एउटै विद्यालयमा ३५ वर्षसम्म अध्यापन गराएका एक शिक्षक...

  • शुक्रबार, ९ फागुन, २०७६
  • 3 months ago
  • नेपाल

काठमाडौँ । सामान्यतया सरकारी सेवाका कर्मचारीको सरुवा दुईदेखि पाँच वर्षभित्र हुने गरेको पाइन्छ । शिक्षकको पनि विभिन्न समयमा सरुवा हुने गरेका खबर हामी पाउँछौँ तर एउटै विद्यालयमा ३५ वर्षसम्म अध्यापन गराएर सोही विद्यालयबाट अवकास हुने शिक्षकको सङ्ख्या हेर्ने हो भने कमै भेटिन्छन् ।

 

पर्वतको मोदी गाउँपालिका–६ तिलाहारस्थित नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक बालकृष्ण पुरी ३५ वर्ष एउटै विद्यालयमा अध्यापन गरेर बिदाइ भएका छन् । बुधबार सेवा अवधि पूरा भएर विद्यालयले उहाँलाई बिदाइ गर्दा विद्यार्थी, अभिभावक, शिक्षक र अन्य गाउँलेले भावविह्वल हुँदै बिदाइ गरेका छन् ।

 

सोही ठाउँमा जन्मिएर विसं २०४१ देखि शिक्षण पेशामा आबद्ध भएका बालकृष्ण पुरीलाई बुधबार विद्यालयले एक समारोहबीच बिदाइ गरेको हो । करिब चार दशकसम्म सँगसँगै एउटै थलोमा काम गर्दै आएका शिक्षकलाई अनिवार्य अवकासको पाँच महिनाअगावै विद्यालय र समुदायले बिदाइ गरेको छ ।

 

पुरीले २०४१ सालदेखि २०७६ मङ्सिरसम्म निरन्तर सोही विद्यालयमा अध्यापन गराउँदै आएका थिए । गाउँमा एसएलसी पास गर्ने व्यक्ति खोज्नुपर्ने अवस्थाको समयमा एसएलसी उत्तीर्ण गरेका पुरीले अध्यापन शुरु गरेको सात वर्षसम्म अस्थायी पेशामा रहे पनि सात वर्षपछि मात्रै स्थायी शिक्षण पेशा शुरु गरेका थिए ।

 

कार्यक्रममा विद्यालयका वर्तमान प्रधानाध्यापक विष्णुप्रसाद शर्माले निवृत्त भएका शिक्षक पुरीको जीवनी वाचन गर्दा आँखा नरसाउने कोही थिएनन् । “एउटा शिक्षक मात्रै नभई सामाजिक परिवर्तनमा समेत शिक्षक पुरीको ठूलो योगदान थियो”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सामाजिक व्यक्ति देवेन्द्रज्यु ठकुरीले गहभरि आँशु पार्दै भने, “त्यस्तो व्यक्ति हामीबाट बिदाइ हुँदा कसरी आँशु थामौँ ।” उनले प्रकृतिको नियम अनौठो भएको बताए । 

 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सेती महतले समेत गाउँको मुहार फेर्नका लागि पुरीको अतुलनीय योगदान रहेको भन्दै भोलिका दिनमा विद्यालय बाहिर रहे पनि गाउँ र विद्यालयको उन्नतिका लागि सदैव सक्रिय रहन आग्रह गरे । 

 

वडाध्यक्ष विमल लामिछानेले लामो अवधिसम्म विद्यालयमा कार्यरत शिक्षकको अवकास गरिनु विद्यालयका लागि दुःखद् कुरा भएको बताए । उनले वडामा सञ्चालन भएको विद्यालयमा उत्कृष्ट विद्यालयका रूपमा स्थापित गराउन पुरीले खेलेको भूमिकाको कदर गर्दै भोलिका दिनमा पनि उक्त साख नगिराउन विद्यालय परिवारलाई सुझाव दिएका थिए । उनलाई विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समितिले दोसल्ला ओढाएर सम्मान गरेको थियो भने समग्र गाउँका स्थानीय बासिन्दाले समेत अबिर, खादा र माला पहिराएर बिदाइ गरेका थिए ।

 

बिदाइ कार्यक्रममा पुरीले विद्यालयप्रतिको माया कहिल्यै नघट्ने बताउँदै विद्यालयमा दरबन्दी गुम्ने भएकाले नै आफूले अनिवार्य अवकासको पाँच महिनाअगावै राजीनामा दिएको बताए । “मैले ०७७ वैशाखमा राजीनामा दिएको भए मासिक निवृत्तिभरणमा ७०० रुपैयाँ बढी पाउने थिएँ”, उनले भने, “तर मैले दरबन्दी जोगाउनकै लागि रु ७०० को माया मारेर मङ्सिरमा नै राजीनामा दिएको हूँ ।” उनले विद्यालय र समाजको उन्नतिका लागि जहाँ रहे पनि सेवामा तत्पर रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

 


थप समाचार

माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता

  • 35 minutes ago
माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता

दोलखा । दोलखाको तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् । दोलखाको मेलुङ गाउँपालिका–१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी नदीमा माछ

चीनको कारण विश्वले कोरोना भाइरसको प्रकोप झेलिरहेको छ : अमेरिका

  • 48 minutes ago
चीनको कारण विश्वले कोरोना भाइरसको प्रकोप झेलिरहेको छ : अमेरिका

एजेन्सी । अमेरिकाले पुनः एकपटक चीनलाई कोरोना भाइरसको महामारीको जिम्मेवार ठहराएको छ । यो खतरनाक भाइरसका कारण अमेरिकामा हालसम्म ९९ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने १६ लाख भन्दा बढी संक्रमित छन् ।

स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

  • 1 hour ago
स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।