Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाल ओमानसँग ५ रनले पराजित

नेपाल ओमानसँग ५ रनले पराजित


काठमाडौँ। टी–२० विश्वकप एसिया छनोट फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ। नेपाल ओमानसँग ५ रनले पराजित भएको हो।

नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १४० रन जोड्न सक्यो। नेपालको लागि सर्वाधिक रन विवेक यादवले जोडे। २४ बलमा ३९ रन जोडेर नेपाललाई खेलमा फर्काएका थिए। त्यस्तै, कुशल भुर्तेलले २६ रन, करण केसीले १५ रन, सोमपाल कामी, रोहित पौडेल र सन्दीप जोराले समान १२–१२ रन जोडे। कुुशल मल्ल १० रन जोडेर आउट भए भने आशिफ शेखले ५ रन, गुल्शन झाले ३ रन, सन्दीप लामिछानेले २ रन र अभिानाश बाहोराले १ रन जोडे।

बलिङतर्फ बिलाल खानले आशिफ, विवेक र करणलाई आउट गरे। साकेल अमेदले सोमपाल र सन्दीप, मेहरान खानले भुर्तेल र मल्ललाई, आक्विव लेयसले रोहित र गुल्सनलाई आउट गरे भने जेसन माकसुदले सन्दीप जोरालाई आउट गरे।

सुरुमा ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन जोडेको थियो। ओमानका लागि कप्तान जिसन मक्सदले सर्वाधिक ३२ रन जोड्न सफल भए। त्यस्तै नसिम खुसीले २५ रन जोडे भने, प्रतीक अथावालेले २४ रन जोडे। सकिल अहमेदले २२ रनको योगदान गरे।

नेपालका लागि करण केसीले ३ विकेट लिए। त्यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले दुई–दुई विकेट लि ए भने गुल्शन झा र अविनाश बोहोराले एक–एक विकेट लिए ।

ओमानसँग पराजित भएको नेपाल समूह उपविजेता बनेको छ भने फाइनल प्रवेशको लागि अब युएईसँग प्रतिस्पर्धा गर्नेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

Techie IT