तपाईंको बच्चाले मोबाइल चलाइराख्छन् ? होसियार ! लाग्ला है यस्ता रोग

Education Park

एजेन्सी । पछिल्लो समय बच्चाहरु मोबाइल चलाउन तथा भिडियो गेममा मस्त हुन थालेका छन् । अभिभावकहरु पनि आफ्नो बच्चालाई मोबाइल दियो भने झगडा गर्दैन, दुःख दिदैन भन्ने सोच्छन् तर, यसको बेफाइदाहरु पनि उत्तिकै छ । 

 

बच्चाहरुले दिनको सात घण्टाभन्दा बढी समय मोबाइल तथा भिडियो गेममा बिताउने गरेको खण्डमा ९ देखि १० वर्षका बच्चाको कोर्टेक्स (मस्तिष्कको बाहिरी पत्र) समय अगावै पातलो हुनसक्ने चेतावनी दिएका छन् । 

 

भारतस्थित हार्ट केयर फाउन्डेशन (एचसीएफआई)का अध्यक्ष डाक्टर के.के. अग्रवालका अनुसार बच्चाले धेरै समय स्क्रिनमा हेरिराख्दा बच्चाको आँखाका लागि मात्र नभई मस्तिष्कका लागि समेत हानिकारक हुने बताएका छन् । 

 

उनले भनेका छन्,  ‘पहिलो ६ वर्षमा बच्चाको मस्तिष्क तीब्र रुपमा विकसित हुन्छ त्यसकारण बच्चा निष्क्रिय बसिरहनुको साटो उनीहरुलाई रचनात्मक प्रोत्साहनको आवश्यकता हुन्छ । स्क्रिनका सामग्रीले निष्क्रियतालाई बढावा दिन्छ ।’

 

उनका अनुसार फोनमा केही हेर्दै खाने बालबालिकाले आवश्यकताभन्दा बढी खाइरहेका हुनसक्छन् । उनीहरु खाना र मनोरञ्जनबीच अस्वस्थकर सम्बन्ध स्थापित गर्न सुरु गर्न सक्छन् । 

 

यस्ता बालबालिकामा मायोपिया वा नजिकको वस्तु नदेख्नेसमस्या देखा पर्न सक्छ । यसले आँखामा अत्यधिक तनाव पैदा गर्न सक्छ वा यो आँखाको सुख्खापनको कारण पनि हुनसक्छ । मस्तिष्कमा पर्नसक्ने असरबारे डा. अग्रवाल बताउँछन्, ‘विद्युतीय उपकरणको माध्यमबाट विभिन्न स्ट्रिमद्वारा प्राप्त जानकारीले मस्तिष्कको ग्रे–म्याटरको घनत्वलाई कम गर्न सक्छ, जुन संज्ञान र भावनात्मक नियन्त्रणका लागि जिम्मेवार हुन्छन् ।’

 


थप समाचार

भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

  • 12 minutes ago
भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

खार्तूम । सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई आइतबार खातूमस्थित अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइएको छ । उनीमाथि लागेका भ्रष्टाचार तथा अवैधरूपमा विदेशी मुद्रा लुकाएको आरोप लगाइएको छ ।

कोपा अमेरिकामा उरुग्वेद्वारा इक्वेडर पराजित

  • 17 minutes ago
कोपा अमेरिकामा उरुग्वेद्वारा इक्वेडर पराजित

काठमाडौँ । उरुग्वेले इक्वेडरलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न कोपा अमेरिका अन्तर्गतको खेलमा उरुग्वेले इक्वेडरमाथि ४–० गोलको जित निकालेको हो ।

हाई भोल्टेज गेममा भारतद्वारा पाकिस्तान ८९ रनले पराजित

  • 28 minutes ago
हाई भोल्टेज गेममा भारतद्वारा पाकिस्तान ८९ रनले पराजित

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत हाई भोल्टेज गेममा भारतले पाकिस्तानलाई ८९ रनले पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई डीएल पद्दतिको आधारमा ८९ रनले पराजित गरेको हो



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

विचित्र विश्व

गाजरमा हिराको औँठी !

गाजरमा हिराको औँठी !

एजेन्सी । एक महिलाले सन् २००४ मा हराएको हिराको औंठी भेटियो त्यो पनि गाजरमा बेरिएको अवस्थामा । क्यानडाको अल्बर्टाकी मेरी ग्राम्सको हिराको औँठी झण्डै १५ वषअघि हराएको थियो । हराएको यति लामो समयसम्म समेत नभेटिएपछि उनले औँठी भेटिने आश मारिसकेकी थिइन् । तर, हालै उनले उक्त औँठी आफ्नै बगैँचामा फेला पारेपछि उनी मात्रै होइनन् यो समाचार सुन्ने सबै अचम्ममा परेका छन् ।