आजबाट यी कुराहरुमा थपियो करको भारी

  • मंगलबार, १ साउन, २०७५
  • 2 months ago
  • अर्थ

काठमाडौं । आजबाट नयाँ आर्थिक वर्ष सुरु भएसँगै बिभिन्न किसिमका सामानहरुमा अन्तशुल्क बढेको छ । सरकारले जेठ १५ गते गरेको बजेट भाषणमा उल्लेख गरेका केही प्रावधान जेठ १६ गतेदेखि नै लागू भएपनि धेरैजसो प्रावधान भने आजबाट लागू भएको छ । 

 

चुरोट, रक्सी लगायतमा लाग्ने अन्तशुल्क बढाउने, भन्सार महशुल बढाउने, मूल्य अभिबृद्धि कर, सडक मर्मत तथा सुधार दस्तुर, करको दायरामा आउनेलाई शुल्क र ब्याज मिनाहा तथा अटेरी गर्नेलाई जरीवाना गर्ने लगायतका आर्थिक ऐनका दफा १, २, ३, ४, ५, ६, ७, ८, ९, ११, २०, २१, २२ र ३१ लागू भइसकेका छन् । त्यसैको प्रभावले मोटरसाइकल तथा गाडी, चुरोट रक्सी लगायतको भाउ बढिसकेको छ । 

 

आजबाट भने दूरसञ्चार सेवा दस्तुर १३ प्रतिशतले बढेकाको छ । त्यस्तै, नयाँ फोन जडान गर्दा पनि थप १ हजार रुपैयाँ शुल्क लाग्नेछ । 

 

कार, जिप भ्यान लगायतका गाडी किन्दा मूल्यको १० प्रतिशतसम्म रजिष्ट्रेशन शुल्क तिर्नुपर्ने भएको छ । त्योभन्दा पनि धेरै मोटरसाइकलको मूल्य बढेको छ । अब १ सय ५० सीसीसम्मको मोटरसाइकलले १५ हजार, २ सय ५० सीसीसम्मको मोटरसाइकलको १८ हजार, ४ सय सीसीसम्मको ५० हजार र त्यसभन्दा माथि २ लाख रुपैयाँसम्म रजिष्ट्रेशन शुल्क तिनुपर्ने भएको छ ।

 

उता क्यासिनो चलाएबापत ४ करोड र मेसिनबाट खेलाइने क्यासिनोमा थप १ करोड गरी ५ क्यासिनो रोयल्टी ५ करोड रुपैयाँ पुगेको छ । 

 

यस्तै नेपालभित्र सडक निर्माणको लागि सवारी दर्ता गर्दा पनि अब शुल्क तिर्नुपर्ने भएको छ । यस्तै पेट्रोलियम पदार्थमा प्रतिलिटर ५० पैसाका दरले प्रदुषण नियन्त्रण शुल्क पनि बढेको छ ।

 

आजैबाट सामाजिक सुरक्षाको १ प्रतिशत बाहेक १०, २० र ३० प्रतिशतको दरले आयकर तिर्नुपर्ने छ । अब वर्षमा ७ लाख रुपैयाँसम्म कमाउने व्यक्तिले अहिले तिर्दै आएको करमा वर्षमा झण्डै १५ हजार रुपैँया छुट पाउनेछन् । तर वर्षमा ७ लाख भन्दा धेरै कमाई गर्ने व्यक्तिले भने साउनदेखि कमाईअनुसार ३६ प्रतिशतसम्म कर तिर्नुपर्नेछ । 

 

यसरी सरकारले कर बढाउने निर्णय गरेसँगै सम्बन्धिक व्यवसायीहरु सुखी छैनन् । उनीहरुले सरकारले कर बढाएपछि पुरानै मूल्यमा वस्तु तथा सेवा दिन नसक्ने भन्दै मूल्य बढाएका छन् ।


थप समाचार

अस्ट्रेलियामा दीप नारायण चौधरीको अध्यक्षतामा थारु समाज गठन

  • 3 minutes ago
अस्ट्रेलियामा दीप नारायण चौधरीको अध्यक्षतामा थारु समाज गठन

सिड्नी । नेपालको बिभिन्न स्थानबाट आएर अष्ट्रेलियामा बसोवास गर्दै आएका आदिवासी थारुहरुले ‘थारु सोसाइटी अष्ट्रेलिया’ संस्था गठन गरेका छन् । विश्व आदिवासी दिवसको अवसर पारेर संस्था गठनको घोषणा भएको थियो

शान्ति नेपाली समाजमा थापाको नेतृत्वमा नयां कार्यसमिति

  • 6 minutes ago
शान्ति नेपाली समाजमा थापाको नेतृत्वमा नयां कार्यसमिति

लण्डन । शान्ति नेपाली समाज बेलायतले लिलबहादुर थापाको नेतृत्वमा नयां कार्यसमिति चयन गरेको छ । बर्मिङ्गहम क्षेत्रमा बस्ने नेपालीहरुको यो संस्थाको सोमबार सम्पन्न अधिवेसनले थापा नेतृत्वको कार्यसमिति सर्व

वडा अध्यक्ष भण्डारी भरतपुर महानगरपालिकाकाे प्रवक्ता नियुक्त

  • 12 minutes ago
वडा अध्यक्ष भण्डारी भरतपुर महानगरपालिकाकाे प्रवक्ता नियुक्त

चितवन । भरतपुर महानगरपालिकाको १९ औं बैठकले महानगरपालिकाको प्रवक्तामा अरुण पीडित भण्डरीलाई नियुक्त गरेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।