साउथ ईस्ट लण्डनमा दिदीबहिनी समुहको तीजको रमाइलो

  • आइतबार, २७ साउन, २०७५
  • 3 months ago
  • युके

(तस्बिर : शिव भण्डारी)

लण्डन । साउथ ईस्ट लण्डनको प्लमस्टिडस्थित रयाडिकल क्लब शनिबार सांझ धपक्कै बलेको थियो । रातो पहिरन र गरगहनामा सजिएका झण्डै २ सय ४० नेपाली महिलाहरुको उपस्थितिमा माहोल पूरै तीजमय थियो । 

 

स्थानीय नेपाली महिलाहरुको सहभागितामा हालै स्थापित दिदीबहिनी समुहले  आयोजना गरेको तीज विशेष कार्यक्रममा रमाइलो नाचगानको अवसर जुटेको थियो । 

सांझ ५ बजेदेखि नाच्न सुरु गरेका दिदीबहिनीहरु मध्यरातमा कार्यक्रम नसकिउञ्जेल थकित देखिएनन् । परम्परागत तीजका भाकाहरुदेखि नेपाली र हिन्दी फिल्मका गीतहरुसम्ममा धित मरुञ्जेल नाच्न  दिदीबहिनीहरुले छोडेनन्  । नेपालबाट आएका केहि महिलाहरुले मौलिक तीजका गीतहरु प्रत्यक्ष गाएर समेत अरुलाई नचाएका थिए । 

 

 

हालै स्थापित दिदीबहिनी समुहले आयोजना गरेको यो पहिलो कार्यक्रम थियो । जसबाट प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको लागि केहि कोष जुटाउने समेत लक्ष्य लिइएको थियो । 

 

समुहले आयोजना गरेको पहिलो कार्यक्रममै उत्साहजनक सहभागिता देखेपछि आयोजक समुहका महिलाहरु पनि निकै दंग देखिन्थे । 'कार्यक्रममा हामीले सोंचेभन्दा पनि धेरै दिदीबहिनीहरु आउनुभयो', समुहकी एक अगुवा अनिता केसीले भनिन्, 'पहिलो कार्यक्रम पनि यसरी सफल हुंदा हामीलाई अघि बढ्न थप हौसला मिलेको छ ।'

 

कार्यक्रमाबट कति रकम संकलन भयो भन्नेबारे अन्तिम हिसाब गर्न बांकी रहेको जनाउंदै छिट्टै यो विवरण सार्वजनिक गर्ने बताइएको छ । कार्यक्रममा सुनको चन्द्रमा, सारी लगायतका आकर्षक पुरस्कारसहितको राफल ड्र समेत गराइएको थियो । 

 

नेपालबाट आएका कलाकारलाई समेत दिदीबहिनी समुहले सम्मान गरेको थियो । एशिएन महिला एशोसिएसनकी मञ्जु बस्नेत र उपस्थित महिलाहरुको तर्फबाट कोहिनुर अमात्यले दिप प्रज्वलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । 

 

 

बेलायतमा रहेका सयौं नेपाली संस्थाहरुमाझ सांच्चीकै पृथक पहिचान बनाउने दृढताका साथ अघि बढिरहेको दिदीबहिनी समुहले सामाजिक क्षेत्रमा समेत सक्दो कार्यहरु गर्ने लक्ष्य लिएको छ । कुनै पनि सानो , ठूलो पद विभाजन बिना नै सबै दिदीबहिनीहरुलाई समान तहको सदस्यको रुपमा राखेर काम गर्ने परिपाटी दिदीबहिनी समुहले सुरु गरेको छ ।  

 

समुहमा अनिता केसी, माया केसी, अर्चना लिम्बू, बसन्ती राना मगर, लक्ष्मी तिमिल्सिना, श्रद्धा थापा, अञ्जना थापा, टिना थापा, हिमा क्षेत्री, लक्ष्मी बस्नेत, उमा गुरुङ, एलिना श्रेष्ठ, संगीता थापा लगायतका दिदीबहिनी सक्रिय छन् । 

 

बेलायतमा रहेका सबै क्षेत्र, जाति, समुदाय र पेशाका नेपाली दिदीबहिनीहरुलाई समेटेर उनीहरुबीच एकआपसमा सुखदुख बांड्ने चौतारीका रुपमा स्थापित हुने लक्ष्य बोकेको समुहले यसमा आबद्ध हुन बेलायतबासी सबै नेपाली महिलालाई आव्हान गरेका छन् । 

 

 


थप समाचार

रजिष्ट्रार र अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको अाराेपमा नौजना विद्यार्थी पक्राउ

  • 1 hour ago
रजिष्ट्रार र अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको अाराेपमा  नौजना विद्यार्थी पक्राउ

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले त्यहाँ अध्यनरत नौ विद्यार्थीलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको छ ।

‘खाए मकै, नखाए भोकै’ कुमाल बस्ती

  • 2 hours ago
‘खाए मकै, नखाए भोकै’ कुमाल बस्ती

पोखरा । मुलुकमा ठुल्ठूला परिवर्तन आए पनि कालीगण्डकी नदीको किनारस्थित कुमाल बस्तीमा अहिले पनि ‘खाए मकै, नखाए भोकै’ भन्ने उखान चरितार्थ हुँदै आएको छ ।

प्रहरी महानिरीक्षक इन्टरपोलको महासभामा

  • 2 hours ago
प्रहरी महानिरीक्षक इन्टरपोलको महासभामा

काठमाडौँ, । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को यही मङ्सिर २ देखि ५ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबइमा हुने ८७औँ महासभामा सहभागी हुन शुक्रबार राति त्यसतर्



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।