Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘हामीलाई हानि पुर्‍याउने प्रयास गरे…’, इरानले इजरायललाई दियो ठूलो चेतावनी

‘हामीलाई हानि पुर्‍याउने प्रयास गरे…’, इरानले इजरायललाई दियो ठूलो चेतावनी


एजेन्सी । संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सईद इरावानीले इजरायलले आफ्नो विरुद्धमा कुनै पनि धम्की वा गैरकानुनी कार्य गरेमा आफ्नो देशले निर्णायक जवाफ दिने चेतावनी दिएका छन्।

इरावानीले इजरायली खुफिया एजेन्सी मोसादका प्रमुख डेभिड बर्नियाले शुक्रबार संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेस र यूएनएससीका अध्यक्ष फेरित होक्सालाई लेखेको पत्रको जवाफ दिएका हुन्।

बर्नियाले हालै इरानमाथि केही गम्भीर आरोप लगाएका थिए । यदि कुनै इजरायली व्यक्तिलाई हानि पुर्‍याएमा कडा कारबाही गरिने उनले प्रतिक्रिया दिएका थिए।

बर्नियाले भनेका थिए, ‘गत वर्ष इजरायलविरुद्ध २० भन्दा बढी हमला इरानले निर्देशित गरेको थियो। यदि यस्तो आक्रमणमा कुनै इजरायली वा यहूदीलाई हानि पुग्यो भने, इरानीहरू विरुद्ध सैन्य कारबाही गरिनेछ।

इरावानीले बर्नियाको दाबीलाई निराधार भन्दै निन्दा गर्दै यी भडकाऊ बयानहरूले अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र संघको बडापत्रको उल्लङ्घन गरेको बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु

काठमाडौँ । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १ जना घाइते भएका

भारतले प्याज निर्यातमा लगायो अनिश्चितकालीन प्रतिबन्ध

काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । यस अघि भारतले मार्च ३१ सम्म प्याजको

आयरल्याण्डमा ३७ वर्षिय साइमन ह्यारिस प्रधानमन्त्री बन्ने निश्चित

लण्डन । आयरल्याण्डमा ३७ वर्षीय युवा नेता सिमोन ह्यारिस प्रधानमनत्री बन्ने भएका छन् । सत्तारुढ दल ‘फाइन गेल’को नयाँ नेता

मस्को आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुग्यो

काठमाडौँ । रुसको राजधानी मस्कोको मस्को कन्सर्ट हल आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुगेको छ । बन्दुकधारीहरुको गोलावारीका क्रममा लागेको

दिल्लीका मुख्यमन्त्री केजरीवाल गिरफ्तार

काठमाडौँ । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली रक्सीः घोटाला प्रकरणमा त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । उनी

भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन नियुक्त

काठमाडौँ । भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआन कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् । भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा

Techie IT