Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपाकिस्तान दुई स्थानमा विष्फोटः चार जनाको मृत्यु, नौ घाइते

पाकिस्तान दुई स्थानमा विष्फोटः चार जनाको मृत्यु, नौ घाइते


एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति दुई स्थानमा भएका विष्फोटमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका छन् ।

पहिलो विस्फोट प्रान्तको हर्नाई क्षेत्रमा भएको थियो । विष्फोटमा घाइते भएका दुई जनालाई उद्धार गर्न मानिसहरू घटनास्थल पुग्ने बित्तिकै दूर नियन्त्रित उपकरणबाट दोस्रो विस्फोट गराउँदा दुई जना उद्धारकर्मीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दोस्रो विष्फोटमा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको प्रहरीले जनाएको छ भने आक्रमणमा संलग्नको खोजी भइरहेको छ । घाइते सबैलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । अहिलेसम्म कुनै व्यक्ति वा समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

यसैबीच, उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको खैबर जिल्लामा रहेको एक प्रहरी चौकीमा शुक्रबार बिहान भएको विस्फोटमा दुई प्रहरीको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् । घटनाको अनुसन्धान भइरहेको खैबर जिल्लाका प्रहरी अधिकृत सलीम अब्बासले बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT