तीजको दिन लण्डनको साउथहल मन्दिरमा विशेष कार्यक्रम

  • बिहीबार, ७ भदौ, २०७५
  • 5 months ago
  • युके
गत वर्षको कार्यक्रम

 

लण्डन । नेपाली नारीहरुले मनाउने विशेष पर्व तीज नजिकै आइपुगेको छ । तीज आउन केहि साता मात्रै बांकी रहंदा स्वेदश तथा विदेशका नेपाली चेलीहरु पनि दर खान र नाचगन गर्नमा व्यस्त हुन थालेका छन् । 

 

यसै क्रममा लण्डनमा बस्ने नेपाली नारीहरुको लागि यस वर्षको तीजमा लण्डनको साउथहलस्थित मन्दिरमा एक विशेष कार्यक्रम आयोजना हुने भएको छ । 

 

विश्व हिन्दू महासंघ बेलायत च्याप्टर र पशुपतिनाथ सनातन समिति बेलायतको संयुक्त आयोजनमा तीजकै दिन पारेर सेप्टेम्बर महिनाको १२ तारिख उक्त कार्यक्रम गर्न लागिएको हो । 

 

बिहान १० बजेदेखि सांझ ५ बजेसम्मका लागि तय कार्यक्रममा सहभागी महिलाहरुले तीजको पूजाका साथै नाचगानको रमाइलो समेत गर्नेछन्। दिदीबहिनीहरूलाई भरपूर मनोरञ्जन गराउनका लागि सुप्रसिद्ध डिजे र कलाकारको समेत व्यवस्था गरिएको बताइएको छ । 

 

सम्पूर्ण बेलायतवासी नेपाली दिदीबहिनीहरूमा हरितालिका तीजको पावन अवसरमा शुभकामना सहित आयोजकले उक्त कार्यक्रममा निमन्त्रणा गरेका छन् । 

 

 

कार्यक्रम हुने स्थान :

VISHWA HINDU MANDIR

2 Lady Margaret Road

Southall UB2 2RA

 

समय : 

बिहान १० बजे देखि साँझ ५ बजेसम्म

 

आयोजक :

विश्व हिन्दू महासंघ बेलायत च्याप्टर 

पशुपतिनाथ सनातन समिति बेलायत 

 

सम्पर्क : 

श्री बालमुकुन्द जोशी 02087561764

पं. गोविन्द नेपाल  07946727164

पं चिरंजीवी ढकाल 07946599795

पं.  दुर्गाप्रसाद पोख्रेल 07882418890

पं. नारायण पौडेल (गाऊँले) 07916733773

पं. शेखर काफ्ले 07402945383

 

श्री होमनाथ पौडेल 07888673660

 


थप समाचार

पाँच दिनपछि इन्टरनेट सञ्चालनमा

  • 2 minutes ago
पाँच दिनपछि इन्टरनेट सञ्चालनमा

हुम्ला । हिमाली जिल्ला हुम्लामा पाँच दिनसम्म अवरुद्ध भएको इन्टरनेट एडिएसएल सेवा आजदेखि सञ्चालनमा आएको छ ।

भारतबाट उद्धार गरिएका १७९ जनालाई काठमाडौँ ल्याइयो

  • 5 minutes ago
भारतबाट उद्धार गरिएका १७९ जनालाई काठमाडौँ ल्याइयो

काठमाडौँ । भारत मणिपुरहुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजाने लागिएकाबेला भारतबाट उद्धार गरिएका १७९ जनालाई आज काठमाडौँ ल्याइएको छ ।

बेलफास्टमा प्रजातन्त्र दिवस कार्यक्रम, नेपाल भ्रमण वर्ष २०२० प्रबर्द्धनको प्रयास

  • 2 hours ago
बेलफास्टमा प्रजातन्त्र दिवस कार्यक्रम, नेपाल भ्रमण वर्ष २०२० प्रबर्द्धनको  प्रयास

समारोहमा प्रमुख अतिथी तथा विशेष अतिथिहरुले संयुक्त रुपमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अनावरण गरी उत्तरी आयरल्याण्डमा नेपाल भ्रमण वर्षको प्रचार अभियान प्रारम्भ गरे ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।