IIMS College

ISMT

HUB Education

विद्युतीय भुक्तानी गरे करको १० प्रतिशत खातामै फिर्ता

प्रतिकात्मक फोटो
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । आन्तरिक राजश्व विभागले विगतभन्दा यसपालि ठूलो मात्रामा करको दायरा बढाएको छ । गत वर्ष २१ लाख करदाता रहेकामा अहिले दायरा बढाएर विभागले २९ लाख ६५ हजार करदाता पुर्याएको छ । यो कूल जनसङ्ख्याको करीब छ प्रतिशत हो । 

 

विभागको निजी तथा विश्लेषण शाखाका निर्देशक कृष्णबहादुर बोहराले करमा समावेश नभएका करदाता समावेश भएको र कतिपय अवस्थामा स्किमका कारण दायरा बढेको बताए । उनले ‘प्यान फर अल’ भन्ने अभियानले पनि करको दायरा फराकिलो भएको जिकिर गरे । छुटेकालाई सहभागी गराएर दायरालाई अझै बढाउने योजना विभागको छ । विभागका महानिर्देशक विनोदबहादुर कुँवरले आयातमा आधारित राजश्व सङ्कलनलाई पछिल्लो समयमा आन्तरिक उत्पादनमा आधारित बनाएको भन्दै करको वृद्धिदर उत्साहजनक रहेको बताए । 

 

करको दायरा बढेपछि पहिलो चौमासिकमा भने विभागले राजश्वको लक्ष्य भेट्टाउन भने सकेको छैन । गत वर्षको यही अवधिको तुलनामा भने २३ प्रतिशतले राजश्व वृद्धि गरेको छ । चालू आवको कात्तिकसम्ममा विभागले रु १२५ अर्ब राजश्व सङ्कलनको लक्ष्य लिएको थियो । शुक्रबारसम्मको विवरणअनुसार विभागले कूल रु १०४ अर्ब मात्रै राजश्व सङ्कलन गरेको छ । चालू आवमा भने विभागले कूल रु ५०६ अर्ब राजश्व सङ्कलनको लक्ष्य लिएको छ । कूल गार्हस्थ उत्पादनमा आन्तरिक राजश्वको योगदान भने करीब २२ प्रतिशत छ ।

 

विभागका अनुसार ‘प्यान फर अल’ कार्यक्रमबाट नयाँ सात लाख ९४ हजार करदाताले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । मूल्य अभिवृद्धि करमा भने दुई लाख ३९ हजार ७५८ करदाता दर्ता भएको बताइएको छ ।

 

पैसा फिर्ता योजना 

 

करदातालाई जागरुग गराइ अनिवार्य बिल लिने व्यवस्थाका लागि यस वर्षदेखि विभागले विद्युतीय माध्यमबाट भुक्तानी गर्नेलाई कर फिर्ता हुने योजना अघि सारेको छ । “अब कुनै उपभोक्ताले वस्तु वा सेवा खरीद गर्दा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा करको १० प्रतिशत रकम निजकै खातामा फिर्ता हुन्छ, त्यो रकममा कर कट्टी गर्नु पर्दैन, यसको कार्यविधि बनेपछि लागू हुन्छ”, विभागका निर्देशक बोहराले भने । 

 

बजारमा बिल लिने दिने प्रवृत्तिमा सुस्तता रहेको र धेरै जसोले बिल नै नलिने गरेकाले त्यसको प्रयोग बढाउन पैसा फिर्ता कार्यक्रम ल्याउन लागिएको छ । तत्कालका लागि कार्डको प्रयोग गर्न नसकिने भए पनि अन्य माध्यमबाट भने भुक्तानी गर्न सकिने अध्ययनले देखाएको उनले बताए । यसका लागि कार्यविधि बनिरहेकाले कार्यविधि आएपछि तत्कालै कार्यक्रम लागू हुने छ ।

 

विभागले नविनतम सोच, सीप, उद्यमशिलता र प्रविधिको प्रयोग गरी व्यवसाय शुरु गरेका व्यक्ति वा संस्था आगामी पुस मसान्तसम्ममा करको दायरामा आए आव २०७५/७६ भन्दा अगाडिको कर, जरिवाना र दस्तुर नलाग्ने जनाएको छ । यस्तै रु १० लाखभन्दा बढीको कर भने नगदमा झुक्तानी नहुने जनाएको छ । 


थप समाचार

प्रिमियर लिगमा आज कुन–कुन खेल हुँदै ?

  • 17 minutes ago
प्रिमियर लिगमा आज कुन–कुन खेल हुँदै ?

काठमाडौं । क्लब फुटबलमा सर्वाधिक चर्चित लिग इंग्लिस प्रिमियर लिगमा आज शनिबार म्याचविक १७ अन्तर्गत ६ खेल हुँदैछ । नेपाली समय अनुसार बेलुका ६ः१५ बजे शीर्षस्थानमा रहेको लिभरपुलले आफ्नै घरेलु मैदानमा वाटफ

साडी लगाउँदा कस्ती देखिन्छिन् अभिनेत्री प्रियंका कार्की ?

  • 24 minutes ago
साडी लगाउँदा कस्ती देखिन्छिन् अभिनेत्री प्रियंका कार्की ?

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् प्रियंका कार्की । उनको जन्म सन् १९८७, फ्रेबुअरी २७ काठमाडौँमा भएको थियो । उनको मातापितको नाम भुपेन्द्र र रक्षा कार्की हो ।

काठमाडौँको एक घरबाट दिउँसै साढे १४ लाख बराबरको चोरी

  • 27 minutes ago
काठमाडौँको एक घरबाट दिउँसै साढे १४ लाख बराबरको चोरी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३, कालिमाटीस्थित एक घरबाट दिउँसै साढे १४ लाख बराबरको चोरी भएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

वि.सं.२०७६ साल मंसिर २८ गते । शनिबार । ईश्वी सन् २०१९ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि द्वितीया,०७ घडी ९२ पला,बिहान ०९ बजेर ४८ मिनेट उप्रान्त तृतीया । काठमाडौंमा सूर्योदय ०६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।