लण्डन दूतावासमा विमोचन भयो 'चिटिक्कै मलाई सुहायो'

  • सोमबार, २५ भदौ, २०७५
  • 2 weeks ago
  • युके

 

लन्डन । बेलायत बस्दै आएका पत्रकार नरेन्द्र बस्नेतले सिर्जना गरेको तीज गीत 'चिटिक्कै मलाई सुहायो' को गीत तथा म्युजिक भिडियो लण्डनस्थित नेपाली दूतावासमा विमोचन भएको छ । 

 

गत शनिबार दूतावासले आयोजना गरेको तीज विशेष समारोहमा सो गीतमा स्वर दिएकी गायिका कला पंगेनीको उपस्थितिमा गीत विमोचन गराइएको थियो । 

 

बेलायतकी लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी पत्नी श्रीमती पुनम राज्यलक्ष्मी सुवेदी, गायिका मीरा राणा र डा. रीता थापाले संयुक्त रुपमा गीतको विमोचन गरेका थिए ।

 

युट्युबमा अहिले गतिलो लोकप्रियता कमाइरहेको यो गीतमा  गायक बद्री पंगेनी र गायिका कला पंगेनी स्वर तथा नरेन्द्र बस्नेतको लय र शब्द सिर्जना छ । 

गीतको विमोचनपछि गायिका पंगेनीले प्रत्यक्ष गाएर समेत सुनाएकी थिइन् । परदेशमा रहेको मायालुको व्यथा पोखिएको गीत सुनिरहंदा उपस्थित कैयौं दिदीबहिनीका आंखा रसाएका देखिन्थे । 

 

गायिका कला पंगेनी

 

दर्जनौं गीतहरु गाइसकेकी गायिका पंगेनीले चिटिक्कै मलाई सुहायो उत्कृष्ट गीत बनेको भन्दै सुनिदिन सबैलाई आग्रह गरेकी छन् । उत्कृष्ट शब्द, सन्देशमूलक भाव अनि छमछम नाच्न मिल्ने लयका कारण गीतलाई धेरैले मन पराएको र हरेक कार्यक्रममा दर्शकहरुले दोहोर्याएर नाच्ने गरेको उनले बताइन् । 

 

पत्रकार बस्नेतकै सिर्जनामा कला पंगेनी र खुमन अधिकारीले स्वर दिएको गत वर्षको तीजगीत “पापी घरैमा” ले पनि लोकप्रियता पाएको थियो ।

 

हेरौं 'चिटिक्कै मलाई सुहायो' को भिडियो :

 


थप समाचार

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

  • 3 minutes ago
काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।

तपाइको हातमा कति वटा चक्र र शंख छ ?

  • 7 minutes ago
तपाइको हातमा कति वटा चक्र र शंख छ ?

एजेन्सी । हस्तरेखा विज्ञानमा विश्वास गर्ने हो भने सबै कुरा हातले नै निर्धारण गर्छ । हस्तरेखाहरु मानव जन्मदा नै तयार भएर आएका हुन्छन् ।

महाकाली नगरपालिका डुबानमा

  • 12 minutes ago
महाकाली नगरपालिका डुबानमा

भीमदत्तनगर । सोमबारदेखिको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकामा करीब एक दर्जन घर डुबानमा परेका छन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।