् नि ? के भन्नुहुन्छ ? 

नेपाली समाजमा मन्त्रीहरुले गर्ने काम नै भएको छैन । जनताको अपेक्षा उनीहरुको वैयक्तिक जीवनमा आउने गुणात्मक परिवर्तन आउनु थियो ।  यो सरकारले त्यो अपेक्षा पुरा गर्न सकेन । हामीले देश सुहाँउदो सिर्जनशिल कार्यहरु गर्न सकिरहेका छैनौँ । अरु देशहरुले जे जे गर्यो त्यसैको पछि दौडिरहेका छौँ । त्यस्तैबाट पयर्टकहरु बढाउन खोज्ने । हाम्रा आफ्ना तरिकाहरुतिर खोजी नगर्ने । यसमा अध्ययन अनुसन्धान गर्ने धेरै मानिसहरु रहेका छन् ती मानिसहरुले जीवनभरी गरेका पिएचडीहरु, उनीहरुले तयार पारेका आफ्ना आइडियाहरुलाई बुझ्ने प्रयन्तै भएन । भाषणमा मात्रै लोकप्रियता खोज्ने प्रवृत्ति, जनताहरुले के चाहिरहेका छन् यो बुझ्नै नखोज्नु यसकारणले बिग्रिएको छ । अमेरिकाबाट अध्ययन गरेर आउने नेपालमा अमेरिकाकै एजेण्डा सेट गर्न खोज्ने, जापान पढेर आउनेले जापानकै एजेण्डा सेट गर्न खोज्दो रहेछ । माटो सुहाउँदो एजेण्डापछि पर्दा रहेछन् । विदेशीको सिको गर्ने अनि कसरी जनअपेक्षाको सम्बोधन हुन्छ ? 

 

प्रधानमन्त्री के पी ओलीको दोष छैन, प्रचण्डको दोष छैन । दोष यो व्यवस्थाको हो । यो व्यवस्थामा राम्रो गर्न चाहेर पनि हुँदैन । चुनावमा गरेको लगानी उठाउनै पर्ने भएपछि यो व्यवस्थामा सुव्यवस्था कसरी पाउन सकिन्छ । 

 

सरकारले आइफा अवार्डलाई यति धेरै प्राथमिकतामा किन राख्दैछ, जनताको स्वास्थसँग प्रत्यक्ष सम्बन्ध रहेको विषदी परीक्षण भारतको दबाबपछि पछि हटेको छ ? यसलाई कसरी बुझ्नु भएको छ ?

यो नेपाल सरकार नाम मात्रको नेपाल सरकार हो । सरकार भारतको एजेन्ट हो । योभन्न मलाई कत्ति पनि हिचकिचाहट छैन । 

उसले भारतीय फिल्मको प्रमोशन गर्ने जिम्मा लिएको छ । प्राइभेट कम्पनी विजक्राप्ट इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनीलाई जुन देशमा सार्वजनिक खरिद एन छ, त्यो एक्ट भएको देशमा प्रा लि लाई सरकारको कोषबाट रकम दिन मिल्दैन । दिने नै हो भने सेवा वा वस्तुलाई प्रतिस्पर्धाका आधारमा दिने नियम रहेको छ । सोझै नेपाल सरकारले संयोजन गरेर दिन भने मिल्दैन । यो सबै प्रपन्च भारतीय फिल्मको प्रमोशन गर्नु नै हो । गर्नै हुन्न भनेको होइन । तर, नेपालको राज्यकोषबाट एकरुपैयाँ पनि खर्च नहुने गरी गरौँ । हाम्रा नेपाली कलाकारहरुको अवस्था कस्तो छ यसबारे सरकारले कहिल्यै बोलेको छैन । पारिजातले उचित उपचार नपाएर मृत्युवरण गरिन् । गोपाल भुटानीको कथा उस्तै छ । उनले जीवनभर नेपाली कला संस्कृतिको प्रचार गरे तर, नेपाली नागरिता नपाइ मृत्यु अँगाले । ठीक छ विदेशीलाई नागरिकता दिनुहुँदैन । तर, विदेशीलाई खर्च पनि किन गर्ने ? 

 

विषादी परीक्षण गर्ने मेसिनहरु किन्नका लागि पैसा नभएकाले बरु विषादी सहिदको नेपाल ल्याएर खाउन् भनेर मन्त्री परिषद्ले आफैँ निर्णय गर्यो । यसरी विषादी परीक्षण गर्ने मेसिन पनि किन्ने नसक्ने हालतमा आइफाका लगानी गर्ने सरकारी निर्णयलाई के भन्ने ? 

 

 कतिपय चेलीबेटीहरुका गर्भावस्थामा भ्रुण तयार भइरहेको भविष्यको नागरिक गर्वभित्र हुर्किरहेको छ । त्यसलाई गभर्खभित्रै अपांग बनाउने भयो । सरकारको यो निर्णयले । भोलिको नेपाली नागरिक गर्भबाटै अपांग भएर जन्मिदैछ । यो सरकारले अपांग जन्माउँदैछ । पैसा नभएर हामी यो हालतमा छौँ  अनि हामी अबैँ रकम विदेशीको फिल्म प्रचार गर्न खर्च गरिरहेका छौँ ।

 

यसबारे विरोध पनि भयो । सरकारले यस्ता विरोधहरुलाई ध्यानाकर्षणमा लिएर, जनताको इच्छा बमोजिम सम्बोधन गरेर त्यस्ता निर्णयहरुबाट पछि हट्न पनि सक्नुपर्छ । यो जनताकै हितका लागि हो । यो तपाईहरुको माग अनुसार सही गर्यौ भन्नु हुन्छ होला भनेको त उहाँ अति नै केटाकेटी पाराको जबाफ दिनुभयो । गैर संसदिय । संसदीय समितिले  संसदिय व्यवस्थामा सरकारलाई निर्देशन दिन सक्छ । उहाँले संसदीय व्यवस्थामाथि नै धावा बोल्नुभयो । उहाँले संसदको मानहानी गर्नुभयो ।  अहिलेको व्यवस्था अनुसार संसदको मानहानी गर्नेलाई सोझो सोझो हतकडी लाग्छ । संसदको मानहानी गर्नेलाई पक्राउ गरेर कारबाही गर्नुपर्छ । 

 

आइफा अवार्ड गर्दैमा देशमा ठुलो संख्यामा पर्यटकहरु भित्रिन्छन् त ? सरकारको यो भ्रम हो कि आशा ? 

यो शतप्रतिशत भ्रम हो । जसलाई हामीले सम्पुर्ण खर्च व्यहोरेर ल्याउँछौँ र उनीहरुकै पर्यटकहरु भित्रिन्छन् भन्नु भ्रममात्रै हो । यति धेरै मुर्ख पनि हुनुहुँदैन । श्रीलंकाले आफैले खर्च गरेर आइफा अवार्ड सञ्चालन गरेको थियो । उसले जति अपेक्षित गरेको पर्यटकको संख्या वृद्धि हुन्छ भनेको ठानेको थियो त्यसको २९.२५ प्रतिशतमात्रै श्रीलंकाले प्राप्त गर्न सक्यो । श्रीलंकाले अत्यन्त नराम्रो निर्णय गरिएछ भन्दै अहिलेसम्म पनि पछुतो मानिरहेको छ । 

 

नेपालमा यसअघि भारतीय कलाकारहरु आउँदा भएका घटनाहरु पनि उत्तिकै रोेचक छन् । जुही चावला नेपालमा आउँदा उनले सडकमा माक्स लगाएर नेपाल कोही पनि नआउनु भन्दै प्रचार गरिन् । नेपाल काठमाडौँ मात्रै हो र ? उनले उक्त फोटो राखेपछि नेपालबारे नकरात्मक असर पर्न गयो । भारतीय कलाकारले नेपालबारे राम्रो प्रचार गरेको कहिले पाएका छौँ ? राम्रो देखाएको केहिले देखेका छौँ ? स्वभावः उनीहरु हामीप्रति नेगेटिभ छन् । यदी नेपालमा आइफा अवार्ड हुने हो भने म निश्चित रुपमा भनिदिन्छु,‘उसले यो त नेपाल नै हो लाग्यो’ भनिदिन्छ । यस्ता हर्कतहरुका कारण नेपालमा धेरै घटनाहरु भएका छन् । त्यस्तै कुनै कलाकारले इण्डियाको यो कुन ठाउँ रहेछ पहिला म यहाँ कहिल्यै आएको थिएन भनिदिनेछ । यो पहिला पनि भएका घटना हुन् । 

 

 

सम्माननिय प्रधानमन्त्री के पी ओली ज्युले यिनै विषयलाई आधार मानेर दिएका अभिव्यक्ति पनि उत्तिकै विवादित छन् । यसो हुनुमा स्वयंम् प्रधानमन्त्रीको गल्ती छ कि उनलाई सुझाव दिने सल्लाहकारहरुको ? 

काठमाडौँको कस्तो स्थिति छ भनेर प्रधानमन्त्रीले सल्लाहकारबाट बुझ्न होइन् । स्थिति कस्तो छ यहाँ माक्स लगाएर हिड्नुपर्छ् भन्ने कुरा, अहिले हिड्न पर्दैन भन्ने कुरा, सल्लाहकारले भनेपछि मात्रै थाहा पाउने रहेछन् भने यस्तो प्रधानमन्त्री चाहिँदैन । यो जनताको प्रधानमन्त्री हुनै सक्दैनन् । अर्को कुनै प्रसंगमा प्रधानमन्त्री कार्यालयमा पुगेको बेला मैले मेरा सहपाठीहरुसँग यसबारे सोधेको थिए । मलाई सोझै भन्नु हुन्थ्यो । म उहाँको नाम लिदिन । स्वागतजी हाम्रो प्रधानमन्त्री ज्युलाई सल्लाहकार नै चाहिँदैन । कति बेला कहाँ के बोलिदिनुहुन्छ हामीलाई नै थाहा हुन्न । हामी त यत्तिकै बसेका मात्र छौ । मसँग सहकर्म गर्ने साथीहरुले यसबारे बोलेका छन् । यति निकृष्टम ढंगले मेरो विरोध गर्नाका लागि माक्स लगाएर हिडेका हुन् भनेर कुनै एउटा बलात्कार भएकी चेलीले सहानुभुति पाउनका लागिमात्रै आफैँ बलात्कृत भएकी हो भन्ने आरोप लगायो भने कस्तो हुन्छ । 

 

सरकारले गरेको निर्णयको पक्षमा वकालत गर्न आफ्ना कार्यकर्ताहरुलाई नै हारगुहार गर्नुपर्ने हो त ? 

जब मानिस आफुप्रति नै विश्वत हुँदैन । आफुप्रति विश्वास नहुने मान्छे संसारकै कमजोर मानिस हो । प्रधानमन्त्रीले गरेका कार्यहरु उहाँकै दलभित्रबाट विरोध हुनु भनेको उहाँप्रति नै उहाँका दलका कार्यकर्ताको विश्वास छैन । पहिला प्रतिकारमा उत्रिनुहोस् भन्नु हुन्थ्यो अहिले भने कम्तीमा मेरो विरोध नगर्नुहोस् भन्न थाल्नु भएको छ । उहाँले प्रतिकार गर्न छोड्नुहोस् भन्न छोडिसक्नु भएको छ । 

 

यसले के देखाउँछ भने प्रधानमन्त्री कति कमजोर हुँदै आउनु भएको छ । उहाँको कमजोरीको यो प्रमाण हो । 

 

यति धेरै विवादित घटनाक्रमहरु बाहिर आइरहेका छन् ? प्रतिपक्ष भने चुप लागेर बसेको देखिन्छ ? प्रतिपक्ष किन यति कमजोर देखियो ? 

यो प्रतिपक्ष नै होइन । अलिअलि प्रतिपक्ष भिम रावल हो । यी सबै दलहरुको प्रवृत्ति एउटै हो । अहिले यी दलहरु खान नपाएका कारण मात्रै खान पाउनेहरुको विरोध गरिरहेका छन् । यो प्रवृत्ति नै यस व्यवस्थामा हाबी हून्छ । त्यस भएका कारण न यहाँ प्रतिपक्ष छ, न यहाँ सत्तापक्ष छ । उनीहरुको प्रवृत्ति भनेकै जसरी भएनी सरकारमा पुग्ने नसके संसदमा फुट ल्याएर सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने हो ।    

 


थप समाचार

रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

  • 3 hours ago
रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

काठमाडौँ । टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासत मै राखेर अनुसन्धान गर्न फेरि पाँच दिनको म्याद थपिएको छ ।

निरन्तर ओरालोतर्फ नेप्से

  • 3 hours ago
निरन्तर ओरालोतर्फ नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से ओरालो लागेको छ । सोमबार उकालो लागेको भन्दा पनि बढी अङ्कले आज नेप्से ओरालो लागेको हो ।

‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

  • 3 hours ago
‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको बलियो सरकारसँग मिलेर नेपालको हितमा आर्थिक लाभ हुने गरी विभिन्न कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिइएकाे छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

काठमाडौं । आउँदो शुक्रबार श्रीकृष्ण जन्माष्टमी रहेको छ । श्रीकृष्णको जीवनका कैयौं यस्ता घटनाहरु रहेका छन्, जुन एकदमै रोचक रहेका छन् र यसको बारेमा सबै मानिसलाई थाहा नहुन पनि सक्छ ।

विचित्र विश्व

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एजेन्सी । स्कटिस काउन्सिल वेस्ट डन्बर्टशायरको एक विद्यालयमा नयाँ शैक्षिक शत्र सुरु हुन भन्दा अघि २५ जुम्ल्याहा बच्चाहरुले भर्ना गरेका छन् । उनिहरु सबैको कक्षा सोमबारदेखि सुरु भएको छ ।