चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा

फाइल फाेटाे
Education Park

इलाम । स्थानीय सरकारले तोकेको न्यूनतम ज्याला दिन नसक्ने भन्दै यहाँस्थित सूर्योदय नगरपालिकाका उद्यमीले उद्योग बन्द गर्ने घोषणा गरेका छन् । न्यूनतम ज्याला कार्यान्वयन गर्दा चियाबाट आम्दानी लिन नसक्ने भन्दै उद्यमीले उद्योग बन्द गर्ने चेतावनी दिएका हुन् । 

 

उनीहरूले नयाँ श्रमजीवी ऐनअनुसार चिया श्रमिकलाई तलब भत्ता दिँदा उद्योग नै डुब्ने भन्दै उद्यमीले बिहीबारदेखि उद्योग बन्द गर्ने बताएका हुन् । सूर्योदय टी एशोशिएसनमा आबद्ध ६२ भन्दाबढी उद्योगले सरकारी पक्षबाट पनि चिया क्षेत्रीय सहयोग नपाएको र आफै मात्रै लगानी गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । 

 

उनीहरूले सामूहिक विज्ञप्ति निकाल्दै भारतीय बजारमा बिक्री हुने चियाले लागत मूल्य धान्न नसकेको, तोकिएको मापदण्डको पत्ती उद्योगमा नआएको, ४० प्रतिशतभन्दा कमको पत्ती उद्योगले फर्काउन नसक्नेजस्ता कारणले आफूहरू समस्यामा परेको उल्लेख गरेका छन् । चिया उद्योगी र किसान समेतको सहभागितामा पारित गरिएको कार्यविधिमा किसानले उद्योगलाई बेच्ने हरियोपत्तीमा अनिवार्य दुई पात एक सुइरोसहित निश्चित गुणस्तर कायम हुनुपर्ने उल्लेख छ ।

 

कार्यविधिले किसानदेखि हरियो चिया सङ्कलक, उद्योगी, बिक्रेतालगायत सबैले चियामा निश्चित गुणस्तर कायम राख्नुपर्ने व्यवस्था गरेको छ । ‘किसानले चिया उत्पादन गर्दा लागेको खर्चको १५–२० प्रतिशतसम्म सरकारले बेहोर्ने देश हाम्रै छिमेकमा छन् तर हाम्रो सरकारले चाहिँ त्यो वातावरण कहिले बनाउने ?’, हिमालयन अर्थोडक्स टि प्रोड्युसर्स एशोशिएसनका पूर्वअध्यक्षसमेत रहेका उदय चापागाईंले भने, àसरकारले चिया उत्पादक किसान र आफैँ उद्योग सञ्चालन गरेका साना किसानलाई उत्पादन र बजारीकरणमा सहुलियन नदिएसम्म चिया क्षेत्र माथि उठ्न सक्दैन ।’

 

उनले यही स्थितिमा श्रमिकलाई नगरले तोकेको न्यूनतम ज्याला दिन नसकिने बताए । देशभर १०८ ठूला चिया उद्योग र बगान रहेको नेपाल चिया तथा कफी विकास बोर्ड र केन्द्रीय तथ्याङ्क विभागको विवरणमा उल्लेख छ । सरकारी तथ्याङ्कअनुसार इलाममा सरकारी र निजी गरी १६, झापामा ६९ र धनकुटामा छ ठूला उद्योग छन् । देशभर १०८ ठूला चिया उद्योग र बगान रहेको नेपाल चिया तथा कफी बिकास बोर्डको तथ्याङ्क छ । (रासस)


थप समाचार

ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

  • 30 minutes ago
ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

एजेन्सी । फिल्म निर्माता तथा निर्देशक अनुभव सिन्हा अभिनेत्री ताप्सी पन्नुलाई लिएर एक फिल्म घोषणा गरेका छन् । फिल्म ‘थप्पड’ अर्को वर्ष वुमन्स डे मा रिलिज हुनेछ ।

एक कप चियाले घटाउँछ तपाईको तौल

  • 33 minutes ago
एक कप चियाले घटाउँछ तपाईको तौल

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई कन्ट्रोलमा राख्न चाहन्छन् ।

सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

  • 41 minutes ago
सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

काठमाडौँ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने भएको छ । गत मंसिर ३ गते पहिलो सस्करण भब्य रुपमा सम्पन्न भएको थियो । अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कब्जियत के हो ? यस्तो छ उपचार विधि

कब्जियत के हो ? यस्तो छ उपचार विधि

एजेन्सी । स्वस्थ्य रहनको लागि नियमित रुपमा समयमा मल र मूत्रको त्याग गर्नु जरुरी छ । सामान्य स्वस्थ मानिसलाई दिनमा दुई पटक बिहान र साँझ पेट सफा र हल्का हुने गरी दिसा हुनुपर्दछ ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।