जनताको करमा जनप्रतिनिधि सरर
- बुधबार, ३० साउन, २०७५
- 6 months ago
- समाचार

नेपालगन्ज । रोल्पाको माडी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष खर्कबहादुर पुनले वडाका सडक निर्माणमा यसपालि आफ्नै डोजर प्रयोग गरे । वडामा मात्र नभएर सिंगो गाउँपालिकाबाट यो विषयमा गुनासो आयो । तर, सरोकारवालाले कुनै हस्तक्षेप गरेनन् । कारण गाउँपालिका अध्यक्ष नन्दबहादुर पुन स्वयंले डोजर भाडामा लिएर घुमाउरो बाटोबाट काम गरिरहेका थिए । स्थानीयका अनुसार माडी गाउँपालिकामा कतिपय जनप्रतिनिधिले असारअघि आफैं डोजर भाडामा ल्याइसकेका थिए।
थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगर र माडी गाउँपालिका अध्यक्ष नन्दबहादुरले विकास निर्माणका काममा आफन्तमार्फत डोजर सञ्चालन गरेका हुन् । उता गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले पनि यसपालि विकास निर्माणमा आफ्नै डोजर प्रयोग गरे । विवाद आएपछि उनले स्थानीय चुनाव हुनुअघिदेखि नै डोजर रहेको तर चुनाव जितेपछि अरूलाई दिएको बताए । सडक, पुल, भवनलगायत संरचना बनाउन डोजर प्रयोग गर्दा कम्तीमा तीनवटा डोजर कम्पनी वा मालिकबीच प्रतिस्पर्धा गराउनुपर्छ । तर, व्यवहारमा आफूखुसी गरिएको छ।
‘कतिपय जनप्रतिनिधिले डोजर भाडामा लिएको भन्छन् तर त्यो उनीहरूकै हो । जनप्रतिनिधिले डोजर चलाएर पैसा कमाउन खोज्छन् । कहीं नभाको जात्रा अहिले माडीगाउँमा देखिएको छ । हामीले यसबारे पटकपटक कुरा पनि उठाएको हो तर, कसले सुन्ने ?’ माडी गाउँपालिका घर्तीगाउँ निवासी नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोपाल घर्तीले भने।
डोल्पा हालसम्म राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । राष्ट्रिय सडक सञ्जालसँग जिल्ला नजोडिँदा डोल्पामा आन्तरिक सडक निर्माणले गति लिएको छैन । त्रिपुरासुन्दरी नगरपालिकाको वडा नम्बर ३ र ४ देखि जिल्ला सदरमुकाम दुनैसम्म आन्तरिक सडक छ । वडा ३ को सुजुङमा सडकको सानो सञ्जाल छ । ४ नम्बर वडामा केही मात्र सडक खनिएको छ । तर ११ वडा भएका यस नगरपालिकाका अन्य वडामा सडक निर्माण भएको छैन । डोल्पाका जनप्रतिनिधिले सडक निर्माणकार्य सञ्चालन गर्नुको सट्टा जनताको काममा सहजता ल्याउन भन्दै आफू चढ्न मोटरसाइकल किनेका छन्। आजको नागरिकबाट ।
थप समाचार
जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्
- 1 hour ago

'मैले फिल्मको लागि लगानी गर्नुअघि नै बुझेको हुन्छु यो पैसा उठ्दैन भनेर, त्यसैले यसलाई स्वीकार्न मलाई गार्हो हुंदैन ', प्रेम भन्छन्, 'मेलै देखेको छु अरुले बेलामौकामा होलिडे जाने, विभिन्न मनोरञ्जनका ला
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन
- 1 hour ago

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् ।
वेद पुराण : के पुर्नजन्म हुन्छ त ?
- 1 hour ago

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

एजेन्सी । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।
विचित्र विश्व
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।