IIMS College

ISMT

HUB Education

किन विस्थापित भए ३२ हजार शिक्षक

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लेगोस । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा शिक्षाको गुणस्तर सुधार गर्न करिब छ हजार थप शिक्षक आवश्यक रहेको नाइजेरियाका शिक्षा अधिकारीहरुले बताएका छन् ।

 

नाइजेरियाली शिक्षक युनियन (एनयूटी) का अध्यक्ष जिब्रिल मुहम्मदले सरकारले बोर्नो राज्यमा राम्रा र सुविधायुक्त विद्यालयहरु निर्माण गरिरहेको भएपनि शिक्षकको चरम अभाव रहेको बताए ।

 

उनले शिक्षकहरुलाई उत्प्रेरित गर्ने किसिमका कार्यक्रम ल्याइए शिक्षाको गुणस्तर सुधारमा उल्लेखनीय प्रगति हुने पनि बताए ।

 

बोर्नोको राजधानी शहर माइदीगुरीमा बोल्दै उनले राज्यमा बोको हराम आतङ्कवादीका कारण सहाराविहीन भएका करिब ५३ हजार बालबालिकाका लागि ४० वटा ठूला विद्यालय खोलिए पनि त्यहाँ राम्रोसँग पठनपाठन हुन अझै नसकेको बताए ।

 

 नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्कवादी समूह बोको हरामका कारण विद्यालय शिक्षाको अवस्था अत्यन्त नाजुक बनेको छ । मुहम्मदले सिकाई र पढाईका लागि बार्नोमा पाँच हजार प्राथमिक तह र एक हजार माध्यमिक तहका शिक्षक आवश्यक भइसकेको बताए ।

 

बोको हरामको आक्रमणबाट सबैभन्दा बढी प्रभावित शिक्षकहरु भएका छन् । बोको हरामकै कारण बोर्नोमा करिब ५३० जना शिक्षक मारिएका छन् भने ३२ हजारभन्दा बढी विस्थापित भएका छन् ।

 

तेलको धनी पश्चिम अफ्रिकी मुलुक नाइजेरियामा शिक्षकहरुले सबैभन्दा कम वेतन पाउने गर्दछन् । 

 

हिंसाका कारण सन् २००९ यतामात्र बोर्नो राज्यमा करिब २७ हजार मानिस मारिएका छन् ।  


थप समाचार

'गौरीको लागि रातभर रेलवे स्टेशनमा समेत सुते'

  • 34 minutes ago
'गौरीको लागि रातभर रेलवे स्टेशनमा समेत सुते'

एजेन्सी । शाहरुख खानको ‘लबस्टोरी’ बाट कोहि पनि मानिस अनभिज्ञ छैनन् । कसरी उनले गौरीलाई पाउनको लागि अनेक काण्ड मच्चाएका थिए रु उनी गौरीको निकै नै दीवाना थिए । उनी गौरीलाई निकै प्रेम गर्थे । यति मात्र ह

पटक–पटक पिसाब लाग्ने समस्या छ ?

  • 38 minutes ago
पटक–पटक पिसाब लाग्ने समस्या छ ?

काठमाडौं । पटक–पटक पिसाब लाग्ने समस्या छ भएमा यसलाई बेवास्ता गर्न मिल्दैन । यस्तो हुनुका कारण धेरै हुन सक्छन् । मूत्राशय (ब्लाडर) र मिर्गौलामा स्टोन हुँदा पनि असामान्य ढंगले पिसाब लाग्ने समस्या हुने

भाइरल ज्वरो र यसबाट बच्ने उपाय

  • 41 minutes ago
भाइरल ज्वरो र यसबाट बच्ने उपाय

एजेन्सी । मौसम परिवर्तनसँगै भाइरलका कीटाणु सक्रिय हुने गर्दछन् । जसका कारण भाइरलका बिरामी धेरै भेटिन्छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पटक–पटक पिसाब लाग्ने समस्या छ ?

पटक–पटक पिसाब लाग्ने समस्या छ ?

काठमाडौं । पटक–पटक पिसाब लाग्ने समस्या छ भएमा यसलाई बेवास्ता गर्न मिल्दैन । यस्तो हुनुका कारण धेरै हुन सक्छन् । मूत्राशय (ब्लाडर) र मिर्गौलामा स्टोन हुँदा पनि असामान्य ढंगले पिसाब लाग्ने समस्या हुने चिकित्सकहरु बताउँछन् ।

विचित्र विश्व

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

एजेन्सी । विश्वमा कयौँ विचित्र प्रचलन रहेको भेटिन्छ । जुन झट्ट सुन्दा निकै अचम्म लागेपनि ती ठाउँहरुमा उनीहरुको चलिआएको चलन मान्नेपर्ने नियम रहेको हुन्छ ।