पहिराले सडक अवरुद्ध पार्दा राजश्व सङ्कलनमा ठूलो असर

  • बिहीबार, ७ भदौ, २०७५
  • 8 months ago
  • अर्थ

रसुवा ।  अविरल वर्षापछि खसेको पहिराले सडक अवरुद्ध पार्दा राजश्व सङ्कलनमा ठूलो असर परेको छ । 

 

अवरुद्ध राजमार्ग चालु गराइ भन्सारको कर असुली, पर्यटकको आवागमन, निर्माण सामग्री ढुवानी र बिरामी ओसारपसारमा सहजता ल्याउन सडक सञ्चालन गर्नु आवश्यक भएको र यसका लागि प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । 

 

पहिरो र नदीकटानबाट अवरुद्ध सडक पुनःनिर्माणका लागि नेपाली सेना परिचालन गर्न मन्त्रालयमार्फत् प्रक्रिया अगाडि बढिसकेकाले अबको एक÷दुई दिनभित्रै राजमार्गको पहिरो व्यवस्थापन गरी सवारी साधान सञ्चालन गर्न नेपाली सेना कालिप्रसाद इञ्जिनीयरिङ गणले स्थलगत निरीक्षणसमेत गरिसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए । 

 

अबिरल वर्षाले रसुवागढी, धुञ्चे–भार्खुबीचको त्रिशुली नदी छेउका दुई स्थानमा पहिरा गएका कारण नेपाल–चीन सिधा सम्पर्क टुटेपछि तीजपर्व लागि ल्याइएका सौन्दर्यका सामाग्रीसमेत रोकिएको एकता व्यापार सङघले जनाएको छ । 

 

सडक बन्द हुँदा नेपाली व्यवसायीले झिकाएका साम्रगीले आफ्नो गोदाम भरिसकेको चिनियाँ सामान ढुवानी गर्ने केरुङ क्षेत्रको सबैभन्दा ठूलो ढुवानी कम्पनी मुसा ट्रान्सर्पोटले जनाएको छ । 

 

सडक अवरुद्ध भएपछि भन्सार शुल्क समेत प्रभावित भएको बताउँदै प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले साउन १० गतेयता करिव रु ४८ करोड राजश्व सङ्कलनमा असर परेको बताउनुभयो । साउन ११ गतेको अबिरल वर्षाले क्षति पुगेको टिमुरे र रसुवागढी बीच घट्टेखोलाको पक्की पुल मर्मत ४५ प्रतिशत पूरा भएको डिभिजन सडक कार्यालयले जनाएको छ । 

 

अर्बौका सामान रोकिँदा आफ्ना व्यवसायीलाई ठूलो मर्का परेको र विभिन्न चाडपर्वसमेत नजिकिँदै गरेकोले छिटोभन्दा छिटो राजमार्ग चालु गराउन आग्रह गरिएको उक्त सङ्घका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले बताए । 

 

अवरुद्ध सडक छिटो खोल्न आफूले प्रयास जारी राखेको बताउँदै सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले विष्फोटक पदार्थ प्रयोगका लागि नेपाली सेनालाई आग्रह गरिसकिएको र सेनाको नीति निर्माण तहबाट ठोस जवाफ नआउँदा सडक खोल्ने काम केही दिन ढिलाइ भएकाले सेनालाई विशेष निर्देशनका लागि रक्षा मन्त्रालयमा अनुरोधसमेत गरिरहेको बताए । 

 


थप समाचार

संघीयताको मर्मअनुसार कर्म हुन सकेकाे छैन : प्रचण्ड

  • 4 minutes ago
संघीयताको मर्मअनुसार कर्म हुन सकेकाे छैन : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीयताको मर्मअनुसार कर्म हुन नसकेको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित ‘आदिवासी जनजातिको मुद्दा, अधिकार र चासोक

यी ४ अभिनेत्री जसले आफ्नो लागि निजि विमान समेत खरिद गरे

  • 30 minutes ago
यी ४ अभिनेत्री जसले आफ्नो लागि निजि विमान समेत खरिद गरे

एजेन्सी । बलिउड विश्वमै चर्चित र ठूलो चलचित्र उद्योग हो । यहाँ थुप्रै अभिनेता तथा अभिनेत्रीले आफ्नो कडा मेहेनतका कारण निकै ठूलो सफलताको शिखर चुमेका छन् ।

कस्तो छ बलिउड कलाकारका सौतनी भाइ–बहिनीसँगको सम्बन्ध ?

  • 42 minutes ago
कस्तो छ बलिउड कलाकारका सौतनी भाइ–बहिनीसँगको सम्बन्ध ?

भाइ–बहिनीको सम्बन्ध निकै सुुमधुर हुनेगर्छ । केही छिनेको झगडा, त्यसपछि एक अर्काप्रतिको हेरचाह यी सबै कुराले भाइ बहिनीको सम्बन्ध सुमधुर बनाउने गर्छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।