IIMS College

ISMT

HUB Education

मादक पदार्थ किनबेचलाई समय निर्धारण

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

वालिङ । स्याङ्जाको भिरकोट नगरपालिकाले मादक तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि समय निर्धारण गरेको छ । नौ वटा वडा रहेको भिरकोट नगरपालिकाले हालसम्म सात वटा वडामा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि साँझ ६ बजेदेखि ९ बजेसम्मको तीन घण्टा समय निर्धारण गरेको नगरप्रमुख छायाराम खनालले बताए ।

 

‘भिरकोट नगरपालिका अब छिट्टै बालमैत्री स्थानीय शासन घोषणाका क्रममा रहेकाले यसका लागि दु्रत रुपमा कार्य भइरहेको छ’, नगरप्रमुख खनालले भने, ‘बालमैत्री स्थानीय शासन तथा सामाजिक सुधारलाई मध्यनजर गर्दै हामीले अभियानका रुपमा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि समय निर्धारण गरेका हौँ ।’

 

विशेषगरी बालमैत्री नगर घोषणाको अन्तिम चरणमा रहेको नगरपालिकाले बालबालिकालाई कुलतमा फस्न नदिने उद्देश्यले १८ वर्षमुनिका बालबालिकालाई मादक पदार्थ तथा अन्य सुर्तीजन्य पदार्थ किनबेच गर्ने कार्यमा प्रतिबन्ध लगाइएको नगरप्रमुख खनालले बताए ।

 

वडा नं. ३ बाट शुरु भएको यो अभियान अहिले नगरपालिकाका सात वटा वडामा पुगेको छ भने बाँकी रहेका दुई वटा वडामा पनि स्थानीय वडावासी, होटल व्यवसायीसँग टोलटोलमा पुगेर भेलामा छलफल भइरहेको र बाँकी रहेका वडामा पनि अभियान सञ्चालन हुने नगरप्रमुख खनालले बताए ।

 

वडा कार्यालयले टोलटोलमा पुगेर टोलवासीसँगको छलफलबाट यो अभियान सञ्चालन गर्ने निर्णय गरेको र वडावासीले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको नगर प्रवक्ता दीपेन्द्र केसीले बताए ।

 

बालमैत्री नगर घोषणालाई सहयोग पुर्‍याउने र बालबालिकालाई कुलतमा फस्न नदिनका लागि चालिएको यो अभियानले समाजमा होहल्ला, झैझगडा हुने क्रमलाई पनि न्यूनीकरण गर्नमा सघाउ पुग्ने विश्वास वडा नं. ७ का वडा अध्यक्ष शेषकान्त अर्यालले बताए ।

 

‘तोकिएको तीन घण्टाको अवधिमा जसले मादक र सुर्तीजन्य पदार्थ सेवन गर्ने हो उसैले मात्रै किन्नुपर्ने र बालबालिकालाई खरीद बिक्री कार्यमा प्रयोग नगर्न वडावासीसँग आग्रह गरिएको छ’, वडाध्यक्ष अर्यालले भने, ‘नगरपालिका तथा वडाले अगाडि सारेको यो अभियानप्रति वडावासी सकारात्मक हुनुभएकाले विश्वास छ यो कार्य सफल हुनेछ, कार्यान्वयनमा जानेछ ।’


थप समाचार

स्वास्थ्य सस्थामा सुत्केरी गराउने बढ्दै

  • 16 minutes ago
स्वास्थ्य सस्थामा सुत्केरी गराउने बढ्दै

डोटी । जिल्लामा रहेका ५२ स्वास्थ्य संस्थाले ‘बर्थिङ सेन्टर’सञ्चालनमा ल्याएपछि सुत्केरी गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या ७३ प्र

कोरोना भाइरस संक्रमितको गोली हानी हत्या

  • 32 minutes ago
कोरोना भाइरस संक्रमितको गोली हानी हत्या

एजेन्सी । उत्तर कोरियाले केही दिन अगाडि क्वारेनटाइनमा रहेका एक अधिकारीको गोली हानी हत्या गरेको रिपोर्ट बाहिर आएको थियो । क्वारेनटाइनमा रहेका बखत उनले पब्लिक बाथरुमको प्रयोग गरेको भन्दै उनलाई गोली हान

नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

  • 36 minutes ago
नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

चितवन । धानको नक्कली बीउका कारण पीडित बनेका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ । गरिमा जातको नक्कली बीउले धान पाक्ने बेलामा बाला नै नलागेपछि चितवनसहित १३ जिल्लाका किसानले यसवर



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।