बन्दीपुरमा पर्यटन तथा सांस्कृतिक महोत्सव

  • शनिबार, २३ भदौ, २०७५
  • 2 weeks ago
  • अर्थ

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि तनहुँ पर्यटन तथा सांस्कृतिक महोत्सव एवं बन्दीपुर भेटघाट शुरु भएको छ । 

 

बन्दीपुर गाउँपालिका, बन्दीपुर युनेस्को क्लब, रोट¥याक्ट क्लब अफ दमौली र ड्याप्स नेपालको आयोजनामा शुरु भएको महोत्सवको उद्घाटन गर्दै तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले तनहुँको पर्यटकीयस्थल एवं संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्न महोत्सव फलदायी हुने विश्वास व्यक्त गरे । 

 

बन्दीपुरलाई केन्द्रमा राखेर समग्र तनहुँकै सांस्कृतिक परम्पराको उजागर गर्नका लागि आयोजित महोत्सवले संस्कृतिको जगेर्ना हुनुका साथै पर्यटकीयस्थलको प्रचारप्रसार गर्नसमेत मद्दत पुग्ने सांसद श्रेष्ठले बताए । 

 

सन् २०२० सम्ममा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ घोषणा गरिएको नेपाल भ्रमण वर्षलाई जिल्लास्तरमा हुने यस्ता मेला महोत्सवले सहयोग गर्ने विश्वास व्यक्त गरे । 

 

कार्यक्रममा प्रदेशसभा सदस्य डोवाटे विकले विभिन्न जातजातिको भाषा, संस्कृति संरक्षण र सम्वद्र्धनका लागि महोत्सवले टेवा पु¥याउने बताए । 

 

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा र बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुरको पर्यटन र संस्कृति प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको बताए । 

 

महोत्सव उद्घाटनका अवसरमा नेवार समुदायको लाखे नाँच, डोको नाच, मगर समुदायको कौरा नृत्य, चेपाङ समुदायको ढ्याङ्गो नाचलगायतका सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । शनिबारसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुति दिनेछन् । 

 


थप समाचार

एन्फा अध्यक्षसहित अफिसियल टोली लण्डनमा

  • 43 minutes ago
एन्फा अध्यक्षसहित अफिसियल टोली लण्डनमा

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को वार्षिक अवार्ड वितरण समारोह तथा विश्वकप समिक्षा बैठकमा भाग लिन एन्फा अध्यक्ष शेर्पासंगै उपाध्यक्षयद्धय कृष्णबहादुर थापा र उपेन्द्रमानसिंह शनिबार साँझ लण्डन आइपु

भूकम्पमा 'भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

  • 4 hours ago
भूकम्पमा 'भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको चर्चित वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका सांसद गेथिन्स उनीहरुको कथा सुनेर भावुक बनेका हुन् ।

उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

  • 9 hours ago
उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

काठमाडौँ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । उनले आज विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गरे । यिपिन प



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

बुढी औलाले बताउँछ तपाईको स्वभाव

बुढी औलाले बताउँछ तपाईको स्वभाव

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।