दुबईका सबै ट्याक्सीमा सिसि क्यामेरा जडान

एजेन्सी । दुबईको सडक तथा यातायात विभागले शहरका सबै ट्याक्सीमा चालक (ड्राइभर)लाई अनुगमन र निगरानी गर्न सिसि क्यामेरा जडान गरेको छ ।

 

ट्याक्सी चढेको समयमा चालकले कुनै नियमको उल्लंघन गरेमा वा कुनै यात्रुले उजूरी गरेमा प्रहरीले तत्काल सिसि क्यामराको सहयोगमा चालकका गतिविधिको विश्लेषण गर्नेछ । कुनै व्यक्ति वा यात्रु ट्याक्सीमा चढ्नासाथ त्यहाँ जडित सेन्सरले स्वचालित रुपमा फुटेज लिन थाल्ने गल्फ न्यूजले जनाएको छ ।

 

दुबई शहरमा हाल १० हजार ६८४ वटा ट्याक्सी सञ्चालनमा छन् । दुबई सडक तथा यातायात विभागका निर्देशक खालिद अल अवादीले ट्याक्सी चालकको व्यवहारमा सुधार ल्याउन र ग्राहकका गुनासा सम्बोधन गर्न नयाँ व्यवस्था निकै उपयोगी हुने विश्वास व्यक्त गरे।

 

नयाँ प्रणाली जडानको कार्य सन् २०१७ मा शुरु भएको र हाल दुबई शहरका सबै ट्याक्सीमा जडान भइसकेको पनि उनले जानकारी दिए । दुबईले हाल “खुशी जनता” र स्मार्ट सिटी अभियान सञ्चालन गरिरहेको छ । 


थप समाचार

कोरोनाबाट जोगिन रेस्टुरेन्टमा प्लाष्टिकले छेक्ने व्यवस्था

  • 5 hours ago
कोरोनाबाट जोगिन रेस्टुरेन्टमा प्लाष्टिकले छेक्ने व्यवस्था

एजेन्सी । विभिन्न देशका केही रेस्टुरेन्टहरुमा कोरोनाभाइरस फैलिन न्युनिकरण गर्ने व्यवस्थासहित पुनः सञ्चालनमा ल्याइएको छ ।

'अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा छैन '

  • 5 hours ago
'अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा छैन '

एजेन्सी । विश्वका दुई प्रमुख अर्थतन्त्र अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा नभएको चिनियाँ प्रधानमन्त्री लि खछ्याङले बिहीबार बताएका छन् ।

'सारा देशले दुःख भोग्यो, तर माेदी सरकारले यो महसुस गर्न सकेको छैन'

  • 6 hours ago
'सारा देशले दुःख भोग्यो, तर माेदी सरकारले यो महसुस गर्न सकेको छैन'

एजेन्सी । केन्द्र सरकारले प्रवासीहरूको अवस्थालाई ध्यान नदिएको आरोप लगाउँदै कोरोना भाइरस महामारीका कारण प्रभावित बनेको उक्त समुदायको समस्याप्रति सम्वेदनशील बन्न भारतीय काङ्ग्रेसका अन्तरिम अध्यक्ष सोनिय



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।