तमु फोरम यूकेको साधारण सभा सम्पन्न
- नेपालीपत्र संवाददाता
- आइतबार, २० साउन, २०७५
- 6 months ago
- युके

लण्डन । बेलायत स्थित तमुहरूको ७३ वटा संघ–संस्थाहरूको संयुक्त प्रयासमा विगत केहि वर्षदेखि तमुहरूको उत्पति, इतिहास, धर्म, संस्कार, संस्कृति, वेशभूषा, भाषासाहित्य, चाडपर्व, सामाजिक आर्थिक स्थिति र कला सम्बन्धि एउटा त्रिभाषीय बृहत कृति प्रकाशन गर्ने पहल भईरहेको छ ।
यस अभियानलाई ‘मिलेनियम प्रोजेक्ट’ नाम दिइएको छ । पुस्तकको शिर्षक ‘तमुहरूको सम्पदा’ अथवा ‘गुरुङ ह्यारिटेज’ राखेको प्रोजेक्टका लेखक मध्येका ‘भेषभूषा र भाषा साहित्य’का समुह नायक, सुमलकुमार गुरुङले बताए ।
क्या.रि. राजु गुरूङको संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष कार्यशाला सम्पन्न गरेर तमु बौद्धिक व्यक्तित्वहरूले आ–आप्mना धारणाहरू कार्यशाला मार्फत पेश गर्दै आएका छन् ।
यतिबेला तमु फोरमको निर्देशकको हैसियतमा क्या.रि. राजु गुरुङलाई सर्वसम्मत चयन गरे पश्चात उनको नेतृत्वमा तमुहरूका धर्मगुरुहरूको राय बटुल्ने अभिप्रायले यहि आउने १६ सेप्टेम्बर २०१८को दिनमा सम्पन्न गरिने तमु धर्मगुरुहरुको बृहत अन्तरक्रिया सम्पन्न गर्ने भएको छ ।
त्यही कार्यक्रम सम्बन्धी खेगी गुरुहरूसँग आज फार्नबारो स्थित गुर्खा प्यालेस रेस्टुरेन्टमा साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमका सह–निर्देशक हरि गुरुङले सञ्चालन गरेको यस साधारण सभाको सभाध्यक्षता क्या.रि. राजु गुरुङले गरेका थिए ।
सभालाई फोरमका अर्को सह–निर्देशक क्या।रि। देवराज तमुले सबैलाई स्वागत गर्दै कार्यक्रमको औचित्य बारे प्रकाश पारेका थिए । निर्देशक क्या.रि. राजु गुरुङले यस अभियानलाई सफल पार्न सबैलाई आग्रह गर्नुका साथै हालसम्मको प्रगती संक्षिप्त रुपमा प्रकाश पारेका थिए ।
साधारण सभामा बोर्ड अफ काउन्सिलका अध्यक्ष मेजर रि. एलबी गुरुङ, धर्मगुरुहरू क्रमशः पैँडि पच्यु चिबा, यारजंग तमु, खेम्पो शिरलम गुरुङ र क्लिह्प्री चिबा दानबहादुर तमुलै सम्बोधन गरेका थिए ।
सभाको अन्तमा बोर्ड अफ काउन्सिलका उपाध्यक्ष क्या.रि. डेमबबहादुर तमुले धन्यवाद ज्ञापन गरेर सभा विसर्जन गरेका थिए ।
थप समाचार
बेलफास्टमा प्रजातन्त्र दिवस कार्यक्रम, नेपाल भ्रमण वर्ष २०२० प्रबर्द्धनको प्रयास
- 2 hours ago

समारोहमा प्रमुख अतिथी तथा विशेष अतिथिहरुले संयुक्त रुपमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अनावरण गरी उत्तरी आयरल्याण्डमा नेपाल भ्रमण वर्षको प्रचार अभियान प्रारम्भ गरे ।
अस्ट्रेलियामा कसरी देखियो नर्सिङ विद्यार्थीहरुको समस्या, समाधान के ?
- 4 hours ago

सिड्नी । अस्ट्रेलियामा यतिबेला हजारौं नेपाली विद्यार्थीको भविस्य अनिस्चित भएको छ । अस्ट्रेलियामा वर्षौं समय तथा हजारौं डलर रकम खर्च गरेर नर्सिङ पढेका विद्यार्थीहरुको भविस्य अन्यौलमा परेको हो ।
जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...
- 12 hours ago

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनलाई निकै असल व्यक्तिको रुपमा लिइन्छ । उनको अभिनय र निजि जीवनका पाटाहरु निकै सुन्दर मानिन्छन् ।
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।
विचित्र विश्व
यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।