IIMS College

ISMT

HUB Education

एकैदिनमै टाटा मोटर्सको सेयरमूल्य घट्यो ३० प्रतिशत

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

मुम्बई । जागुअर ल्यान्डरोभर बिक्रीमा समस्या देखिएपछि भारतको टाटा मोटर्स कम्पनीको सेयरमूल्य शुक्रबार ३० प्रतिशत घटेको छ । भारतकै ठूलो विलासी कार निर्माता टाटा मोटर्सको पहिलो चौमासिकमा सबैभन्दा बढी नोक्सानी व्यहोरेको थियो । 

 

मुम्बईस्थित कार उत्पादक टाटा मोटर्सले चीनमा जागुअरको माग घटेको तथा ब्रेक्जीटको अनिश्चिततासँगै बढ्दो ऋणका कारण समस्या आएको जनाएको छ । 

 

कम्पनीले सन् २०१८ को अन्तिम चौमासिक (सेप्टेम्बरदेखि डिसेम्बरसम्म) अवधिमा खूद नोक्सानी ३ अर्ब ८० करोड डलर (२ खर्ब ७० अर्ब भारतीय रुपैयाँ) भएको जनाएको छ । अघिल्लो वर्ष त्यही अवधिमा कम्पनीको नाफा १२ अर्ब भारतीय रुपैयाँ भएको थियो । 

 

भारतीय कर्पोरेट इतिहासमै यो सबैभन्दा ठूलो नोक्सानी हो । ब्लुमबर्ग न्यूजका अनुसार यसअघि सन् २०१२ मा इन्डियन आयल कर्पोरेसनले सबैभन्दा बढी नोक्सानी व्यहोरेको थियो । 

 

“अहिले उद्योगका लागि कठिन घडी हो, तर हामी दिगो र नाफामुखी वृद्धि सुनिश्चित गर्नेतर्फ केन्द्रित हुनेछौं,” जागुअर ल्यान्डरोभरका प्रमुख कार्यकारी राल्फ स्पेथले बताए । 

 

चीनमा कारको बिक्री घटेसँगै जागुअर ल्यान्डरोभरले अघिल्लो साता विश्वभर चार हजार ५०० कामदार हटाउने निर्णय गरेको थियो । 

 

ब्लुमबर्गका अनुसार विगत १२ महिनामा टाटा मोटर्सको सेयरमूल्यमा ५० प्रतिशतभन्दा बढी घटेको छ । विगत २६ वर्षमा टाटा मोटर्सको सेयरमूल्य एकै दिन यतिठूलो परिमाणमा घटेको यो पहिलोपटक हो । 


थप समाचार

यस्तो पनि देश जहाँ ५० दिनसम्म घाम अस्ताउदैन !

  • 10 minutes ago
यस्तो पनि देश जहाँ ५० दिनसम्म घाम अस्ताउदैन !

प्रकृतिको नियम अनुसार एक दिनमा १२ घन्टा अँध्यारो हुन्छ भने १२ घन्टा उज्यालो हुने गर्दछ । तर संसारमा यस्ता देश पनि छन्, जहाँ महिनौसम्म अन्धकार हुदैन, अर्थात २४ सै घण्टा उज्यालो हुने गर्दछ ।

राति १ः३० बजेको समयमा १८ जुवाडे पक्राउ

  • 23 minutes ago
राति १ः३० बजेको समयमा १८ जुवाडे पक्राउ

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वको प्रहरी टोलीले गएराति जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले राति १ः३० बजेको समयमा देवचुली नगरपालिका–६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवाता

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ? १० हजार वर्षपछि आयो यस्तो सत्य

  • 45 minutes ago
के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव  ? १० हजार वर्षपछि आयो यस्तो सत्य

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

वि.सं.२०७६ साल कात्तिक ०४ गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । काठमाडौंमा सूर्योदय ०६ बजेर ०७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट ।

विचित्र विश्व

यस्तो पनि देश जहाँ ५० दिनसम्म घाम अस्ताउदैन !

यस्तो पनि देश जहाँ ५० दिनसम्म घाम अस्ताउदैन !

प्रकृतिको नियम अनुसार एक दिनमा १२ घन्टा अँध्यारो हुन्छ भने १२ घन्टा उज्यालो हुने गर्दछ । तर संसारमा यस्ता देश पनि छन्, जहाँ महिनौसम्म अन्धकार हुदैन, अर्थात २४ सै घण्टा उज्यालो हुने गर्दछ ।