IIMS College

ISMT

HUB Education

शिक्षक दरबन्दी पदस्थापनको जिम्मा पालिकालाई

  • बिहीबार, २३ साउन, २०७६
  • 5 months ago
  • नेपाल
सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बनेपा । शिक्षकसेवा आयोगबाट उत्तीर्ण भई जिल्लामा पठाइएको शिक्षकको दरबन्दी पदस्थापन गर्ने जिम्मा स्थानीय तहहरुलाई दिइने भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकले स्थानीय तहका प्रमुखसँग बुधबार धुलिखेलमा आयोजना गरिएको ‘शिक्षक पदस्थापन गरिने दरबन्दी’ विषयको छलफलमा स्थानीय तहका प्रमुखहरुले समन्वय एकाइबाट नभई त्यसको जिम्मा स्थानीय तहलाई दिइनुपर्ने आवाज उठाएपछि सो निर्णय भएको हो । 

 

समन्वय एकाइले शिक्षक सेवा आयोगबाट मावि तहमा उत्तीर्ण विभिन्न विषयका शिक्षक गरी ३३ जनाको दरबन्दी कायम गरी पठाएकामा रिक्त दरबन्दी सङ्ख्याको आधारमा विद्यालय तोकेर पठाउने गरी तयार गरिएको विवरणमा स्थानीय तहका प्रमुखले आफूहरुलाई नै जिम्मा दिन आग्रह गरेका थिए ।

 

स्थानीय तहका प्रमुखको एउटै आवाज थियो, “सरकार सञ्चालन ऐनमा एकल अधिकारको सूचीमा राखिएको भए पनि शिक्षा विकास तथा समन्वय एकाइले दरबन्दी विवरण बुझाएको छैन, त्यसका लागि तत्काल विवरण बुझाउन आग्रह गर्दछ ।”

 

सो अवसरमा उहाँहरूले जिल्लाका कुन स्थानीय तहका प्रावि, निमावि र मावि तहमा के कति दरबन्दी छ, काजमा को–को छन् र रिक्त के–कस्तो छ, त्यसको मिलान गर्नुपर्ने अवस्था के छ भन्ने विवरणको जानकारीसमेत स्थानीय तहमा पठाउनुपर्नेमा जोड दिए । शिक्षक पदस्थापन गर्नका लागि कुन स्थानीय तहमा कुन तहको शिक्षक दरबन्दी कति खाली छ भन्ने विवरणसमेत दिएपछि मात्रै त्यही अनुसार स्थानीय तहले गर्ने प्रमुखहरूको भनाइ छ ।

 

मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबाले नगर शिक्षा समन्वय समिति गठन गरी नगरले शिक्षा ऐन र कार्यविधिसमेत पारित गरी कार्यान्वयन गरिसकेको उल्लेख गर्दै त्यहीअनुसार नगरभित्रका विद्यालयमा विद्यालय तहगत रूपमा शिक्षक दरबन्दीको पूिर्त र पदस्थापन गर्ने बताए । उनले भने, “‘जहाँ विद्यार्थी, त्यहाँ शिक्षक’ भन्ने नाराका साथ शिक्षक दरबन्दीको व्यवथापन गर्दै आएकाले त्यही अनुसार काम गर्न शिक्षक दरबन्दी पदस्थापनका लागि स्थानीय तहलाई नै जिम्मा दिनुपर्ने हुन्छ ।”

 

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गाउँपालिकाभित्रमा कुनै पनि निजी विद्यालय नभएका कारण सामुदायिक विद्यालयमा अत्यधिक मात्रमा विद्यार्थी भए पनि शिक्षक दरबन्दी नभएका कारण निकै समस्या व्यहोर्दै आएको बताए । “हामीकहाँ विद्यालयमा विद्यार्थी धेरै छन्, तर कतिपय विद्यालयमा शिक्षक दरबन्दी शून्य रहेको अवस्था छ”, उनले भने, “यस्तो अवस्थामा शिक्षक दरबन्दी पदस्थापन र नियुक्ति स्थानीय सरकारले गर्न पाउनुपर्छ ।”

 

शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकका प्रमुख बलबहादुर कार्कीले माथिबाट पठाएको विषयगत शिक्षक स्थानीय तहको आग्रहअनुसार नै पठाउने बताए । उनले अहिलेसम्म सङ्घीय शिक्षा ऐन निर्माण नभएका कारण काम गर्न गाह्रो भइरहेको उल्लेख गर्दै दरबन्दी मिलान गर्न कठिन भएको बताए ।

 

अब त्यसको जिम्मा नगर/गाउँपालिकाले ऐन कार्यविधि पारित गरेर शिक्षा समितिले गरेको निर्णयअनुसार मिलान गर्न सकिने कार्कीको भनाइ छ । विद्यालयबाट शिक्षकको विवरण माग गर्दा ६०० विद्यालयमध्ये करीब २०० विद्यालयले मात्रै विवरण पठाएको उल्लेख गर्दै बाँकी विद्यालयले कुन तहमा कति दरबन्दी, काज, करार निजीलगायतका शिक्षक छन् भन्ने विवरण नै नपठाएको उनले बताए ।

 

जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले स्थानीय तहका प्रमुखले गरेको आग्रहअनुसार नै शिक्षक दरबन्दी पदस्थापन गर्ने गरी पठाउने बताए । “तपाईंहरुले नै उठाएका कुरा अनुसार स्थानीय तहमा नै पठाउने तर त्यसमा कुन विषयको शिक्षक कहाँ कसरी पठाउने विषयमा निर्णय गर्ने गरी पठाउँछौँ”, उनले भने, “बढी दरबन्दी भएको शिक्षकलाई अन्य स्थानीय तहमा पठाउनका लागि पनि तपाईंहरुले नै अन्तर स्थानीय तहमा सल्लाह गरेर शिक्षक पठाउन तयार हुनुपर्छ ।” जुन स्थानीय तहमा भए पनि जिल्लाभित्रकै बालबालिकाको शिक्षाको लागि काम गर्ने भएकाले त्यसमा सबै तहका प्रमुख दरबन्दी मिलान गर्नमा सहमत भएको बताएका छन् ।

 

जिल्लामा प्रावि तहमा एक हजार ७१०, निमावि तहमा २७८ र मावि तहमा २९६ शिक्षक दरबन्दी रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

 


थप समाचार

शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

  • 10 hours ago
शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

नेपालको सबैभन्दा ठूलो र पुरानो समाचार एजेन्सीका रुपमा सञ्चालित राससले विदेशस्थित प्रतिनिधिका रुपमा बेलायतमा शर्मालाई नियुक्त गरेको उनले बताए ।

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 11 hours ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 11 hours ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।