IIMS College

ISMT

HUB Education

तीज बहस : उपादेयता र वैचारिकीमै घनीभूत प्रश्न

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । आज देशैभर हरितालिका तीज मनाइँदैछ । हिन्दू नारीहरूको 'महान्' चाडको रूपमा यसलाई सदियौंदेखि मनाइँदै आइराखिएको हो । यद्यपि तीजको धार्मिक तथा सांस्कृतिक पाटोलाई लिएर यसको 'महानता'माथि प्रश्नहरू पनि निरन्तर उठ्दै आइराखेका छन् ।

 

अन्य चाडबाडजस्तै तीज पनि संस्कृतिको निरन्तरताको रुपमा नै मनाइन्छ । तर संस्कृतिको निरन्तरताको नाममा हरेक चाडपर्वहरू जस्तै तीज पनि उपभोक्तावादी संस्कृतिको शिकार हुन थालेकोमा चिन्ताहरू पनि उत्तिकै प्रकट भइरहन्छन् ।

 

उपभोक्तावादी संस्कृतिले तीज मात्रै होइन, लगभग सबैजसो चाडपर्वहरूलाई सांस्कृतिक आडम्बरको साँचोमा ढालिदिएको छ । त्यसले गर्दा तीज लगायतका सबै चाडपर्वहरू अहम् र सम्पन्ताको प्रदर्शन गर्ने माध्यम पनि भइराखेको छ । 

 

गरगहना, आभूषण, पोशाक र खानपानको चर्को खपत तीजमा हुने गर्दछ । महिलाहरू पहिरनले राताम्य र गहनाले पहेँलपुर भएर नाचगानमा उत्रिन्छन् । सामान्यतयाः तीजको अघिल्लो दिन खाइने दर अचेल महिना दिन अघिदेखि खान थालिएकाे छ । पार्टी प्यालेस, होटल र रेष्टुरेन्टहरूमा संस्थागत रुपमा खाइने दरको मेनूमा पछिल्लो समय मदिराको खपत पनि उत्तिकै हुन थालेको छ ।

 

दरको मेनूमा मिसिन आइपुगेको मदिराले दरलाई मात्रै नभई ‘पवित्र’ चाडको रुपमा मनाइने तीजलाई नै बदनाम बनाइरहेको छ । त्यसमाथि तीज गीतको नाममा पछिल्लो समय मौलाइरहेको उच्छृङ्खल, उत्ताउला र द्वैअर्थी (यौन आशय लक्षित) शब्दहरू प्रयोग गरिएको गीतको बजार हल्लाले तीजको माहौलमा सकसपूर्ण तरंगको प्रसार गरिदिन्छ ।

 

तीजकाे मेसाेमा केही जिल्लाहरूमा प्रशासनले दर खाने परिपाटीमा नियन्त्रणको प्रयास गर्दै केही सूचनाहरू प्रकाशन गर्‍यो । त्यसले सामाजिक सञ्जाल र मिडियामा समर्थन र विरोधबीच केही घर्षणहरू पैदा गरेको छ । प्रशासनको सूचनाका कारण दर खाने नाममा मच्चाइने आतंक केही मत्थर हुन पुगेजस्तो देखिए पनि निमिट्यान्न भने हुन सकेको छैन । यो तत्काल निमिट्यान्न हुने पनि देखिन्न ।

 

तीजको विकृतिलाई लिएर हुने विरोध र त्यसलाई सच्याउँदै चाड मनाउनुपर्ने सुधारवादी आग्रह आफ्नो ठाउँमा छ । सँगसँगै यसको उपादेयता र वैचारिकीलाई लिएर उठ्ने प्रश्नहरू पनि पछिल्लो समय प्रखर हिसाबले आइराखेका छन् ।

 

कवि, लेखक तथा अधिवक्ता सरिता तिवारीले गत बिहीबार फेसबुकमा यस्तै प्रश्नहरूको उठान गर्दै एउटा स्ट्याटस लेखिन् । फेसबुक पोस्टमा उनले तीजलाई उत्सव या मुक्तिको दिन नभई पितृसत्ताले निर्माण गरेको सहानुभूति–पर्व भएको दाबी गरिन् ।

 

 

‘मुक्तिको अल्पकालीन भ्रम दिएर फेरि पितृसत्ताकै दीर्घ–सेवा गराउने अवसर हो’, तिवारीले लेखेकी छन्, ‘यसको वैचारिक जग के हो भनेर हेर्दा यो प्रष्ट रुपमा सांस्कृतिक दासत्वकै पर्व हो भन्नेमा दुईमत छैन । त्यसैले तीज आयो भनेर भयंकर उत्साहित हुनु जरूरी छैन ।’

 

तीज आफ्नो लागि उत्सव कम र मनोवैज्ञानिक सकस ज्यादा दिएर बिदा हुने चाड भएको तिवारी बताउँछिन् । तीजसँग जोडिएको धार्मिक र अन्धविश्वासजन्य अभ्याससँग आफ्नो तीव्र असहमति रहेको र यिनको समूल अन्त्य हुनुपर्ने उनको धारणा छ । तर तीजको अवसरमा हुने आपसी सम्मिलन, भेटघाट र आदानप्रदानहरूप्रति आफु निरपेक्ष बस्न असमर्थ रहेको पनि उनी बताउँछिन् । 

 

‘यतिखेर तीजलाई पूर्णतः निषेध र अस्वीकार होइन, सिर्जनशील र रुपान्तरणमुखी बनाइनु तर्कसंगत हुन्छ भन्ने मेरो मत छ’, तिवारीले लेखेकी छन्, ‘यसो भन्दा क्रान्तिकारी रुपान्तरणको तर्क गर्ने साथीहरूलाई मेरो भनाई ‘सुधारवादी र आत्मसमर्पणकारी’ लाग्न सक्ला, तर हज्जारौं वर्षदेखि समुदायको संवेदना र जीवनशैलीमा गहिरोसँग भिजेको संस्कृति हठात् क्रमभंग गर्न खोज्नु कति मूर्खतापूर्ण हुन्छ ? त्यो हेक्का राखिनुपर्छ ।’

 

त्यस्तै गत शनिबार ‘व्रतकाे अर्थ–राजनीति’ शीर्षकमा एक ब्रोडशीट दैनिकमा लेख लेख्दै कवि सिर्जना ढकालले तीजप्रतिको आफ्नो धारणा प्रस्तुत गरेकी छन् । लेखमा उनले धर्मलाई उपभोक्तावादले अपनाएपछि यी दुईको गठजोडबाट महिलामाथिको शोषण झन् चर्को हुँदै गइरहेको विचार प्रकट गरेकी छन् ।

 

‘धर्मले भन्छ— महिलाको सबै दुःखको समाधान पूजाआजा व्रतले हुन्छ । साउनमा व्रत बस, तीजमा व्रत बस, पञ्चमीको पूजा गर भन्छ’, ढकालले लेखेकी छन्, ‘बजार अनि उपभोक्तावादले साउन अनि तीजको लागि लक्षित गरेर लुगा र गहना, शृंगारका सामान उपभोग गर्न लोभ्याउने र उक्साउने गर्छ । बजारको लागि हरेक चिज बिक्रीयोग्य वस्तु हो ।’

 

उपभोक्तावादको लागि महिला एकातिर उपभोगको वस्तु, अर्कोतिर उपभोक्ता भएको उनको तर्क छ । उपभोक्तावादले विभिन्न भ्रम र प्रलोभनहरू बाँडेर महिलालाई वस्तुमा परिणत गर्दै बजारमा बेचिरहेको विचार उनले लेखमा प्रकट गरेकी छिन् । समाजको मनुस्मृतिवादी मगजसँग बजारले लगनगाँठो कसिसेको उनको निश्कर्ष छ ।

 

 

‘यदि महिलाहरूले आफ्नो जीवनलाई सहज, सरल र सम्मानयुक्त बनाउने हो भने धर्म र उपभोक्तावादले फैलाउने तमाम भ्रमबाट मुक्त हुन जरुरी छ’, ढकाल लेख्छिन्, ‘अध्यात्मवाद र उपभोक्तावादलाई टाउकोमा बोकेर गरिने यात्राले भ्रम नै सिर्जना गर्ने हो, मुक्ति दिँदैन ।’

 

तीजको बहसमा पुरुष कवि तथा लेखकहरूको चासो र चिन्ता पनि उत्तिकै प्रकट भइरहेको छ । बहसमा जोडिँदै कवि सौरभ कार्कीले तीजकै दिन ट्वीट लेखेका छन् । उनको विचारमा तीजमा महिलाहरूलाई बिदा दिनु भनेको राज्यले नै ‘महिलाहरु तीजमा व्रत बस’ भन्नु भएको बताउँछन् । 

 

‘राज्य पितृसत्तात्मक छ, र त्यो सत्ता आफ्नो अधिपत्य स्थापित गरिरहन चाहन्छ’, कार्कीले ट्वीटमा लेखेका छन्, ‘संस्कार र परम्पराको नाममा महिलाहरूमाथि कसरी पुरुषत्व आफ्नो अधिनता कायम गर्दैछ भनेर बुझ्नु जरुरी छ । तीज विभेदको राजनीति हो ।’

 

 

साउने सोमबार, स्वस्थानी, तीजको ब्रत लगायतका सबै चिजहरू पुरूषसत्ताले आफ्नो अधिपत्य कायम गरिरहनको लागि स्थापित गरेका मानकहरू भएको कार्कीको धारणा छ । श्रीमानको लामो आयुको कामना गर्दै तीजको व्रत बस्ने मान्यताप्रति उनी असहमत छन् ।

 

त्यस्तै, विचार अभियन्ता बन्धुविक्रम क्षेत्री तीजजस्ता पर्व र प्रथाहरूलाई प्रगतिशील मान्न थाल्नुलाई नै वैचारिक तथा सांस्कृतिक पतनको सुरुवात ठान्छन् । ‘ताज्जुब त त्यतिबेला लाग्छ, जब ‘मार्क्सवादी गुरु’ अघिल्लो दिन द्वन्द्वात्मक भौतिकवाद पढाएर भोलिपल्ट पशुपतिनाथमा पूजा गर्न पुग्छन्’, क्षेत्रीले लेखेका छन् ।

 

 

यसरी हेर्दा तीजको उपादेयता र वैचारिकीमाथि नै पछिल्लो समय घनीभूत रुपमा प्रश्नहरू उठ्न थालेका छन् । यी प्रश्नहरूविरुद्ध प्रतिध्रुवमा पनि प्रश्नहरू त छन् । तर ती प्रतिध्रुवीय प्रश्नहरूमा पनि तीजको नाममा देखापर्ने विकृतिको विरोध र सुधारको आग्रह भने लुकेको देखिन्छ ।


थप समाचार

बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

  • 1 hour ago
बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

काठमाडौँ । नेपालको औपचारिक सद्भावना भ्रमणमा आएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गरेका छन् ।

अष्ट्रेलियामा डरलाग्दो डढेलो, अझै नियन्त्रणमा आउन सकेन (तस्बिरहरु)

  • 1 hour ago
अष्ट्रेलियामा डरलाग्दो डढेलो, अझै नियन्त्रणमा आउन सकेन (तस्बिरहरु)

सिड्नी । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलो नियन्त्रण बाहिर पुगेको छ ।

कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छः काङ्ग्रेस

  • 1 hour ago
कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छः काङ्ग्रेस

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मुलुकको उत्तर–पश्चिम सिमानाको कालापानीलगायत भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्ने जनाएको छ ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

दिनमा कति कप चिया पिउनु हुन्छ ?

दिनमा कति कप चिया पिउनु हुन्छ ?

एजेन्सी । चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ ।

विचित्र विश्व

दुर्लभ विश्व रेकर्ड !

दुर्लभ विश्व रेकर्ड  !

एजेन्सी । मानिसको इच्छा कहाँसम्म पुग्छ, यसको बारेमा कसैलाई थाहा हुँदैन । मानिसका अनौठा आकाङ्छाहरु हुन्छन् । यस्तै इच्छा, आकाङ्छा भएका एक व्यक्तिले अनौठो रेकर्ड राख्न सफल भएका छन् । उनी हुन् इंग्ल्यान्डको ब्रिस्टल शहरका निक बटर ।