IIMS College

ISMT

HUB Education

सिड्नीमा ‘बक्सिङ डे’ किनमेल गर्न बिहानैदेखि भीड, देशभरका अष्ट्रेलियनले २.६२ बिलियन खर्च गर्ने अनुमान

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । आज ‘बक्सिङ डे’ अर्थात् क्रिशमस पछिको बिदा । यस दिन युरोपियन राष्ट्रहरु इंग्ल्याण्ड, रोमानिया, हंगेरी, जर्मनी, पोल्याण्ड, नेदरल्याण्डस्, चेक रिपब्लिकमा मात्र होइन यो अष्ट्रेलियामा पनि ब्यापक किनमेल गर्ने प्रचलन छ । 

 

बिभिन्न कम्पनीहरुले आज आफ्ना सामानहरु विशेष छुटका साथ उपलब्ध गराउँदैछन् । सोही कारण आज अष्ट्रेलियाको सिड्नीमा पनि बिहानैदेखि किनमेलको लागि उपभोक्ताहरु लामवद्द भए । न्यू साउथ वेल्स राज्यमा मात्रै आज ८१५ मिलियन डलरको कारोबार हुने अपेक्षा गरिएको छ । 

 

अन्य समयमा ब्राण्डेड सामानको लागि मोटो रकम खर्चिनुपर्ने तर, आज कम्पनीहरुले ८० प्रतिशतसम्म छुट दिने भएको कारणले गर्दा आर्थिक अवस्था सामान्य भएकाहरु आजको दिन बिहानैदेखि लामबद्द भएका हुन् । त्यस्तै, आर्थिक अवस्था बलियो हुनेहरु पनि आज छुटको सामान किनमेल गरेर बाँड्ने प्रचलन छ । 

 

अष्ट्रेलियावासीहरु आज बिहानै ६ बजेदेखि चर्चित ब्राण्ड ‘डेभिज जोन्स’को सोरुम अघि लाइन लाएर बसेका थिए । यसमा केही नेपालीहरु पनि लामबद्ध भएका थिए । मानिसको भिड निकै लामो भएपछि सिड्नी लगायतको स्थानमा ट्राफिक जाम समेत भएको छ । त्यसैले यसको व्यवस्थापनको लागि ट्राफिकले साँघुरो बाटोमा गाडीलाई प्रवेश दिएको छैन । 

 

आजको दिन अष्ट्रेलियामा २.६२ बिलियन अष्ट्रेलियन डलरको कारोबार हुने अनुमान गरिएको छ ।


थप समाचार

कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन

  • 19 minutes ago
कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङको निधन भएको छ । उनको उपचारका क्रममा गए राति निधन भएको हो ।

कोरोना भाइरस तीब्र रुपमा फैलिन थालेपछि अष्ट्रेलियाका प्रधामन्त्रीले ल्याए झन् कडा नियम

  • 20 minutes ago
कोरोना भाइरस तीब्र रुपमा फैलिन थालेपछि अष्ट्रेलियाका प्रधामन्त्रीले ल्याए झन् कडा नियम

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरसका कारण हालसम्म १८ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ४ हजार १६३ पुगेको छ । आजमात्रै एक जनाको भाइरसका कारण ज्यान गएको छ । कोरोना भाईरस फैलिन क्रम नरोकि

अष्ट्रेलियामा ९ जना नेपाली कोरोना भाइरसबाट संक्रमित

  • 27 minutes ago
अष्ट्रेलियामा ९ जना नेपाली कोरोना भाइरसबाट संक्रमित

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । यसको संक्रमणबाट नेपालीहरु पनि अछुतो रहेका छैनन् । पछिल्लो रिपोर्ट अनुसार यो भाइरसबाट ९ जना नेपाली संक्रमित भएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।