प्रधानमन्त्री ओलीको रोडम्याप किन अटेन यो बजेटमा ?

१६० वर्ष अघिका बेलायती अर्थमन्त्री विलियम ग्ल्याडस्टोनले बजेट घोषणा गर्दा रातो बाकस प्रयोगको शुरुवात गरेका हुन् । तस्बिर स्वर्णिम वाग्लेको फेसबुकबाट ।

पञ्चवर्षीय बजेटको पहिलो किस्ता

 

हाल युरोप भ्रमणमा छु । गहिरो अध्ययन गर्न बाँकी छ । तर सरसर्ती सुनेको भरमा २०७५/७६ को बजेटबारे मेरो तत्कालको टिप्पणी यस्तो छ  ।

 

१. आफ्नो कार्यकाल ५ वर्ष हुने कुरामा विश्वश्त भइ आगामी सालका बजेटको पूर्वानुमान गर्दै पहिलो किस्ताको रूपमा यो बजेट आएको छ  । आजको मुल्यांकनको दाँजोमा २/३ वर्षपछि यही बजेटको समिक्षा कम कठोर हुनसक्ला । मौलिक नभएपनि अन्तर्निहित विकास ढाँचामा केही स्पष्टता छ । क्षेत्रगत बजेट विनियोजन गर्दा दिगो विकासका लक्ष्यहरुलाई पृष्ठभूमिमा राखिनु सकारात्मक हो । विनियोजनको दृष्टिले शिक्षा र पूर्वाधार प्राथमिकतामा परेका छन्  ।

 

२. समग्रमा भने एउटा अभूतपूर्व अवसर छोप्न नसकेको अपूर्ण बजेट हो यो जसमा राजनीतिक भन्दा ब्युरोक्र्याटिक स्पिरिट बढी झल्कन्छ । उल्लेख्य नीतिगत प्रस्थान छैन । प्रचण्ड बहुमत भएको सरकारलाई ऐतिहासिक अनुकुलता थियो तर त्यस अनुरुपको नौलोपन वा क्रमभंगता भएन । अलोकप्रियता झेल्ने साहस वा ठूला जोखिम उठाएको पाइएन  ।

 

३. अर्को वर्ष ८ प्रतिशतको वार्षिक आर्थिक वृद्धि हुने, दुई वर्षमा पर्यटक संख्या दोब्बर अनि ५ वर्षमा कृषिको उत्पादकत्व दोब्बर हुने, दुई वर्षमा सबै साक्षर बन्ने, र अर्को साल मात्रै ५ लाख रोजगारी सिर्जना हुने आधार यो बजेटमा छैन । थप लगानी तुरुन्तै भित्रिन थाल्ने, उत्पादन व्यापक बढ्ने, र व्यापार घाटा छिट्टै घट्ने विश्वसनीय आधार छैनन्  ।

 

४. लगभग सबै कार्यक्रमहरु मन्त्रालयहरुबाट पहिलेजस्तै प्रस्तावित भएका छन्, दोहोरिएका छन् । कार्यक्रममा विगतकै निरन्तरता छ  । नयाँ नारा मात्र दिने होडबाट पन्छिनु र ठुला आयोजनाहरुको कार्यान्वयन प्रभावकारी बनाउन केही क्रमिक सुधारहरूको घोषणा हुनु भने राम्रो हो (जस्तै गौरवका आयोजनालाई छुटै ऐन, पेश्की व्यवस्थामा सुधार, प्रमको समन्वय) ।

 

५. महत्वाकांक्षी राजश्व वृद्धिको अपेक्षा छ । मूल्य–अभिवृद्धि कर र अन्तशुल्क प्रदेश र स्थानीय तहमा ३० प्रतिशत दिए पछिपनि ८३१ अर्बको राजश्व लक्ष्य ठुलो हो  । चुहावट रोक्ने, करको आधार बढाउने कुरा ठिक छ, तर करको दर वृद्धि हुँदा निजी क्षेत्रको कारोबार र लगानी निरुत्साहित हुने जोखिम छ । राज्यको डर–धम्की भन्दापनि सन्तुलित आर्थिक उत्प्रेरणाहरुमार्फत अर्थतन्त्रमा औपचारिक क्षेत्रको हिस्सा बढाउनु पर्दछ ।

 

६. विदेशी अनुदान घट्दो छ र विदेशी ऋण नै लिएर ठुला पूर्वाधारमा लगानी गर्न नयाँ निकाय वा प्रशासकीय चुस्तताको शर्तप्रति वेवास्ता भएको हो कि ? अर्थतन्त्रको आकारको अनुपातमा ५ प्रतिशत भन्दा बढी (रु १७२ अर्ब) आन्तरिक ऋण उठाउने कुरा जोखिमपूर्ण छ किनकि यसबाट निजी कर्जाको प्रवाहमा संकुचन हुनेछ ।

 

७. संघीयताको पूर्ण र इमान्दार कार्यान्वयनमा शंका छ । ‘समपुरक अनुदान’ को प्रचुर प्रयोग गरी संघको नियन्त्रण यथावत राख्न खोजेको भान हुन्छ ।

 

८. बेरोजगारीको आंशिक सम्वोधन गर्न खोजिएको छ । तर जम्मा रु ३.१ अर्बको यो शीर्षकले कुनै चमत्कार नगर्ला  । सार्वजनिक पूर्वाधारमा काम लगाउने, सूचना केन्द्र स्थापना गर्ने, युवा केन्द्रित ऋण दिने, चुनौती कोष खडा गर्ने जस्ता कुरा पुरानै हुन् तर कार्यान्वयन फितलो हुन्थे  । सार्वजनिक–निजी साझेदारीकाबारे पुन चर्चा गरेपनि सरकार सिर्जनशील नहुँदा खासै काम हुने सम्भावना कम छ । लगानी बोर्डको ऐन संशोधन गर्ने कुरा ठिक छ  ।

 

९. वित्तीय क्षेत्रका केही प्रस्तावित पहल उचित छन् जस्तै सर्वव्यापी बैंक खाता, वीमाको पहुँचमा विस्तार, नेपालको क्रेडिट रेटिंग, निवृत्तिभरणको व्यवस्थापन  । इ–कमर्स र पेमेन्ट गेटवेलगायतका आधुनिक वित्तीय औजारबारे भने बोलेको सुनिएन । सामाजिक सुरक्षालाई एकीकृत मात्र होइन डिजिटल प्याकेजमै लान पर्छ  ।

 

१०. विगतमा जस्तो चुनावलाई ध्यान दिई लोक रिझाउने खालको कम्युनिष्ट बजेट त यो होइन तर अनुदानै अनुदानको कनिका जुन छरिएको छ, त्यसको दुरुपयोग हुने प्रशस्त ठाउँ छन् । अत्यावश्यक सेवा दिने २–३ वटा सरकारी संस्थानहरुको पुनर्गठनको सोच खराब होइन तर अनुदार राज्य–नियन्त्रित अर्थव्यवस्थाको छनक भने आउन दिनहुन्न  । समग्रमा प्रधानमन्त्रीले नेपाललाई दश वर्षमा स्वर्ग बनाउने भनेपनि त्यसको रोडम्याप यो बजेटमा अटेन  । आफैँले बाँडेका ठुल्ठुला आशाको भारीले थिचिने अवस्थामा सरकार पुग्यो  । 

 

 


थप समाचार

विवाद मिलाउन गएका प्रहरीमाथि नै खुकुरी प्रहार

  • 8 minutes ago
विवाद मिलाउन गएका प्रहरीमाथि नै खुकुरी प्रहार

लमही । दाङमा प्रहरी जवानमाथि आज खुकुरी प्रहार भएको छ ।

नार्कले विश्वस्त पार्न नसक्दा खुमल-१० राेप्न चाहँदैनन् किसान

  • 12 minutes ago
नार्कले विश्वस्त पार्न नसक्दा खुमल-१० राेप्न चाहँदैनन् किसान

ललितपुर । रोग कम लाग्ने र चाँडो पाक्ने भए पनि नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०ले किसानलाई खुमल–१० रोप्नेबारे विश्वस्त पार्न सकेको छैन ।

बेलायती मन्त्री र अधिकारीहरुसंग परराष्ट्र सचिव वैरागीको कुटनीतिक भेटवार्ता

  • 16 minutes ago
बेलायती मन्त्री र अधिकारीहरुसंग परराष्ट्र सचिव वैरागीको कुटनीतिक भेटवार्ता

लण्डन । बेलायतको भ्रमणमा आएका नेपाल सरकारको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले बेलायत सरकारका विभिन्न अधिकारीहरुसंग कुटनीतिक भेटघाट तथा छलफल गरेका छन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।