‘सुविधा सिटामोल नि छैन, तिर्नुछ करमाथि कर’

जाजरकोट । जिताएर पठाएका जनप्रतिनिधिबाट जनताले सुविधा चाहेका थिए । सेवा दैलामै आउला भन्ने आशा गरेका थिए । तर, पचास गुनासम्म कर बढाएपछि भेरी नगरका जनता आक्रोशित छन् ।

 

भेरी नगरपालिका–२ रिसाङ्गकी डिला पुनले घरजग्गाको मालपोत प्रतिवर्ष १६ रुपैयाँ बुझाउँथिन् । तर नगरपालिकाले गत वर्षदेखि लगाएको एकीकृत सम्पत्ति करबापत उनले एकैपटक १९ हजार बुझाउनु पर्‍यो ।

 

एकाएक भएको करवृद्धिबाट उनी दिक्क छिन् । ‘आम्दानी खासै नहुने १७ रोपनी बारी र चारकोठे घर मात्रै छ,’ पुनले भनिन्, ‘स्थानीय सरकार बनेपछि सेवासुविधामा परिवर्तन छैन, अस्पतालमा सिटामोल नि पाइँदैन । सामान्य उपचारका लागि पनि जिल्लाबाहिर जानुपर्ने बाध्यता छ । तर हामीजस्ता गरिबको ढाड सेक्ने गरी कर उठाइएको छ । हामीलाई बिल्कुल चित्त बुझेको छैन ।’

 

भेरी–३ थाप्लेका कृष्णविक्रम शाहले घरजग्गाको कर हरेक वर्ष नौ सय ११ रुपैयाँ बुझाउँथे । अहिले एकीकृत सम्पत्ति करबापत उनले ४० हजार रुपैयाँ तिरे । उनको ६५ रोपनी खेत तथा पाखोबारी र सदरमुकाममा दुई घर छन् । ‘त्यो जमिन र घरबाट खासै आम्दानी छैन’, शाहले भने, ‘तर स्थानीय सरकारको चर्को कर तिर्न म बाध्य छु । एकैपटक पचासौं गुणा बढेको छ ।’

 

सेवासुविधा नपाइने, आम्दानी नहुने तर करवृद्धि गर्ने कार्यले जनताले सुशासन अनुभुति नगरेको उनले सुनाए । उनले भने, ‘करवृद्धि जनतामाथि अन्याय हो । आम्दानीअनुसार पो कर हुनुपर्‍यो । यसरी त हाम्रो छाक नै काटिने भयो ।’ नगरले कर बढाएसँगै बजारमा मूल्यवृद्धि भएको उनले बताए ।

 

भेरी–४ का ललितजंग शाहले यसअघि सात रुपैयाँ तिरो तिर्थे । अहिले एक हजार तिरे । सोही वडाकी योगमाया कार्कीले पाँच रुपैयाँ तिर्थिन् । यसपटक ६ सय ५० तिर्नुपर्‍यो । ‘स्थानीय सरकारसँगै सिंहदरबारको अधिकार गाँउमै आउला र सेवासुविधा बढ्ला भन्ने सोचेका थियौं,’ लतिलजंगले भने, ‘तर एक वर्षको अनुभवले त्यो गलत सावित गरिदियो । सुविधा बढेको छैन, कर मात्रै बढाइएको छ ।’ उनले संघीयता जनताका लागि नभएर नेताका लागि मात्रै भएको गुनासो पनि सुनाए ।

 

भेरी नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ देखि एकीकृत सम्पत्ति कर लगाएको हो । सो करको नाममा चर्को शुल्क असुलेको भन्दै गत वर्ष नगरवासीले आन्दोलन समेत गरेका थिए । आन्दोलन रोक्न केही कर र सिफारिस दस्तुर हेरफेर गरिएको थियो । तर स्थानीय बासिन्दा अझै असन्तुष्ट छन् । कतिले बढेको रकम तिर्न सकेका छैनन् । आजको अन्नपूर्ण पोस्ट्बाट । 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 4 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 9 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 9 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।