बेलायतमा स्वामी अरुणको ध्यान शिविर सञ्चालन हुंदै

  • सोमबार, २८ साउन, २०७५
  • 5 months ago
  • युके

लण्डन । काठमाण्डौंस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले  विगत वर्षहरुजस्तै यो वर्ष पनि बेलायतमा तीन दिने आवासीय ध्यान शिविर सन्चालन गर्ने भएका छन् ।

 

उनी यही अगष्ट २१ तारिखका दिन लण्डन आइपुग्दै छन् ।आफ्ना निकट सहयोगी स्वामी आनन्द अर्हतका साथ स्वामी अरुणले यही अगष्ट २४  देखि २७ तारिखसम्म बर्मिङघम नजीकै बस्वर्थ हाल होटेल एण्ड स्पा, बसवर्थमा ध्यान शिविर सन्चालन गर्ने आयोजक ओशो क्याम्प युकेले जनाएको छ । 

 

शिविरमा सहभागी हुन इच्छुकहरुले shankardhakal@hotmail.com मा सम्पर्क गरेर  आफ्नो स्थान सुरक्षित गर्न आयोजकले आग्रह गरेका छन् । 

 

यसैगरी स्वामी अरुणले अगष्ट २९ तारिख अपरान्ह साउथहलस्थित श्री राम मन्दिरमा आयोजना गरिने एक सत्संगमा “आध्यात्मिक र भौतिकरुपमा कसरी सुखी बन्ने” भन्ने विषयमा प्रवचन दिने कार्यक्रम पनि छ । सो कार्यक्रम विश्वहिन्दु महासंघ युकेसंगको सहकार्यमा आयोजना गर्न लागिएको हो । 

 

स्वामी अरुणले ह्याम्पस्टेडस्थित ओशो समर्पण ध्यान केन्द्रमा अगष्ट २३ तारिख तथा डार्टफोर्डस्थित ओशो आनन्दबोधी ध्यानकेन्द्रमा अगष्ट २८ तारिखका दिन पूर्ण दिवसीय ध्यान शिविर सन्चालन गर्ने पनि आयोजक ओशो क्याम्प युकेले जनाएको छ । 

 

संसारका बीसभन्दा बढी मुलुकहरुमा ध्यान शिविरहरु सन्चालन गरिसकेका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनका लागि ध्यान अपरिहार्य रहेको बताउंदै आएका छन् ।

 

“आजको व्यस्त समाजमा संयमित जीवन शैली र ध्यानको महत्व जति वर्णन गरेपनि कम हुन्छ । त्यसैले बोधिसत्व स्वामी अरुणसंग आवासीय तथा एकदिवसीय ध्यान शिविर एवम् सत्संग लगायतका कार्यक्रममा सपरिवार सहभागी हुन हामी सबै मित्रहरुलाई आग्रह गर्दछौं,” ओशो क्याम्प युकेका संयोजक स्वामी ध्यान शंकरले भने ।

 

स्वामी अरुणले गत १२ वर्षदेखि बेलायतमा हरेक वर्ष ध्यान शिविरहरु सन्चालन गर्दै आएका छन् ।  “राजनीति होस् वा सार्वजनिक जीवन, आफ्नो परिवारमा होस् वा व्यवसायमा सुख, शान्ति र सम्यक जीवनका लागि ध्यान बाहेक अर्को विकल्प छैन”, स्वामी अरुण भन्छन्, ''आफ्नो व्यस्त जीवनबाट केही समय निकालेर ध्यानको माध्यमबाट जीवनलाई अरु बढी आनन्दित बनाउन म सबै मित्रहरुलाई आग्रह गर्दछु,” ।

 

 

ध्यान शिविरबारे थप जानकारी  यो लिंकमा क्लिक गरेर प्राप्त गर्न सकिनेछ ।

 


थप समाचार

काँग्रेस पूर्व सांसदकाे नेकपा प्रवेशप्रति परिवारजन आश्चर्यचकित

  • 3 minutes ago
काँग्रेस पूर्व सांसदकाे नेकपा प्रवेशप्रति परिवारजन आश्चर्यचकित

काठमाडौं । नेपाली काँग्रेस चितवनका पूर्व कार्यवाहक सभापति एवँ पूर्व सांसद तीर्थराज भुसालको नेकपा प्रवेशप्रति उनका परिवारजनले आश्चर्य प्रकट गरेका छन् । नेता भुसालले चालेको उक्त कदमलाई उनकै श्रीम

मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या ८५ पुग्यो

  • 14 minutes ago
मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या ८५ पुग्यो

मेक्सिको सिटी । मेक्सिकोको मध्य क्षेत्रमा गत शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ८५ पुगेको छ ।

स्वस्थानी व्रत आजदेखि सुरू, यस्ताे छ धार्मिक विश्वास

  • 20 minutes ago
स्वस्थानी व्रत आजदेखि सुरू, यस्ताे छ धार्मिक विश्वास

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ ।



जीवनशैली/स्वास्थ्य

'मनको दुःख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न'

'मनको दुःख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न'

हार्दा–हार्दैको अनुभवले मानिसलाई जिताँउछ । हार नै जीतको एक हिस्सा हो । जसले पटक–पटक हार्छ उसले प्रत्येक हार बाट केही सिक्छ र एक दिन उत्कृष्ट बन्छ ।

विचित्र विश्व

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर विश्वभरलाई देखाइदिन समेत सफल भएका छन् । यस्तै एउटा अजबगजबको विकास गरेर देखाउनेमा पर्छ दुबई ।