IIMS College

ISMT

HUB Education

आगामी मङ्सिरदेखि माथिल्लो तामाकोशी सञ्चालनमा आउने

  • शनिबार, ९ चैत, २०७५
  • 10 months ago
  • अर्थ
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

दोलखा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् । 

 

जतिसक्दो चाँडो आयोजना सम्पन्न गर्न सार्थक पहल गर्दै आएका मन्त्री पुन आयोजना निरीक्षणका लागि शुक्रबार दोलखा पुगेका थिए । मन्त्री पुनले दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन उक्त आयोजनाको बाँधस्थल, सुरुङ, माथिल्लो पेनस्टक र तल्लो पेनस्टकको अवस्थाको बारेमा निर्माणस्थलमै पुगेर जानकारी लिए । 

 

उनले करीब तीन घन्टा आयोजना निर्माणस्थलमा रहेर निकै चासोपूर्वक निर्माण कार्यको अवलोकन गरेका थिए । निरीक्षणका क्रममा मन्त्री पुनले आयोजनाको अनुगमन, निरीक्षण, समस्याको समाधान र सहजीकरणका लागि आफू प्राधिकरण तथा आयोजनाका उच्चपदस्थ अधिकारीसहित निर्माणस्थलमै आएको बताए । 

 

उनले आयोजना प्रमुख दिनेशजङ्ग राना र प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठसँग आयोजनाका प्रगतिका बारेमा जानकारी लिएका थिए । मन्त्री पुनले तोकिएको समयभित्रै राष्ट्रिय गौरवका रुपमा रहेको तामाकोशी जलविद्युत् आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिँदै त्यसमा गम्भीर भएर काम गर्न निर्देशन दिए । 

 

आयोजनाको निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले राष्ट्रिय गौरवको यस आयोजना तोकिएको समय तालिकाभित्रै सम्पन्न हुने बताए । उनले आगामी मङ्सिरभित्र आयोजना पूर्णरुपमा सञ्चालनमा आउने विश्वास व्यक्त गरे । 

 

“यो निकै महत्वपूर्ण आयोजना भएकाले यसमा हाम्रो गम्भीर चासो छ, आयोजना समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउनका लागि मैले पूरै ध्यान केन्द्रित गरेको छु, म समय तालिकाभित्रै आयोजना पूरा हुनेमा विश्वस्त छु”– मन्त्री पुनले भने । 

 

नेपाली श्रम, सीप र पूँजी परिचालन गरी ठूला आयोजना सम्पन्न गर्न सक्दैन भन्ने सोच विगतमा रहेको भन्दै उनले यसबाट नेपालीले ठूला आयोजना आफैँ बनाउन सक्छन् भन्ने पुष्टि भएको बताए । मन्त्री पुनले तामाकोशी जलविद्युत् आयोजना नेपालका लागि नमूनायोग्य र महत्वपूर्ण भएको बताए । 

 

उनले भने,“केही समयअघि भर्टिकल साफका कारण केही समस्या आएको थियो, हामीले टेक्सम्याक र एण्ड्रिजको बीचमा समझदारी बनाइदिएका छौँ, अहिले कामअघि बढिरहेको छ । त्यसैले पनि आगामी मङ्सिरसम्म सबै काम सम्पन्न हुन्छ ।” 

 

आफूले आयोजना प्रमुख र कार्यकारी निर्देशकलाई सँगै राखेर शुरुदेखि नै तालिकाअनुसार काम गर्न प्रेरित गरेको मन्त्री पुनको भनाइ थियो । यसअघि आयोजनामा समस्या देखिएपछि मन्त्री पुनले ऊर्जा मन्त्रालयका सचिव, प्राधिकरणका कार्यकारी निर्देशक, आयोजना प्रमुख र टेक्सम्याको निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गरेर तोकिएको समयमै आयोजना सम्पन्न गर्न निर्देशन दिएका थिए । 

 

छलफलका क्रममा उनले आयोजनाको काम अघि नबढे ठेक्कासमेत तोड्ने चेतावनीसमेत दिएका थिए । निरीक्षणका लागि मन्त्री पुन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय योजनाआयोगका सदस्य डा कृष्णप्रसाद ओलीसहित आयोजनास्थल पुगेका थिए । यसअघि गतवर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आयोजनाको निरीक्षण गरेका थिए । 

 

भौतिक प्रगति ९८ प्रतिशत 

 

आयोजना निर्माणका क्रममा देखिएका समस्या सरकारले समयमै हल गरेपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक प्रगतिमा गुणात्मक परिवर्तन देखिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको भौतिक प्रगति करीब ९८ प्रतिशत पुगेको छ । 

आयोजनाको सुरुङ निर्माणका क्रममा निर्माण कम्पनी उल्झन देखिएपछि केही दिनअघि ऊर्जामन्त्री पुनले नेपाल विद्युत् प्राधिकरण, आयोजना प्रमुख तथा निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधानको कार्ययोजनासहित प्रस्तुत हुन निर्देशन दिएका थिए । 

 

सोही निर्देशनानुसार आयोजनाका दुई ठाडो सुरुङ निर्माणका लागि अष्ट्रियाको एन्ड्रिज हाइड्रो र भारतीय कम्पनी टेक्सम्याकोले मिलेर काम गरिरहेका छन् । हाल ठाडो सुरुङमा स्टिलको पातासहितको पाइप राख्ने काम धमाधम अगाडि बढिरहेको छ । 

 

आगामी मङ्सिरमा आयोजना सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ । ‘भर्टिकल पेनस्टक सार्प’ मा स्टिल लाइनिङ गर्ने कार्यमा ढिलाइ भएपछि सो कार्य गर्न एन्ड्रिज हाइड्रोमार्फत व्यवस्थापन गरिएको छ । 

 


थप समाचार

वुहानकी एक युवतीमा कोरोना भाइरसको लक्षण देखिएन, तैपनि परिवारका पाँच सदस्यलाई सर्यो

  • 7 minutes ago
वुहानकी एक युवतीमा कोरोना भाइरसको लक्षण देखिएन, तैपनि परिवारका पाँच सदस्यलाई सर्यो

एजेन्सी । पछिल्लो समय कोरोना भाइरसका कारण विश्व त्रासित रहेको छ । एक रिपोर्टका अनुसार कोरोना भाइरसबाट संक्रमित नभएकी महिलाबाट उनका पाँचजना परिवारलाई कोरोना भाइरस सरेको छ ।

एमसिसीबारे यसाे भन्छन् अध्यक्ष दाहाल

  • 29 minutes ago
एमसिसीबारे यसाे भन्छन्  अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् । आज यहाँ पत्रकारहरु

जब अमृताले मेरो भागको सबै सम्पत्ति मागिन्

  • 35 minutes ago
जब अमृताले मेरो भागको सबै सम्पत्ति मागिन्

एजेन्सी । बलिउडमा चर्चित अभिनेता हुन् सैफ अली खान । बलिउडमा लामो समय बिताएका उनी बेलाबेला जेठी श्रीमती अमृता सिंहका कारण चर्चामा आउने गर्छन् । उमेर अमृताभन्दा सैफ धेरै वर्षले कान्छा रहेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा

शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा

काठमाडौँ । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

विचित्र विश्व

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

काठमाडौँ । धेरै व्यक्ति घरमा खाना प्याक गर्न पनि अखबारै प्रयोग गर्ने गर्दछन् । तारेका, भुटेका खाद्य पदार्थको तेल सोसियोस् भनेर पनि अखबारमा ती चीज राख्ने गरिन्छ । यसरी अखबारमा राखिएको कुनै पनि खाद्यपदार्थ हाम्रो स्वास्थ्यका लागि निकै धेरै जोखिमपूर्ण हुने एक अध्ययनले देखाएको छ ।