IIMS College

ISMT

HUB Education

प्लमस्टिडको तीज यसपटक झन् रमाइलो

  • बिहीबार, १९ भदौ, २०७६
  • 2 weeks ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । प्लमस्टिडस्थित श्री पशुपतिनाथ मन्दिरको आयोजनामा सोमबार तीज विशेष कार्यक्रम उल्लेखनीय सहभागिताका साथ सम्पन्न भएको छ ।

 

तीजकै दिन एशिएन कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रममा ७ सय भन्दा बढिको सहभागिता रह्यो । पछिल्लो केहि वर्षको तुलनामा यसपटक सहभागीहरुको संख्यामा वृद्धि भयो भने व्यवस्थापन र मनोरञ्जनका दृष्टिले पनि सहभागीहरुले कार्यक्रम झन् रुचाए । 

 

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तीज विशेष पूजा, प्रवचनका साथै सहभागीहरुले नाचगान गरी मनोरञ्जन लिएका थिए । 

 

व्रतालु महिलाहरुको लागि निशुल्क रुपमा पिउने पानी र फलफूल व्यवस्था गरिएको थियो । पण्डित निलहरि घिमिरे र चेतनारायण लुइंटेलले तीजको पूजा सञ्चालन गरेका थिए भने पण्डित घिमिरेले तीज विशेष प्रवचन समेत दिएका थिए । 

 

 

कार्यक्रममा सहभागी तथा सहयोगी सबैलाई आयोजकका तर्फबाट मन्दिर व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र कंडेलले धन्यवाद ज्ञापन गरेका थिए । उपाध्यक्ष दासुराम पाण्डे र कार्यसमिति सदस्य मञ्जु गौतमले स्वागत मन्तव्य राखेका थिए ।

 

कार्यक्रमको सञ्चालन सचिव कल्पना त्रिपाठीले गरेकी थिइन् भने सुनिता गौतमले उनलाई सघाएकी थिइन् । डिजेको भुमिका हेम विष्टले निभाएका थिए । 

 

कार्यक्रममा सहभागीहरुको लागि पिउने पानीको प्रायोजन लुम्बिनी स्टोर्सका तर्फबाट गरिएको थियो । कार्यक्रमको लगि सिंगो कार्यसमिति र ट्रस्टीहरुका साथै चक्रबहादुर राना, चन्द्रकला गौतम, ललिता अर्याल, केशु खरेल लगायतले सक्रियतापूर्वक सहयोग गरेका थिए ।

 

प्रसुना कंडेल, एलिशा कंडेल र केल्सी सापकोटा लगायतले नृत्य  प्रस्तुत गरेका थिए । कार्यक्रमको रुपरेखा निर्माण तथा संयोजनमा ट्रस्टी विनोद ज्ञवालीले कार्यसमितिलाई विशेष सहयोग गरेका थिए । सन् २००२ देखि नै प्लमस्टिडमा वर्षेनी हुंदै आएको यो कार्यक्रम ग्रिनविच हिन्दू मन्दिर, सेन्ट प्याट्रिक हल हुंदै एशिएन कम्युनिटी सेन्टरसम्म ल्याउन नेतत्वदायी भुमिका खेलेका ज्ञवालीले यसअघि डेढ दशकसम्म हरेक वर्ष तीज कार्यक्रमको संयोजन गर्दै आएका थिए । 

 

कार्यक्रममा उपस्थित एनआरएन यूकेका आसन्न निर्वाचनका उम्मेदवारहरुलाई सामुहिक रुपमा शुभकामना दिइएको थियो । कार्यक्रमको लागि आर्थिक एवम् अन्य सहयोग गर्ने सहयोगदातालाई सम्मान गरिएको थियो । 

 

यस वर्ष कार्यक्रमबाट सबै खर्च कटाएर ५ हजार पाउण्ड भन्दा बढि रकम जम्मा भएको मन्दिर समितिकी सचिव कल्पना त्रिपाठीले जानकारी दिइन् । 

 

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका संस्थापक अध्यक्ष होम शर्मा, पूर्व अध्यक्ष बालजंग अर्यालसति मन्दिरका ट्रस्टी एवम् कार्यसमितिका पदाधिकारीहरुको पनि उपस्थिति थियो ।  

 

 


थप समाचार

बरुणलाई फ्यानको विशेष गिफ्ट

  • 15 minutes ago
बरुणलाई फ्यानको विशेष गिफ्ट

बलिउड अभिनेता बरुण धवन आफ्नो शान्दार अभिनयका कारण चर्चामा छन् । यसैक्रममा उनी सार्वजनिक स्थलहरुमा उनलाई फ्यानहरु घेरिन्छन्, तर पनि उनले असहज महसुस गरेता पनि कहिल्यै रिस देखाउँदैनन् । अहिले अभिनेता बरु

अग्रीम टिकट खुल्दा बसपार्कमा दोस्रो दिन पनि भिड (फोटोफिचर )

  • 16 minutes ago
अग्रीम टिकट खुल्दा बसपार्कमा दोस्रो दिन पनि भिड (फोटोफिचर )

काठमाडौं । दसैं, तिहार तथा छठ पर्वका लागि काठमाडौंबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट खुला भएको छ ।

कार्यालय समयमा समाजिक सञ्जाल चलाउन नपाउने

  • 28 minutes ago
कार्यालय समयमा समाजिक सञ्जाल चलाउन नपाउने

हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरले आफ्ना मातहतका कार्यालयहरुमा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन बन्देज गर्ने निर्णय गरेको छ । समितिको ५०औँ बोर्ड बैठकले कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।

विचित्र विश्व

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी