IIMS College

ISMT

HUB Education

फाराम भरेको दुई वर्ष बित्दासमेत धारा पाइएन्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

दाङ । दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले लामो समयदेखि खानेपानीको धारा वितरण गर्न सकेको छैन ।  लामो समयपछि गत वर्ष फागुनमा संस्थाले नयाँ धारा जडानका लागि आवेदन आह्वान ग-यो । तुलसीपुर उपमहानगरपालिकाको निर्देशनपछि मात्रै खानेपानीले धारा जडानका लागि आवेदन ग¥यो । संस्थाले दुई हजार ५०० जनालाई नयाँ धारा जडानका लागि आवेदन खुला गरेको थियो । 

 

तर, त्यो भन्दा दुई वर्षअघि नै नयाँ धाराका लागि फाराम भरेका ७०० ले समेत नयाँ धारा पाएका छैनन् । अहिले धारा नपाएपछि उपभोक्ता आक्रोसित भएका छन् । धारा जडानका लागि भन्दै गत बैशाखमा रु २५ हजार राजश्वसमेत बुझाई सकेको भए पनि अहिलेसम्म धारा जडान भएको छैन । नयाँ धारा जडानका लागि गत बैशाख १५ गतेभित्र राजश्व बुझाउन खानेपानीले अनुरोध गरेको भन्दै सोही आधारमा राजश्व बुझाइएको थियो ।

 

दुई वर्षअघि खोलिएको आवेदनमा ७०० जनाले फाराम भरेको भन्दै ती उपभोक्तालाई चाँडै तीजपछि धारा वितरण गर्ने तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष खेमराज ओलीले बताए । गत वर्ष फागुनमा आवेदन माग गरिएकाको भने अझै एक÷दुई वर्ष लाग्न सक्ने उनको भनाइ छ । अहिले खानेपानीको उपयुक्त स्रोत नहुँदा पनि धारा वितरण गर्न नसकिएको उनले बताए । 

 

“यही वर्षको साउनमा हामीले नयाँ धारा जडान गर्ने योजना बनाएका थियौँ”, उनले भने, “तर पर्याप्त वर्षा भएन, मुहान बढेनन्, त्यसैले पनि हामीले नयाँ धारा जडान गर्न सकेनौँ ।” अर्कोतर्फ कार्यसमितिको बैठक पनि नबसेकाले यस्तो समस्या भएको समेत उनको भनाइ छ । दुई महीनादेखि कार्यसमितिको बैठक बस्न नसकेको उनले बताए । नयाँ धारा जडान गर्दा पानी पु¥याउन केही समस्या भए पनि फाराम भरेकालाई धारा भने जडान गर्ने उनले बताए । नयाँ मुहानको व्यवस्था नहुँदासम्म धारा वितरण गर्न नसकिने अध्यक्ष ओलीको भनाइ छ । 

 

त्यसका लागि करीब रु ४०÷५० करोडको योजना पूरा भएको हुनुपर्ने उहाँको भनाइ छ । धारा दिने ठूलो कुरा नभई जडान गरेका धारामा नियमित पानी दिनु ठूलो कुरा हुने उनको भनाइ छ । उनले बबईको पानी लिफ्टिङ गरेर ल्याउनका लागि डिपिआर भइरहेकाले सोही योजनाको काम पूरा भएपछि मात्रै थप धारा जडान गर्न सकिने बताए । अहिले तुलसीपुरमा छ हजार ५०० धारामा दैनिक खानेपानी प्रदान गरिँदै आइएको छ । 

 

तीमध्ये एउटा धाराको सहारा १५ घरपरिवारले लिनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । सरकारले अघि सारेको ‘एक घर, एक धारा’ को अवधारणालाई अघि बढाउनका लागि तुलसीपुरमा अझै थप १५ हजार धारा वितरण गर्नुपर्ने आवश्यकता रहेकोसमेत अध्यक्ष ओलीको भनाइ छ । यो समस्या समाधान गर्न पातुखोलामा हाइड्याम निर्माण गर्नुपर्ने उनले बताए ।


थप समाचार

बरुणलाई फ्यानको विशेष गिफ्ट

  • 20 minutes ago
बरुणलाई फ्यानको विशेष गिफ्ट

बलिउड अभिनेता बरुण धवन आफ्नो शान्दार अभिनयका कारण चर्चामा छन् । यसैक्रममा उनी सार्वजनिक स्थलहरुमा उनलाई फ्यानहरु घेरिन्छन्, तर पनि उनले असहज महसुस गरेता पनि कहिल्यै रिस देखाउँदैनन् । अहिले अभिनेता बरु

अग्रीम टिकट खुल्दा बसपार्कमा दोस्रो दिन पनि भिड (फोटोफिचर )

  • 22 minutes ago
अग्रीम टिकट खुल्दा बसपार्कमा दोस्रो दिन पनि भिड (फोटोफिचर )

काठमाडौं । दसैं, तिहार तथा छठ पर्वका लागि काठमाडौंबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट खुला भएको छ ।

कार्यालय समयमा समाजिक सञ्जाल चलाउन नपाउने

  • 33 minutes ago
कार्यालय समयमा समाजिक सञ्जाल चलाउन नपाउने

हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरले आफ्ना मातहतका कार्यालयहरुमा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन बन्देज गर्ने निर्णय गरेको छ । समितिको ५०औँ बोर्ड बैठकले कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।

विचित्र विश्व

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी