बाहुबलीको भिडन्तले तनहूँ काँग्रेसलाई सास्ती

काठमाडौँ । नेपाली काँग्रेस तनहूँका समर्थकहरु यतिबेला काँग्रेसकै दुई बाहुबली नेताका भिडन्तको चेपुवामा परेका छन् । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व सहमहामन्त्री गोविन्दराज जोशीबीच वषौंदेखि नै कायम प्रतिष्पर्धा भुसकोक आगोझैं सल्किँदै यतिबेला दावानालका रुपमा प्रकट भएको छ । 

 

दुबै नेताले एक अर्कालाई सिध्याउने खेलमा खुलेरै लागिपर्नुभएको छ । गत मंगलबार जोशीले काँग्रेस तनहूँको जिल्लाको विशेष अधिवेशनको आयोजना गरेर खुल्ला रुपमै पौडेलको अस्तित्वलाई चुनौती दिएलगत्तै पौडेलको लागि तनहूँ फलामको च्युरा साबित हुने आँकलन गर्न थालिएको छ । 

 

यसअघि पनि पौडेल सार्वजनिक रुपमै जोशीका कारणक आफूलाई तनहूँबाट राजनीति गर्न समस्या परेको बताउने गर्नुभएको थियो । पछिल्लो समयमा आएर पौडेलले सभापति शेरबहादुर देउवालाई दबावमा पारि जोशीसहितका केही नेता तथा कार्यकर्तालाई कारबाही गरेर दलबाट निश्कासन गरेपछि यो विवादले मंगलबारसम्म आइपुग्दा ठूलो रुप लिएको छ । केही दिनअघि मात्रै काँग्रेसले जोशीलाई कारबाही गर्दै पाँच वर्षका लागि पार्टी साधरण सदस्य नै नरहने गरी कारबाही गरेको थियो । आजको विमर्श साप्ताहिकबाट ।

 


थप समाचार

महिनावारीका बेला पेट दुखेमा...

  • 21 minutes ago
महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।

माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

  • 38 minutes ago
माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

काठमाडौं । माझी भाषी फिल्म ‘मोङो डोङा–२’ रिलिज मिति तोकिएको छ । गायक तथा अभिनेता यमनका स्टारर् ‘मोङो डोङा–२’ यही जेठ २५ गतेबाट दर्शकमाझ रिलिजमा आउने भएको छ ।

भारतमा भएको सातौँ चरणको मतदानमा मात्र ६१.१३ प्रतिशत मतदाताको सहभागिता

  • 38 minutes ago
भारतमा भएको सातौँ चरणको मतदानमा मात्र ६१.१३ प्रतिशत मतदाताको सहभागिता

नयाँ दिल्ली । भारतमा आइतबार सम्पन्न सातौं चरणको निर्वाचनमा ६१.१३ प्रतिशतले मतदान गरेको आँकलन निर्वाचन आयोगले साँझ ६ः४५ मा आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।