IIMS College

ISMT

HUB Education

तमु धिं लण्डनको १२ औं साधारणसभा सम्पन्न, तय भए वार्षिक कार्यक्रमहरु

  • सोमबार, २७ फागुन, २०७५
  • 7 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

सुुशिल गुरुङ, लण्डन ।  तमु धिं लण्डन ईकाइको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गतसाता आइतबार मार्च ३ तारिखमा ह्यारोस्थित इस्टकोट एभिन्यूमा फ्हो ल्होसारको समिक्षा समेत गरिएको थियो । 

 

तमु धिं युकेका अध्यक्ष नन्द जङ्ग गुरुङ र श्रीमती जगतकुमारी गुरुङ तथा निवर्तमान अध्यक्ष ज्ञाम गुरुङको विशेष उपस्थिति रहेको साधारणसभा चन्द्रबहादुर गुरुङको अध्यक्षतामा महासचिव भरत गुरुङले संचालन गरेका थिए । 

 

तमु धिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङ, निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ, ईकाइ अध्यक्ष चन्द्रबहादुर गुरुङ, आमा समुहकी अध्यक्ष श्रीमती डिलमाया गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन गरि सभाको समुद्घाटन गरेका थिए । सभामा तमु धि युकेका अध्यक्ष श्री नन्दजङ्ग गुरुङलाई बधाई तथा सफल कार्यकालको कामनासहित बधाई तथा सम्मान गरिएको थियोे । सोही अवसरमा निवर्तमान अध्यक्ष ज्ञाम गुरुङलाई सफलतापुर्वक आफ्नो कार्यकाल पूरा गरि तमु धिं युकेलाई सहि दिशानिर्देश गरेको भन्दै बधाई दिइएको थियो ।

 

उपाध्यक्ष विष्णु गुरुङबाट हेल्थ एण्ड सेफ्टी ब्रिफपछि वरिष्ठ उपाध्यक्ष चेत प्रसाद गुरुङले स्वागत मन्तव्य दिएका थिए ।  अध्यक्ष चन्द्रबहादुर गुरुङ, निवर्तमान अध्यक्ष तथा ट्रस्टी दिपक गुरुङ, ट्रस्टी ले. नारायण गुरुङ, तमु धिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङ, निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ, आमा समुह कि अध्यक्ष डिलमाया गुरुङ र पुर्व महासचिव तथा मिडिया सेक्रेटरी सुशील गुरुङले शुभकामना मन्तव्य दिंदै आआफ्नो धारणा राखेका थिए ।

 

तमु धिं लण्डन इकाईले गरेको १२ जनवरी २०१९ फ्हो ल्होसार कार्यक्रमको समिक्षाका क्रममा भव्य रूपमा कार्यक्रम सम्पन्न भएको निश्कर्ष निकालिएको थियो । कार्यक्रम सफल बनाउन प्रमुख भुमिका खेल्ने कार्यक्रम संयोजक उपाध्यक्ष चेत प्रसाद गुरुङ र अन्य सहयोगी सबैलाई धन्यवाद दिदै प्रसंशा पत्र वितरण गरिएको थियोे । साथ,ै अध्यक्ष चन्द्रबहादुर गुरुङले  कार्यक्रम सफल बनाउन भुमिका खेल्ने सबैलाई धन्ष्वाद ज्ञापन गरेका थिए । 

 

सभामा समाजका कोषाध्यक्ष ललित मान गुरुङले अर्थिक विवरण प्रस्तुत गरेका थिए भने आमा समुहकी कोषाध्यक्ष श्रीमती बिनु गुरुङले आमा समुहमा रहेको कोषबारे विवरण पेश गरेकी थिइन् ।  महासचिव भरत गुरुङले संस्थाले गर्दै आएका गतिविधिहरु र भावी योजनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।  त्यसअवसरमा आगामी कार्यक्रमहरुबारे छलफल साथै मिति तय गरिएको छ । आउंदोे गोर्खा कपमा तमु धिं लण्डन ईकाइले समाजको कोष बढाउने लक्ष्यले निमित्त फुड स्टल राख्ने निर्णय भएको छ । यसैगरि हरितालिका तिजको अवसरमा लेडिज नाइट कार्यक्रम आयोजना गर्ने निर्णय गर्दै उक्त कार्यक्रमको संयोजकमा सल्लाहकार श्रीमती गुड्डु गुरुङ र सहसंयोजकमा श्रीमती दुर्गा गुरुङलाई नियुक्त गरिएको छ ।  

 

यस वर्षको नेपाली मेलामा पनि गएको बर्षमा जस्तै धेरै भन्दा धेरै सदस्यहरु उपस्थित भइ कार्यक्रम सफल बनाउन भुमिका खेल्ने निर्णय भएको छ भने कार्यक्रमको तयारीको दिन लण्डन इकाईको तर्फबाट खाजापानीको व्यवस्था गरिने भएको छ । यस बर्षको देउसीभैलो कार्यक्रम आक्टोबर महिनाको २७ तारिखमा गर्ने निर्णय भएको छ । जुन कार्यक्रमको संयोजकमा श्रीमती बिनु गुरुङ र श्रीमती हेलिसा गुरुङ नियुक्त भएका छन् भने कार्यक्रमलाई थप आकर्षक र रमाइलो गर्नलाई  सांस्कृतिक सचीव तथा तमु धि युकेका कोषाध्यक्ष कुमार गुरुङको पनि विशेष भुमिका रहनेछ । त्यसैगरी, ल्होसार कार्यक्रम २०२० जनवरी महिनाको ५ तारिख आइतबार मनाइने  निर्णय भएको छ । 

संस्थाका उपाध्यक्ष विष्णु गुरुङको रोहबरमा युवा सदस्य विकास गुरुङ कार्यक्रम संयोजकमा नियुक्त भएका छन् । 

 

तमु धिं लण्डन ईकाइको आजीवन सदस्य बिस्तारको लागि सबैलाई आआफ्नो ठाँउबाट पहल गर्न साधारणसभामा आग्रह गरिएको थियो । सभाले तमु धिं लण्डन इकाईको तर्फबाट सन् २०२० सालदेखि प्रत्येक वर्ष हाउजीङ च्यारीटी कार्यक्रम आयोजना गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ । 

 


थप समाचार

पिरुङ्ग स्पोर्टस् क्लबलाई चौँथो भोरकोट भलिबल कपको उपाधि

  • 9 hours ago
पिरुङ्ग स्पोर्टस् क्लबलाई चौँथो भोरकोट भलिबल कपको उपाधि

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका स्थित भोरकोटमा आयोजना भएको चौँथो भोरकोट भलिबल कपको उपाधि पिरुङ्ग स्पोर्टस् क्लबले हात पारेको छ ।

सुन्दर यातायातकाे विद्युतीय बस नाफामा, पच्चीस वटा नयाँ बस थपिने

  • 10 hours ago
सुन्दर यातायातकाे विद्युतीय बस नाफामा, पच्चीस वटा नयाँ बस थपिने

काठमाडौँ । चार बसबाट नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले यही वर्षभित्रै थप २५ बस थप गर्ने भएको छ । गत महिना सुरु भएको बस नाफामा गएकाले बस थप्ने योजना बनाइएको हो ।

किसमिस सेवन गर्नुकाे अतुलनीय फाइदा, चिकित्सकहरू दिन्छन् यस्ताे सुझाव

  • 10 hours ago
किसमिस सेवन गर्नुकाे अतुलनीय फाइदा, चिकित्सकहरू दिन्छन् यस्ताे सुझाव

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एजेन्सी । निता अम्बानीको जन्म सन् १९६३ नोभम्बर १ मा भएको थियो । निता दलाल रबिन्द्र दलाल र पुर्णिमा दलालकी सुपत्री हुन् । मुम्बइको सान्टाक्रुजमा उनीहरुको बसाइ रहेको थियो । निता अम्बानीकी एक बहिनी रहेकी छिन् जो स्कुल टिचर हुन् ।