तीजको दरः यी कुराहरु बिर्सेर पनि नखानुहोस्

काठमाडौं । आइतबार हिन्दु नेपाली महिलाहरुले हरितालिका तीज पर्व मनाउँदै छन् ।

 

महिलाहरु आ–आफ्नो पतिको स्वास्थ्य तथा दिर्घायुका लागि व्रत बस्ने तयारीमा छन् भने अविवाहित महिलाहरु योग्य पतिको कामना गर्दै व्रतको तयारीमा छन् । व्रतकै तयारी स्वरुप तीजको अघिल्लो दिन दर खाने प्रचलन रहिआएको छ । सोही प्रचलन अनुसार महिलाहरु दर खाने तयारीमा रहेका छन् ।

 

तर निराहार ब्रत बस्नकै लागि अघिल्लो दिन दर खाँदा विशेष ध्यान दिनु आवश्यक छ । दरका नाममा असन्तुलित र अस्वस्थ खानपानले स्वास्थ्यमा नराम्रो असर पर्नसक्नेतर्फ ध्यान नदिंदा व्रतका दिन स्वास्थ्य चूनौतीहरु देखिन सक्छन् ।

 

के के खाँदा कस्तो ध्यान पुर्याउने त ?

 

चिल्लोः  नेपाली समाजमा चिल्लो खानेकुरा दह्रो अर्थात टिकाउ हुन्छ मान्यता व्यप्त छ । सोही मान्यता अनरुप दरमा अधिक चिल्लोको प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारक सावित हुनसक्छ । खानेकुरामा अत्याधिक चिल्लो प्रयोग गर्दा पाचन प्रणलीमा दवाव पर्न जान्छ र पखला पनि लाग्न सक्छ ।

 

मासुः मासुमा अधिक प्रोटिन हुनेहुँदा मासु ठिक्क मात्रामा प्रयोग गर्नुपर्छ । अझ मासुमा चिलेको प्रयोग त सकेसम्म कम गर्नुपर्छ । किनभने अधिक प्रोटिनले पनि चिल्लोपदार्थले जस्तै पाचन प्रणनलीमा दवाव सिर्जना गर्ने भएकाले पखलाको संभावना हुनसक्छ । तसर्थ दरमा मासुको प्रयोग अधिक र त्यसमा पनि चिल्लोको प्रयोग गर्नुपूर्व एकपटक सोंच्ने कि रु

 

साविकको भन्दा बढी भोजनः तीजको दिन भोकै बस्ने भन्दै कतिपयले साविकको भन्दा अत्याधिक भोजन गर्ने गर्दछन् । तर चिकित्सकहरु खानपानको त्यस्तो व्यवहारलाई मुर्खतापूर्ण भनी व्याख्या गर्छन् । किनकी एकैपटक भोजनको मात्रामा घटबढ हुँदा पेटमा नकरात्मक असर पर्दछ । खानामा अनियमित मात्रा पेट सम्बन्धि रोगका लागि पनि प्रमुख कारक मध्ये मानिन्छ । त्यसैले व्रत बस्ने भन्दैमा एकैपटक साविकको भन्दा बढी कखानपान नगर्नुहोस् ।

 

मदिराः  नेपालमा मदिरा संस्कृतिम ौलाउँदै गएसँगै दर खाने दिनमा पनि मदिराको प्रयोग गर्नेगरेको पाइन्छ । व्रत बस्ने अघिल्लो दिन मदिराजन्य पदार्थको उपभोग गर्नु पनि स्वास्थ्यका दृष्टिकोणले निकै जोखिमपूर्ण मानिन्छ । किनकी मदिरा ग्याष्ट्रिक, एसिडिटि लगायतका रोगका लागि प्रमुख कारक मानिन्छ । यसै पनि मदिरा स्वास्थ्यका दृष्टिकोणले उपयुक्त मानिंदैन, त्यमाथी पनि खाली पेट बस्ने अघिल्लो दिन मदिरा प्रयोग गर्दा यसले स्वास्थ्यमा जटिल समया ननिम्त्याउला भन्न सकिन्न ।

 

के खाने ?

 

दरमा फलफुलजन्य पदार्थहरुको प्रयोग बढी गर्नुहोस् । कम चिल्लो र कम मसला प्रयोग गरी घरमा बनाएका परिकारहरुलाई नै बढी ध्यान दिनुहोस् । बजारबाट ल्याइएका खाना स्वस्थकर नहुनपनि सक्छन् । त्यसैले ठिक्क मात्रामा स्वस्थकर खानाको प्रयोग गर्नुहोस् जसले तपाईंको स्वास्थ्यलाई पनि असर नपुर्याओस् ।

 

व्रतका दिनमा पनि यदि तपाईंको स्वास्थ्य अनकुल छैन भने व्रत अनिवार्य बस्नुपर्छ भन्ने छैन । किनकी स्वास्थ्य राम्रो रहे न अन्य सबै राम्रा हुन्छन् । यदि व्रत बस्नै मन कछ भनेपनि फलफुल प्रसस्त पानीको प्रयोगमा जोड दिनुहोस् । यसले तपाईंको तीज साँच्चै उल्लासमय बनाउनेछ ।

 


थप समाचार

जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

  • 1 hour ago
जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

'मैले फिल्मको लागि लगानी गर्नुअघि नै बुझेको हुन्छु यो पैसा उठ्दैन भनेर, त्यसैले यसलाई स्वीकार्न मलाई गार्हो हुंदैन ', प्रेम भन्छन्, 'मेलै देखेको छु अरुले बेलामौकामा होलिडे जाने, विभिन्न मनोरञ्जनका ला

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

  • 1 hour ago
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् ।

वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

  • 1 hour ago
वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

एजेन्सी । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।

विचित्र विश्व

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।