ISMT

HUB Education

दूध र मासुमा तनहुँ बन्याे आत्मनिर्भर

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

दमौली । दूध र मासुमा तनहुँ जिल्ला आत्मनिर्भर बनेको छ । पशुपालनतर्फ कृषकहरुको आकर्षण बढेसँगै आवश्यक दूध र मासुजन्य पदार्थको उत्पादन हुँदा जिल्ला आत्मनिर्भर बनेको हो । जिल्लामा खपत भएको भन्दा बढी उत्पादित दूध र मासुजन्य पदार्थ जिल्ला बाहिर पनि निर्यात हुने गरेको छ । 

 

जिल्लामा वार्षिक २९ हजार ४१९ मेट्रिक टन दूधको माग रहेकामा ४९ हजार ५४३ मेट्रिक टन दूध उत्पादन भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका अनुसार तनहुँमा वार्षिक २० हजार २४ मेट्रिक टन दूध बढी उत्पादन भइरहेको छ । बढी भएको दूध तनहुँ जिल्लाभन्दा बाहिर निर्यात हुने गरेको तथ्याङ्कले देखाएको छ ।

 

विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७४/७५ मा भन्दा आर्थिक वर्ष २०७५/७६ मा मा जिल्लामा दूध उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा ४८ हजार ३३५ मेट्रिक टन दूध उत्पादन भएको थियो । डा. श्रेष्ठका अनुसार प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध आवश्यकता पर्ने भए पनि १५२ लिटर दूध उपलब्ध भइरहेको छ ।

 

डा. श्रेष्ठका अनुसार तनहुँमा उत्पादित दूधमा भैँसीको योगदान बढिरहेको छ । जिल्लामा एक लाख ४० हजार २०६ भैँसी, ९६ हजार ४४१ गाईपालन गरिएको छ । गाईभन्दा भैँसीपालन बढी भएकाले दूध उत्पादनमा भैँसीको योगदान धेरै रहेको डा. श्रेष्ठले जानकारी दिए ।

 

मासुमा पनि आत्मनिर्भर

 

वार्षिक चार हजार ५२६ मेट्रिक टन मासुको माग रहेको तनहुँमा चार हजार ५५८ मेट्रिक टन मासु उत्पादन भइरहेको छ । जिल्लालाई मासुमा आत्मनिर्भर बनाउन विगतदेखि नै विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको कार्यालय प्रमुख डा. श्रेष्ठले बताए । जिल्लामा राँगो/भैँसीबाट दुई हजार ९४९, खसी/बोकाबाट ९९६, भेडाबाट ४.५८, सुङ्गुर/बङ्गुरबाट ३३७.४०, कुखुराबाट २६८.५६ र हाँसबाट १.०८ मेट्रिक टन मासु उत्पादन भएको छ ।

 

तनहुँमा १७२ गाई फार्म, ४९ भैँसी, २८६ बाख्रा, ९६ बङ्गुर र २३६ वटा कुखुरा फार्म दर्ता भएर सञ्चालमा रहेका छन् । युवालाई पशुपालनमा आकर्षित गराउने अनुदान वितरण गर्ने, तालीम प्रदान गर्ने, प्राविधिक सहयोग गर्नेलगायतका कामहरु गरिएको श्रेष्ठले बताए । अण्डामा भने तनहुँ आत्मनिर्भर हुन सकेको छैन । एक करोड ७१ लाख ३४ हजार गोटा अण्डाको माग रहेकामा एक करोड ५२ लाख ५७ हजार गोटा मात्रै अण्डा उत्पादन भइरहेको कार्यालयले जनाएको छ ।

 

प्रतिव्यक्ति वार्षिक १४ केजी मासु आवश्यक भए पनि १४.०९ केजी र ५३ गोटा अण्डा आवश्यक भए पनि ४७.१९ गोटा मात्रै अण्डा उपलब्धता भइरहेको छ । आ.व. २०७५/७६ मा जिल्लामा ९६ हजार ४४१ गाई, एक लाख ४० हजार २०६ भैँसी, पाँच लाख १२ हजार २४ बाख्रा, पाँच लाख ४८ हजार ५८२ कुखुरा र ७८ हजार ४४७ सुङ्गुर/बुङ्गुर पालन गरिएको छ । पशुपालनको सङ्ख्या बढेसँगै तनहुँ दूध र मासुमा आत्मनिर्भर बन्न सफल भएको डा. श्रेष्ठले जानकारी दिए । 

 

आव २०७४/७५ मा ९५ हजार २९७ गाई, एक लाख ३७ हजार १८८ भैँसी, चार लाख ९८ हजार ७८ बाख्रा, पाँच लाख २९ हजार ५१९ कुखुरा र ७६ हजार ९८४ सुङ्गुर/बङ्गुर पालिएको थियो । जिल्लामा ७८ हजार २८६ घरधुरीमध्ये ५२ हजार ६१५ घरधुरी पशुपालनमा आबद्ध छन् । (रासस)


थप समाचार

रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

  • 4 hours ago
रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

काठमाडौँ । टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासत मै राखेर अनुसन्धान गर्न फेरि पाँच दिनको म्याद थपिएको छ ।

निरन्तर ओरालोतर्फ नेप्से

  • 4 hours ago
निरन्तर ओरालोतर्फ नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से ओरालो लागेको छ । सोमबार उकालो लागेको भन्दा पनि बढी अङ्कले आज नेप्से ओरालो लागेको हो ।

‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

  • 4 hours ago
‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको बलियो सरकारसँग मिलेर नेपालको हितमा आर्थिक लाभ हुने गरी विभिन्न कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिइएकाे छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

काठमाडौं । आउँदो शुक्रबार श्रीकृष्ण जन्माष्टमी रहेको छ । श्रीकृष्णको जीवनका कैयौं यस्ता घटनाहरु रहेका छन्, जुन एकदमै रोचक रहेका छन् र यसको बारेमा सबै मानिसलाई थाहा नहुन पनि सक्छ ।

विचित्र विश्व

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एजेन्सी । स्कटिस काउन्सिल वेस्ट डन्बर्टशायरको एक विद्यालयमा नयाँ शैक्षिक शत्र सुरु हुन भन्दा अघि २५ जुम्ल्याहा बच्चाहरुले भर्ना गरेका छन् । उनिहरु सबैको कक्षा सोमबारदेखि सुरु भएको छ ।