'सामुद्रिक बासस्थान तीव्र रुपमा खुम्चियो '

सिड्नी । सिपिङ, प्रदूषण र अधिक माछा मार्ने कार्यले विश्वको समुद्रको “प्राकृतिक” बासस्थान तीव्र रुपमा खुम्चिएर १३ प्रतिशतमा झरेको अध्ययनले देखाएको छ । अध्ययनका अनुसार, आधा शताब्दी अर्थात् ५० वर्षभित्रै यस्तो सामुद्रिक बासस्थान पूर्ण रुपमा ध्वस्त हुनेछ । 

 

रासायनिक मलखादको प्रयोगदेखि बढ्दो सामुद्रिक यातायात लगायतका मानव कृयाकलापको असरको अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय अनुसन्धाताहरुले सामुद्रिक पारिस्थितिक प्रणाली दुर्बल भइसकेको जनाएका छन् । 

 

“मानवीय व्यवधानबाट सुरक्षित” रहेको भनिएका सामुद्रिक बासस्थानहरु मुख्यरुपमा उत्तरी र दक्षिणी ध्रुवीय इलाकाका साथै प्रशान्त महासागरका अनकन्टार क्षेत्रहरुमा पाइएका थिए । 

 

“सिपिङ प्रविधिमा सुधार गर्नुको अर्थ अति दुर्गम क्षेत्रका प्राकृतिक बासस्थान समेत भविष्यमा खतरा निम्तिने छ, र जलवायू परिवर्तनका कारण अहिले नै पहुँचयोग्य भइसकेका क्षेत्रहरु कुनै समय हिउँले ढाकिएका हुन्थे,” क्वीन्सल्यान्ड विश्वविद्यालयका मुख्य अनुसन्धाता केन्डाल जोन्सले बताए । 

 

प्राकृतिक बासस्थानको केबल पाँच प्रतिशत मात्र अहिले संरक्षित क्षेत्रका रुपमा रहेको छ, र बाँकी स्थान अति जोखिममा परिसकेको छ, करेन्ट बायोलोजी जर्नलमा प्रकाशित अध्ययनले देखाएको छ । 

 

विश्वको सामुद्रिक क्षेत्रलाई नियमन गर्न, अधिक माछा मार्ने कार्यलाई बन्द गर्न, विनाशकारी सामुद्रिक–उत्खननलाई सीमित गर्न तथा सामुद्रिक सतह बृद्धिलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सहयोगलाई व्यापक बनाउनु आवश्यक छ । 

 

“सामुद्रिक प्राकृतिक बासस्थान सामुद्रिक जीवनको अपूर्व संगम हो । यहाँ जीवजन्तुको आधिक्यता छ र आनुवांशिक विविधताले पूर्ण छ । जलवायू परिवर्तन जस्ता चुनौतीबाट बच्ने आधार प्रदान गरेको छ,” वाइल्डलाइफ कन्जरभेसन सोसाइटीका जेम्स वाट्सनले बताए । 

 

“यी महत्वपूर्ण क्षेत्रहरुमा व्यापक नोक्सानी हुँदैछ, र यिनीहरुको संरक्षणलाई बहुपक्षीय वातावरणीय सम्झौताले मुख्य रुपमा ध्यान दिनु आवश्यक छ । होइन भने, यी जीवजन्तु ५० वर्षभित्रै लोप हुने खतरा छ ।” 

 

गत वर्ष, संयुक्त राष्ट्रसंघले समुद्रको संरक्षणका सन्दर्भमा पहिलो संरक्षण सन्धीका लागि सदस्य राष्ट्रबीच छलफल चलाएको थियो, जसले मुलुकहरुका आफ्ना राष्ट्रिय सामुद्रिक सीमाभन्दा बाहिरको क्षेत्रको दिगो प्रयोगका सन्दर्भमा बाध्यकारी कानुनी व्यवस्था गर्नेछ । 

 


थप समाचार

विश्वभरका महिला सांसदको लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

  • 6 hours ago
विश्वभरका महिला सांसदको  लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

लण्डन । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले लण्डनमा सम्पन्न विश्वभरका महिला सांसदहरुको एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेकी छन् ।

बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

  • 8 hours ago
बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

आइतबार लण्डनको फेल्थाममा १६ औँ राष्ट्रिय विभुती ,समाज सुधारक महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ती मनाइएको छ ।

भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

  • 10 hours ago
भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

हनोई । भियतनामले यसै वर्षको अन्त्यदेखि लागू हुने बहुचर्चित प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट अलग हुने घोषणा गरे पनि सम्झौता अनुमोदन गर्ने



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

बन्दीपुरमा कृत्रिम ताल बनाइने

बन्दीपुरमा कृत्रिम ताल बनाइने

दमौली । तनँहुको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।