‘सरकार आँसुको राजनीति गर्न खोजिरहेको छ’
- सोमबार, २ मंसिर, २०७६
- 2 weeks ago
- राजनीति




कास्की । समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङ यतिबेला चुनावी प्रचारमा व्यस्त रहेका छन् । मंसिर १४ मा हुने कास्की २ को उपनिर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार गुरुङले नेपाली समाजको असली पार्टी नै समाजवादी भएकाले जनताको रोजाईमा पर्ने बताएका हुन् ।
घरदैलो अभियानका क्रममा पोखरा–१५ रामबजार पुगेका गुरुङले सत्ताको बागडोर सम्हालिरहेको नेकपा र प्रतिपक्षको कमजोर भूमिकामा देखिएको कांग्रेसले जनताको आकांक्षा र समाजको आवश्यकतालाई पूरा गर्न नसक्ने बताए ।
‘सरकार भ्रष्टाचार र अराजकतामा रमाइरहेको छ । जनताका आवश्यकता दुई तिहाईको छाँयामा परेको छ,’ इन्जिनियर गुरुङले भने, ‘लामो समय शासन गरेको कांग्रेसले पनि जनताको आवाजलाई उठाउन नसकिरहेका बेला समाजवादी पार्टी ती सबै आवश्यकतालाई जोड्ने गरी चुनावी मैदानमा होमिएको छ ।’
नेकपाप्रति अहिले चरम बितृष्णा रहेको बताउँदै उम्मेदवार गुरुङले तराई, मधेस, हिमाल पहाड जोड्ने अभियानमा रहेको पार्टी समाजवादीप्रति जनताको आशा र भरोसा जोडिएको बताए । नेकपाका कारण सिंगो राजनीतिप्रति नै बितृष्णा जागेको उम्मेदवार गुरुङको भनाइ थियो ।
‘सरकार एकपछि अर्को काण्डमा फस्यो ।’ उनले बताए ।
'हत्या र बलात्कारका दोषीलाई पक्राउ गर्नै सकेन । अहिले आँसुको राजनीति गर्न खोजिरहेको छ’ गुरुङले भने, ‘भ्रष्टाचारले पिल्सिएका जनताले यसपटक नेकपालाई पाठ सिकाउने छन् । समाजवादीको हात चिह्नलाई साथ दिने छन् ।’
घरदैलो कार्यक्रममा रामबजार पुग्दा गुरुङले स्थानीयले शुभकामना दिए । अहिलेको राजनीतिको गतिलो विकल्पका रुपमा प्रस्तुत हुन स्थानीयले समाजवादीलाई आग्रह गरे । देशकै तेस्रो शक्ति सवाजवादीलाई कास्की २ मा चुनेर अहिलेको सरकारलाई सच्याउने अवसर दिने गुरुङले मतदातासामु आग्रह गरे ।
संसदमा जनताको आवाज उठाउन निरन्तर लाग्ने बताउँदै गुरुङले आफ्नो अनुभव र सीप व्यवस्थित पोखरा निर्माणमा लगाउने जनतासामु प्रतिवद्धता गरे । ‘लामो समय युनाइटेड नेसन -युएन- मा काम गरें । १ सय ८५ देशका व्यक्तिसँग काम गर्दा विकास र सुशासनलाई नजिकबाट नियालेको छु,’ गुरुङले भने, ‘अब त्यो अनुभव र सीप पोखरामै लगाउने प्रतिवद्धतासहित जनताको घरदैलोमा आएको छु ।’
भ्रष्टाचार र लोभलालचमा लाग्नेबिरुद्ध खबरदारी गर्न र जनताको असली आवाज संसद पु¥याउन आफूले उम्मेदवारी दिएको बताउँदा स्थानीयले फूलमाला र हौसलासहित शुभकामना दिए । रामबजारको घरदैलोमा पुग्दा धर्मराजलाई साथ दिने स्थानीयले बचन दिए ।
जनताको विश्वासमाथि अहिल्यै घात नगर्ने बताउँदै मतदातासामु धर्मराजको आग्रह छ, ‘हिजो जसलाई भोट हाल्नुभयो, उसले जनताको पक्षमा के गरे हेर्नुहोस् । हिजो गरेको गल्ती आज सच्याउने बेला हो । त्यसैले हात चिह्नमा भोट हाल्नुस् ।’
ठूला आश्वासन होइन, काम गरेर देखाउन चुनावी मैदानमा होमिएको बताउँदै इन्जिनियर धर्मराले मतदातालाई विश्वस्त पारेका छन् । समाजवादी पार्टीले घरदैलो अभियानलाई तीब्र पारिरहेको नेता किरण थापाले जानकारी दिए । समाजवादी पार्टीको पक्षमा आएको जनलहरबाट उत्साही भएको अर्का नेता गणेशमान गुरुङले जानकारी दिए ।
समाजवादी पार्टीले आइतबार पोखरा–१५ कालिका चोकबाट घरदैलो अभियान गरेको हो । मनोनयन दर्ता भएलगत्तै जनताको घरदैलोमा समाजवादीका उम्मेदवार धर्मराज पुग्दा सकारात्मक साथ मिलेको नेता देवी सुवेदीले बताए ।
थप समाचार
प्रदेशभरि सरसफाइ अभियान सञ्चालन गरिने
- 13 seconds ago

विराटनगर । ‘सिङ्घिया खोलाको सफाइ अभियान, हामी सबैको शान’ प्रमुख नाराका साथ आजबाट सरसफाइ अभियान शुरु भएको छ । सो अभियान प्रदेश नं १ का सामाजिक विकास मन्त्रालयले अगुवाइ तथा विराटनगर महानगरपालिकाको साझेद
समयमै बचौँ है पिनासबाट !
- 10 minutes ago

बदलिँदो सौसममा पिनास हुने सम्भावना बढी रहन्छ । पटक–पटक रुघाखोकी लागिरहने मानिसमा पिनास हुने सम्भावना बढेर जान्छ । धुलो, धुँवा तथा एलर्जीका कारण नाकमा संक्रमनले पनि पिनासको जोखिम बढाउँछ ।
विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला
- 14 minutes ago

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
समयमै बचौँ है पिनासबाट !

बदलिँदो सौसममा पिनास हुने सम्भावना बढी रहन्छ । पटक–पटक रुघाखोकी लागिरहने मानिसमा पिनास हुने सम्भावना बढेर जान्छ । धुलो, धुँवा तथा एलर्जीका कारण नाकमा संक्रमनले पनि पिनासको जोखिम बढाउँछ ।
विचित्र विश्व
विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।