तमु धिं लण्डन ईकाईको तीज कार्यक्रममा गायिका सुशिला गौतमले नचाउने

  • बिहीबार, ३१ साउन, २०७५
  • 6 months ago
  • युके

 

लण्डन । तमु धिं लण्डन ईकाईले विगतका वर्षहरुमा जस्तै यसपटक पनि नेपाली नारीहरुको महान पर्व तीजका अवसरमा एक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । 

 

तमु धिं लण्डन ईकाईको आमा समुहको आयोजनामा आउंदो सेप्टेम्बर १ तारिखका दिन लण्डनको नर्थहोल्टस्थित नर्थहोल्ट सोसल क्लबमा उक्त कार्यक्रम गर्न लागिएको हो । 

 

मध्यान्ह १२ बजेदेखि सुरु हुने कार्यक्रम सांझ अबेरसम्म चल्ने बताइएको छ । कार्यक्रममा नेपालबाट आएकी चर्चित लोकदोहोरी गायिका सुशिला गौतमले विशेष प्रस्तुति दिने भएकी छन् । 

 

बुधबार सम्पन्न तयारी बैठकपछि गायिका गौतमलाई सम्मान गर्दै संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार डेभिड गुरुङ

 

कार्यक्रममा प्रमुख अतिथी एनआरएन यूकेकी उपाध्यक्ष पुनम गुरुङ रहने भएकी छन् । कार्यक्रमका लागि साउण्ड सिस्टम तथा डिजेको जिम्मेवारी सपन इन्टरटेनमेन्टका सपनकुमार राईले लिने भएका छन् ।

 

यो कार्यक्रमको संयोजनको जिम्मा तमु धिं लण्डन ईकाईका आमा समुहका उपाध्यक्षद्धय कमला गुरुङ र देवकला गुरुङले पाएका छन् । 

 

संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार डेभिड गुरुङ, वर्तमान अध्यक्ष चन्द्रबहादुर गुरुङ ,उपाध्यक्ष चेत गुरुङ, महासचिव भरत गुरुङ र आमा समुहकी अध्यक्ष दिलमाया गुरुङ लगायतले पनि कार्यक्रममा सहभागिताका लागि सम्पुर्ण नेपाली दिदीबहिनीहरुलाई आव्हान गरेका छन् । 

 

 

कार्यक्रमका दिन विभिन्न आकर्षक पुरस्कारसहितको राफल ड्र पनि गराइने भएको छ । जसमा सुनको तिलहरी लगायतका आकर्षक पुरस्कारहरु राखिएको छ । 

 

कार्यक्रमको तयारीका सम्बन्धमा बुधबार सांझ तमु धिं लण्डन ईकाईको आमा समुहसहितको बैठक सम्पन्न भएको थियो । त्यसअवसरमा गायिका सुशिला गौतम, पत्रकार शिव भण्डारी र प्रकाश कंडेललाई तमु धिं लण्डन ईकाईले सम्मान गरेको थियो ।

 

 

तस्बिरहरु : शिव भण्डारी 


थप समाचार

नेपाल थाइल्याण्डसँग पराजित

  • 5 minutes ago
नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । आइसीसी महिला विश्वकप टि ट्वण्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको

घिनलाग्दो इशाराबारे सिमियोनले माफी मागे

  • 12 minutes ago
घिनलाग्दो इशाराबारे सिमियोनले माफी मागे

काठमाडौँ । एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमियोनले माफी मागेका छन् । बुधबार राति सम्पन्न च्याम्पियन्स लिग अन्तर्गतको खेलमा युभेन्ट्सविरुद्ध आफ्ना खेलाडी जोसे गिमिनेजले गोल गरेपछि सिमियोनले दुई हा

नयाँ म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक

  • 23 minutes ago
नयाँ म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक

काठमाडौँ । मोडेल भुवन श्रेष्ठद्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक भएको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।