Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठUKनिजी जेट प्रयोग गरेको भन्दै घेरिए बेलायती प्रधानमन्त्री ऋषि सुनक, प्रश्न उठ्दा यस्तो जवाफ दिए

निजी जेट प्रयोग गरेको भन्दै घेरिए बेलायती प्रधानमन्त्री ऋषि सुनक, प्रश्न उठ्दा यस्तो जवाफ दिए


एजेन्सी । बेलायती प्रधानमन्त्री ऋषि सुनक पनि निजी जेट प्रयोग गरेकोमा बेलायतमा आलोचनाको सामना गर्नु परेको छ । जब उनलाई बेलायतमा निजी जेट प्रयोग गर्ने बारे सोधिएको थियो, उनी रिसाएको मिडिया रिपोर्टमा उल्लेख छ।

सञ्चारमाध्यमका अनुसार उनले अन्तर्वार्ता पनि बीचमै छाडेपछि थप विवादमा परेका छन् ।

विपक्षी नेताहरूले पनि यस विषयमा सुनकको रवैयालाई गैरजिम्मेवार भनेका छन् । एक मिडिया रिपोर्टका अनुसार भारतीय मूलका प्रधानमन्त्री ऋषि सुनकले पनि एक घन्टामा ट्रेनबाट बेलायत पुग्न सक्ने यात्राका लागि निजी जेटको प्रयोग गरेका थिए। अर्कोतर्फ भने सुनकले आफूले समयको सदुपयोग गर्न चाहेकोले निजी जेट प्रयोग गरेको दाबी गरेका छन् ।

बेलायती प्रधानमन्त्री सुनक केही महिनादेखि निजी जेट प्रयोग गरेको भन्दै विपक्षी र मिडियाको निशानामा छन् । उनी सोमबार निजी विमानमा स्कटल्याण्ड गएका थिए । फर्किएपछि उनले ‘बीबीसी रेडियो’लाई अन्तर्वार्ता दिएका थिए । उक्त अन्तर्वार्तामा तपाई जहिले पनि जलवायु परिवर्तनको कुरा गर्नुहुन्छ तर अर्कोतिर देशभित्र घुम्नका लागि निजी जेट पनि प्रयोग गर्नुहुन्छ भनी सोधिएको थियो । यो प्रश्नमा बेलायती प्रधानमन्त्री सुनक रिसाएको बताइएको छ ।

उनले असन्तुष्ट स्वरमा भने, ‘म आफ्नो समयको सदुपयोग गर्छु । प्रश्न उठाउनुको सट्टा समाधानको कुरा गर्नु राम्रो हुन्छ । पहिले पनि यस्तै यात्रा गर्थे, आज पनि गर्दैछु । समयको सही सदुपयोग गर्दा के गलत छ ?

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रदर्शन

लण्डन । लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्र पार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् । गोपीचन्द्रले २६ माइल दुरीको दौड २ घण्टा

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो

लण्डन । पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । सामुद्रिक खाना सेलफिस खोज्ने क्रममा करिब दुई साताअघिदेखि

पासा पुचः गुथि यूकेले बिस्का जात्रा मनाउने

लण्डन । पासा पुचः गुथि यूकेले शनिबार १३ अप्रिलका दिन ‘लण्डन बिस्का जात्रा’ मनाउँदैछ । नेपाली नयाँ वर्ष २०८१ वैशाख

ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्री

लण्डन । आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत

पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का बेपत्ता

पोर्चुगल । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति

युकेतर्फ लाग्यो ‘द भ्वाइस अफ नेपाल’को टिम

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’को टिम सांगीतिक कन्सर्ट गर्न युकेतर्फ प्रस्थान गरेको छ । ‘भ्वाइस अफ नेपाल २०२४’को टोली

Techie IT