IIMS College

ISMT

HUB Education

पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

  • शुक्रबार, ६ भदौ, २०७६
  • 2 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लन्डन-  काठमाडौँस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले नेपालमा इसाई धर्मावलम्वीहरुको संख्या बढ्दै जांदा पश्चिमा मुलुकहरुमा भने बौद्ध धर्म मान्नेहरुको संख्या बढीरहेको बताएका छन्।

 

बुधबार अल्डरशटस्थित शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी अरुणले अहिले नेपाल संसारमै सबै भन्दा बढी इसाई धर्मावलम्वीहरुको संख्या बढ्दै गएको मुलुक बन्न पुगेको बताए।

 

तर युरोप, अमेरिका आदि मुलुकहरुमा भने चर्चमा जाने मानिसहरुको संख्या घट्दै छ भने बौद्ध  धर्मावलम्वीहरुको संख्या बढ्दै गएको छ।

 

नेपालमा इसाई धर्मावलम्बीहरुको संख्या बढ्दै जानुमा गरीबी र हिन्दु धर्ममा विद्यमान छुवाछुत प्रथा मुख्य रुपमा जिम्मेवार रहेको उनले बताए।

 

“हामीले अरुलाई  दोष दिनु भन्दा पनि पहिले आफ्नै घर भित्र रहेको विकृति लाई हटाउनु पर्यो,” उनले भने। “जुन मुलुक तथा समाज गरीब हुन्छ त्यसले आफ्नो, धर्म, संस्कृति, भाषा, भेष र चेलीबेटीको इज्जत पनि जोगाउन सक्दैन।  त्यसैले हामी छिटो भन्दा छिटो गरीबीबाट उम्कनु पर्दछ।“

 

आफु बुद्धको जन्मस्थल नेपालबाट प्रेम र शान्तिको संदेश लिएर आएको बताउंदै स्वामी अरुणले बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउन संयुक्त राष्ट्र संघमा प्रस्ताव लग्न नेपाल सरकारलाई आग्रह गरे। “अहिले वर्षेनी ८० मुलुकका मानिस हरु ध्यान सिक्न तपोवन आइरहेका छन्। हामीले नेपालको आध्यात्मिक पहिचान विश्वको मानचित्रमा राख्ने प्रयास गरि रहेका छौं ,” उनले भने।

 

भगवान बुद्धको संदेशको बारेमा बोल्दै स्वामी अरुणले यो संसारमा कुनै पनि चिज स्थायी छैन, सबै अनित्य छ भनेर कुनै पनि चिज संग धेरै मोह नगर्न सिकाएको बताए । त्यस्तै दुखको कारण छ र त्यसको निवारणको उपाय पनि छ भनेर बुद्धले निर्वाणको बाटो देखाएको उनले स्मरण गरे। 

 

“बुद्धले पहिलो चोटी सबै मानिस बुद्ध बन्न सक्छन भन्ने बताए । जागरणको यही संदेश नै ध्यान हो,” उनले भने। उनले हरेक दिन एक घण्टा योग, प्राणायाम र ध्यानका लागि छुट्याउन सबैलाइ आग्रह पनि गरे।

 

सो अवसरमा शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रका संयोजक रोहित गुरुङ सबै उपस्थित महानुभाव हरु लाई स्वागत गर्दै बेलायतमा पनि आफ्नो भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्न मन्दिर स्थापना गरिएको बताए। केन्द्रका महासचिव बिक्रम भट्टराईले सबैलाई धन्यवाद दिएका थिए।

 

कार्यक्रममा ओशो क्याम्प युकेका संयोजक स्वामी ध्यान शंकरले शुक्रबारदेखि आयोजना गर्न लागिएको शिविरका बारेमा जानकारी दिएका थिए। स्वामी अरुणको प्रवचन पछि मन्दिर परिसरमै कीर्तन ध्यान पनि गरिएको थियो।

 

आफ्ना निकट सहयोगी स्वामी आनन्द अर्हतका साथ यसैसाता लन्डन आइपुगेका स्वामी अरुणले अगष्ट २३  देखि २६  तारिखसम्म लन्डन नजिकै दे भेयर, ल्यातिमर एस्टेटमा तीन दिवसीय ध्यान शिविर सन्चालन गर्दैछन्।  

 

स्वामी अरुणले गत तेह्र वर्षदेखि बेलायतमा हरेक वर्ष ध्यान शिविरहरु सन्चालन गर्दै आएका छन्।

 

    

 

 


थप समाचार

नेपाल-भारत सिमा विवादबारे के भन्छ चीन ?

  • 4 hours ago
नेपाल-भारत सिमा विवादबारे के भन्छ चीन ?

काठमाडौँ । कालापानीलाई लिएर नेपाल भारतबीच विवाद चलिरहेको बेला छिमेकी देश चीनले मुख खोलेको छ । चिनियाँ विदेश मन्त्रालयले कुटनीतिक रुपमा यो विवाद वार्तामार्फत समाधान गर्न सुझाव दिएको छ ।

यी विवाहहरुमा भएको थियो सबैभन्दा धेरै खर्च !

  • 7 hours ago
यी विवाहहरुमा भएको थियो सबैभन्दा धेरै खर्च !

एजेन्सी । विवाहमा कति खर्च लाग्ला ? सामान्य परिवारले गर्ने विवाह र धनी वर्गले गर्ने विवाहको कुनै तुलना हुन सक्दैन । पछिल्लो समय विवाहमा ठुलो खर्च गर्ने प्रचलन बढ्दै गएको छ ।

राष्ट्रपति हमिदको रुपाकोटमा भव्य स्वागत

  • 7 hours ago
राष्ट्रपति हमिदको रुपाकोटमा भव्य स्वागत

कास्की । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको कास्कीको रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा भव्य स्वागत गरिएको छ । नेपालको राजकीय भ्रमणमा आएका राष्ट्रपति हमिद पोखरा र



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् बच्चालाई कस्तो खानेकुरा खुवाउनुपर्छ ?

थाहा पाउनुहोस् बच्चालाई कस्तो खानेकुरा खुवाउनुपर्छ ?

एजेन्सी । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक तथा नेशनल इन्सिच्युट अफ चाइल्ड एण्ड ह्युमन डेभलपमेन्ट र सेन्ट्रल फर डिजिज कन्ट्रोलले संयुक्त रुपमा गरेका यो

विचित्र विश्व

यी विवाहहरुमा भएको थियो सबैभन्दा धेरै खर्च !

यी विवाहहरुमा भएको थियो सबैभन्दा धेरै खर्च !

एजेन्सी । विवाहमा कति खर्च लाग्ला ? सामान्य परिवारले गर्ने विवाह र धनी वर्गले गर्ने विवाहको कुनै तुलना हुन सक्दैन । पछिल्लो समय विवाहमा ठुलो खर्च गर्ने प्रचलन बढ्दै गएको छ ।